बिदेशमा बस्ने अक्सर नेपालीहरु आफ्नो देशको बढो चिन्ता लिए सरी नेपालको बारेमा बढो मार्मीक र पढ्दै टिठ् लाग्दो स्ट्याटस फेसबुकमा लेख्छन्। अव देश डुव्न लाग्यो, नेतालाई गाली गर्दै नेताले जनतालाई भोकभोकै मार्ने भए। अव देश नासिने भयो, कठै मेरा देशका जनता कसरी हात मुख जोड्छौ। बढो गम्भीर भएर स्टयाटस लेख्छन् मानौ की उनीहरुले आम नेपालीको पेट पाली रहेका छन्। बिदेशको एेसआरामको जिन्दगी भन्दा बड्ता कठिनाई त होला तर कोही पनि नेपाली बिचल्लीत चाँही भएको देखिन्न। ईच्छा वा बाध्यताले बिदेश पलायन हुनु स्वभाबिक हो तर नेपालमा बस्नै सकिन्न वा नेपालमा गरि खान सकिन्न भन्नु निरर्थक हुन जान्छ।
केही दिनको भ्रमणको क्रममा नेपाल गए।सम्योगनै भन्न पर्छ तिन महिनाको दौरानमा दुई पटक नेपाल पुगीयो। हामी भन्छौ नि नेपालमा कुनै अवसरनै छैन। महिनावारी काम गरेर पेट पाल्न गार्हो छ। एक जनाको कमाईले परिवार पाल्न बढो कठिनाई हुन्छ। हो पक्कै गार्हो छ तर सबैले हाँसेरनै पेट पालेका छन्। नाङ्लामा बेच्ने देखी ठुला ठुला व्यापारीले पनि हाँसेर पेट पालेका छन्।
एकदिन रत्नपार्क तिर घुम्दै थिए। एकजना दिदी नाङ्लोमा सामानहरु राखेर कसैलाई एक खिली चुरोट त कसैलाई पराग अनि कसैलाई चकलेट बेच्दै थिईन्। व्यापार निरन्तर चलि रहेको थियो। म एकछिन टोलाएर हेर्दै गएँ। दिदी सबै ग्राहकहरुसँग हाँस्दै पनि थिईन्। सामानहरु बेच्दै पनि थिईन्। कम्मरमा सुर्के थैली भिरी रहिकी रहिछीन्।पाँच दश रुपयाँ गर्दै थैली भित्र हाली रहेकी थिईन्। हेर्दा नाङ्लोमा हजार रुपयाँको नि सामान छैन भन्ने मैले अनुमान लगाएको थिएँ तर मेरो अनुमान निरर्थक भयो। उनको कमाईनै दिनमा ताल परे चार देखी पाँच हजार हुने रहेछ। छेउमा राखीएको प्लास्टीकको बोरामा त स्टक सामान रहिछ।कुरो गर्दै जाँदा उनका दुई छोरा छोरी बोडीङ स्कुलमा पढ्दै रहिछन्। श्रीमानले कान्छी स्वास्नी ल्याएर बसे पछि नाबालक केटा केटीलाई शिक्षा दिक्षा दिन त्यो नाङ्ले पसल थापेको तर आम्दानी पनि चित्त बुझ्दो भएकोले यसैमा सन्तोष रहेको कुरा सुनाईन्।सुरुवातीमा केही अफ्ठ्यारो महसुस भए पनि भोको पेट र छोरा छोरीको न्याउरो अनुहारले लाज अनि अरुले के भन्ला भन्ने कुरा दिमागमा आएन। यो पसल गरेर मलाई कुनै ग्लानी छैन। जे होस छोरा छोरीको भविस्यको लागि मलाई यो पसलमा दिन भरी बस्दा कुनै सङ्कच छैन बरु गर्वको महसुस गर्छु।
यस्तै बरालीदै रत्नपार्कमा घुम्दै गर्दै फेरी एउटी युवतीसँग मेरो नजर जुध्यो।एकजना युवा छेउमा बसेर खासखास खुसखुस गरेको देखे। मैले टोलाएर हेरेको देखे पछि त्यो युवा हल्का टाडीयो। रत्नपार्क तिर हरियो डन्डी समाउदै पार्क तिर फर्केर पार्कको रमाईलो हेरेको जस्तो गर्दै थिईन्। मलाई थाहा थियो देह व्यापारको लागि मुख्य अड्डा। लाग्यो उनी पनि एक व्यापारी। उमेर त्यस्तै २५ जतिकी।बर्ण हेर्दा मत्वाली जस्ती थिईन्। म उ नजिकै गएँ।उनी टाडीन खोजीन्।मैले सोधे बहिनी म केही प्रश्नहरु सोध्छु अन्याथा नसोच्नु होला।उसले अफ्ठ्यारो पारामा के,किन कहाँबाट भन्दै सोधिन्। मैले नेपालमा बस्नेहरुको कथा सुन्न मन लाग्यो।तिम्रो कथाको थोरै अंश मलाई भन्छौ कि भनेर तिम्रो छेउमा आएको।उसले हुन्छ भन्दै भन्न थालिन्।सिन्धुपाल्चोक घर बताउने ति नारीले यो पेसा अप्नाए बापत कुनै ग्लानी नभएको कुरो बताईन्। भुईचालोले घरका सबै परिवार मरेपछि बिरक्तीएर काठमाण्डौ झरेकी उनी सुरुवातीमा कामकोलागि सारा भौतारीदा काम नपाए पछि अन्तत: यौन व्यवसायी भएको भन्दै सुरक्षीत तरिकाबाट यो पेसा गर्नलाई कुनै आपत्तीनै छैन। कुरो मुखको माडको।आज म दुई कोठा भाडामा लिएर आनन्दले बसेको छु।मेरो पेसा जे होस कम्सेकम हाँसेर जिन्दगी त बिताएको छु।
केही दिनको अन्तरालमा भाटभटेनी सुपरमार्केट गएर सपिङ गर्न मन लाग्यो। कुनै बिदेशको सपिङ मल भन्दा फरक थिएन। मल बाहिर तातो तातो म:म बेच्दै गरेको थियो।उसलाई साहस फेर्ने सम्म मौका मिलेको थिएन। ग्राहकहरु क्युमा बसेर मो:मोको प्रतिक्षामा थिए।म नजिकै गएँ। मो:मोसँग खाने अचार सकिने क्रममा रहेछ। फोनमा भन्दै थिए अचारको मात्रा अलिक बढाउ भनेको हैन। अव अचार सकिन आट्यो। कुनै पनि ठाउँमा छैन रे।अचारको मात्रा बढाउन पर्यो। यसको अर्थ व्यापार पहिलाको भन्दा बढि हुन थालेको रहेछ।मैले एक प्लेट मो:मोको लागि कम्तीमा पनि पाँच मिनेट कुर्न पर्यो भने आफै बिचार गर्नु होस् उसले एकदिनमा कति आम्दानी गर्छ होला।के उसलाई त्यहि भाटभटेनी अमेरीका अस्ट्रेलीया भन्दा धेरै ठुलो भयो कि भएन।दैनीक हजारौ हजार कमाउँछ त्यो पनि हाँसी हाँसी।
तातो मो:मो खाँदै उभिदै थिए एउटा रातो प्लेटको गाडीमा एकजना महिला आईन्। गाडी बाटै सानो ट्रली झिकीन अनि मलतिर लागिन्। म पनि छिरे मल तिर। नपाईने चिज भन्ने केही थिएन। असारको समय गर्मी भएकोले बिदेशमा जस्तो सेन्ट्रल हिटीङ थिएन। पङ्खाहरु राखिएको थियो तर प्राय हरेक प्रकारका सामानहरु थिए। हामी सोच्छौ नि बिदेशको जस्तो के होला र तर कुनै बिदेशको मल भन्दा कम चाँही थिएन। आफुले ल्याएको लिस्ट अनुसारको सामान ट्रलीमा हाल्दै काउन्टरमा क्यास तिरेर उनी आफ्नो गाडीमा हुई किईन्। उनको लाईफ कुनै बिदेशमा बस्नेहरुको भन्दा कम थिएन।
काठ्माण्डौको धुलो त्यो चर्को घाम अनि बैराग लाग्दो ट्राफीक।कुनै गन्तव्यमा पुग्न कम्तीमा पनि दुई घण्टा लाग्छ र पनि सबै हाँसेकै छन्,रमाएकै छन्, गरी खाएकै छन्।बिकाशपनि बिस्तारै हुँदै छ।बाटोहरु बन्दै छन्।बिहान बिहान डोकामा मुन्टा बेच्ने देखी चोकमा मकै पोल्ने सम्म हाँसेर बसेका छन्।नाम्लो बोक्ने भरिया दाईपनि घाम तापेर साथीसँग गफ चुट्दै ठेलावाला दाईको रिक्सामा घाममा ढाड सेक्दै बसेका छन्।
तरकारीवाला घरघरमा साईकल डोर्याउँदै आफ्नो र आफ्नो परिवारको जिवीकोपार्जनमा खटि रहेका छ।ट्याक्सीवालाहरुलाई भ्याई न भ्याई छ।
एक दिन मन्दिर जाने क्रममा एउटा पोखरी भेटीयो। पोखरीमा केही माछाहरु रहेछन्। एउटी दिदीले माछाको लागि आहारा बेच्न बसेकी रहिछन्। धर्म गर्न गएपछि माछालाई यो आहारा दिनु भनिन्। मैले कति भनेर सोधेको मात्र सय रुपयाँ भनिन्। मैले प्याकेट खोले। भित्र चना र दालमोट रहेछ।सोचे यहाँको माछाले यहि खान्छ होला। पानीमा छरिदीएँ। के खान्थ्यो र बिचरा माछाले चना र दालमोट। पानीमा ढाडीएर पिँधमा गएर बस्यो। खै त खाएन त दिदी। दिदीले भनिन एकछीनमा खान्छ। मैले बुझीहाले हामीलाई झुक्याउँदै छिन्। पछि बुझ्दा त त्यो प्याकेटको दाना बेचेर त्यहि प्याकेटमा चनाको दाल हालेर बेच्ने गरेर सबै आउनेलाई ढग्दै रहिछीन्। बेस्सरी गाली गरे अनि पचास रुपयाँ थमाएर हामी हिड्यौ।
जे होस ठगेर हुन्छ कि धुतेर हुन्छ की चोरेर हुन्छ हाँसी हाँसी आफ्नो जिवीकोपार्जन चाँही गरेका रहेछन्।
देश बन्न केही बर्ष पक्कै लाग्छ।बाटो घाटो धमाधम बन्दै छ। बिकट गाउँमा पनि सोलारबाट बत्ती बलेको छ। हरेकको घरमा रङ्गीन टिभी छ कारण हरेकको घरबाट कोही न कोही बिदेश पलाएन भएको छ। गाउँ गाउँमा बाटो पुगेको छ। पहिला एक दिन लगाएर पुगीने छिन्ताङ देवी मन्दीर आज दुई घण्टामा पुगीदो रहेछ। जनता आफै बाटो खनेर बिकाशको अनुभुती दिदैछन्। फोहोरमैलाको बिस्तारै व्यबस्थापन हुँदै रहेछ।
हामी बिदेशमा बस्ने चाँही देश सकियो, नासीयो अव देशमा गरी खाने उपाया छैन भनेर त्यसै डुक्रिन्छौ अनि फोकटमा देशलाई दोष दिन्छौ अनि स्वाभीमानी हौ भनेर बिदेशबाट त्यो पनि फेशबुकमा यत्ति लामो स्ट्याटस लेखेर धमास दिन्छौ।कस्तो बिडम्बना।
लेखक: मनोज पौड्याल