करिब चार महिना अगाडी एकजना साथीले फोटो पठाए र भने हेर्नु न दाई नेपाली भाईहरु बस्थे हामीसँगै दुई कोठाको युनीटमा। हामी प्राय काममै व्यस्त हुन्थ्यौ। बिचरा बिधार्थी भाई हुन् गार्है पर्यो होला भनेर एउटा साथी खोजेर बसन त भनेर कोठामा बस्न दिएँ। शुरुमा त ज्ञानी भई टोपलीएको थियो। खासै काम नभएकोले कोठामै बस्थ्यो। हामी पनि बिचराको काम नभईन्जेल गार्हो सार्हो होला भनेर खाना पनि हाम्रैमा ख्वाउँ थियौ। अहिले काम गर्न थालेको करिब एक महिना भयो।घरमा त्यति देखिदैन। शायद अबेर कामबाट आएर सबेरै कलेज जाने भएकोले होला त्यति वास्तानि गर्दैनौ। हिजो एकजना साथीको जन्मदिनको पाटीमा गएका थियौं। आउँदा अलिक ढिला भयो। साथीले कर गरेको भएकोले उतै रात बिताईयो। भोलीपल्ट बिहान झिस्मीसेमा घर आउँदा त घरको यस्तो हभिगत छ। बुझ्दा केटी लिएर आएर रातभर जाँड खाएर घर भित्रै चुरोट खाएर सुत्ने म्याट्रेससम्म वाकेर गनाएर घर छिरी साध्य बनाएको रहेछ।
के भन्नु र झन् बिधार्थी हुन् आफु पनि त्यही बिधार्थी जीवन पार गरेर आएकोले पिर मार्का अनि ब्यथा सबैको एउटै हो जस्तो लागेर कोठामा बस्न दिईयो। अहिले यस्तो हबिगत छ।के भन्ने कसलाई सुनाउने। आफ्ना नेपाली भाईहरु हुन् भन्नपनि लाज लाग्दो अवस्था।
फेरी अस्ती एकजना दिदीकोमा गएको थिएँ।डिनर खानलाई। दिदी पनि त्यहि दुखेसो गर्दै थिईन्।शुरुमा हामी कपल यानिकी जोईपोई भने। कोठाको आबस्यक्ता पर्यो छ भने दिनु न त कोठा भनि हाले। होला त नि बिचरा दुखमा होलान् भनेर सुत्ने खाट देखि म्याट्रेस अनि खाना पकाउने सबै भाँडाकुँडा हाम्रै चलाउनु भनेर कोठा त दिएँ। यति सम्मकि कहिले काँही मिठो मसिनो पकाउँदा सम्म कहिलै छुटाईन। आफ्नै भाईबहिनी जस्तो लाग्थ्यो अनुहार हेर्दा मायाँ लाग्थ्यो। खै आफ्नै घर सोचेका हुन् कि ससुराली घर कुन्नी । अहँ कुनै दिन घर सफा गरेको देखिन।ताल परे आफुले खाएको जुठा भाँडा समेत तिनदिन सम्म सिङ्कमा हुन्थ्यो। मुखै फोडेर भन्न पर्थ्यो। कति चोटी त आफैले भाँडा धोई दिएँ तर जति सम्झाए पनि अहँ कुकुरको पुच्छर बरु सिधा हुन्थ्यो होला कहिलै चेत फिरेन। वाक्क भएर कोठानै सरेर जाउ भन्न बाध्य भएँ। पछि बुझेको के को जोईपोई हुनु ,सँगै स्कुलमा पढ्ने साथी रहेछन्।लिभीङ टुगेदरमा हो रे।मिल्यो भने एकजना डिपेन्डेन्टमा बस्ने कुरो चलि राखेको रहेछ।अस्ति त्यो पनि कन्सल्ट्यान्सी जाँदापो थाहा पाएको।
त्यसै टोलाएर बसि रहेको थिएँ ट्रेन स्टेसनमा ट्रेनको प्रतिक्षा गर्दै। छेउमा एकजना दाई भेटीए। दाई भन्दै थिए साच्चै भन्दा म खासै नेपालीहरुको कार्यक्रम, कन्सर्टमा जादीन।जहिले नि कुटाकुट र मारामार हुन्छ। आज चाँही हुँदैन है भन्यो एकै छिनमा बबाल हुन्छ।नेपाल हुँदा देखिनै वाक्क लागेर आउँथ्यो।पास पाईहालेनि बरु साथीहरुलाई दिन्थे तर हत्तपत्त गई हाल्दैन थिए। छोरोको ग्राजुएसनको लागि अस्ट्रेलीया आएको बेला आफुलाई मन पर्ने कलाकारको कार्यक्रममा जाउँ न त भनेर छोरोले कर गर्यो।लौ त नि बिदेश हो पक्कै यहाँ त नेपाली पारा नहोला भन्दै कार्यक्रम हेर्न गयौं। सेक्युरीटिपनि कडा गरिएको थियो। माहौल रमाईलोनै थियो। प्राय नसामा मस्त थिए। खै एकै छिनमा कसले कसलाई ठेल्यो अरे। रमाईलो माहौल एकाएक भाँडीयो। कुटाकुट हानाहान हुन थाल्यो तर राम्रो पक्ष भनेको सेक्युरीटिले एकै छिनमा भिडलाई तितरबितर गर्यो। झगडा गर्नेलाई समाएर निकाली दियो अनि आउनबाट बर्जीद गरि दियो।
एउटी बहिनी दुखेसो गर्दै थिईन् काम नपाएर अात्ती सकेको थिए। फेशबुकमा हाउसकीपीङको लागि मान्छे चाहिएको देखे।कमेन्टमा नम्बर छोड्नु भनेको थियो। मजस्ता बेरोजगारी धेरैले नम्बर दिदै गएँ। मैले नि नम्बर दिएँ। साँझ पख फोन आयो नयाँ नम्बरबाट। नेपालीको आवाज ठ्याक्कै चिनी हाले। टठ्याङ फट्याङ कन्दै भएपनि अङ्गेजी बोल्यो। भोली फलानो ठाउँमा ट्रायलमा आउनु भन्यो। आफुलाई काम जसरी भएपनि चाहिएको थियो , ईन्कार गर्नै सकिन। भोली पल्ट जाँदा भनेको समय भन्दा अलिक ढिला आयो आफुलाई सुपरभाईजर भन्दै। फर्महरु भर्न पर्छ भन्दै फर्म दिएर पठायो र अर्को हप्तादेखी सिफ्ट राख्दिन्छु भन्यो। केही दिन बोलाए जस्तो पनि गर्यो। पैसा क्यासमा लिन्छौ कि ट्याक्समा भन्दै झुलाउन थाल्यो। चुप्रुक्क चुप्रुक्क गर्दै खटाई खटाई पैसा दिन थाल्यो। एकदिन त बहिनी जाउँ बिच तिर हल्का फ्रेस हुन भन्दै अभद्र व्यहोरा देखाउन खोज्यो। मैले बुझी हाले त्यसको मनसाय अनि तुरुन्तै ईन्कार गर्दै घर तिर हुईकिए।अलिकती पैसा लिन थियो कामको त्यो पनि झुलाउँदा झुलाउँदा गरेर दियो।
यस्ता अनगिन्ती घटना दोहोरी रहेका हुन्छन् हाम्रो समाजमा। कति पय मान्छे जती बिवेकशील भएपनि आखिरीमा आफ्नो औकात देखाई हाल्छन्, जस्तो बिकर्सीत देशमा गएर पढेलेखे पनि आखिरीमा आफु भित्रको त्यो दुर्गन्धीत भ्रुणसँगै लिएर जाने रहिछन्। जहाँ पुगे पनि बुद्दीमा बिकाश नहुने रहिछ।
लेखक: मनोज