हाम्रो समाज पहिलेको तुलनामा अहिले निकै परिबर्तित देखियपनि अझ पूर्ण रुपमा चायिने परिबर्तन भने भित्रिएको छैन | परापुर्बक कालदेखिनै हाम्रो समाजमा नारीप्रतिको सम्मान पर्याप्त छैन | छोरीलाई लिएर बढीनै रुढिबादी हाम्रो समाज अझैपनि कहिँकतै छोरीलै खर्च र छोरालाई सम्पति मान्ने गर्दछ | अझ बिगतका पाना पल्टाउने हो भने बालबिबाह, महिला हिम्सा, दाइजो प्रथ प्रचुर मात्रामा देख्न पाईन्छ | तर अहिले यी कुराहरु केहि हद सम्म हटेको पाईन्छ समाजबाट | कारण गुणस्तर अभिभाबकत्वो साथै राम्रो अनि उचित सिक्ष्या दिक्ष्यानै रहेको छ | अहिले हाम्रो समाजमा नारीहरु पुरुस सरह शिक्षित अनि आत्मनिर्भर भएका छन् | अहिले छोटो सोचाई राख्ने हाम्रो रुढिबादी समाज आधुनिक अनि आदर्सशील समाजमा परिणत भएको छ |
घरबार चलाउननै सिमित नारीहरु अहिले देश चलाउन सक्ने भएका छन् | सामाजिक ,आर्थिक, नैतिक अनि राजनीतिक क्षेत्रमा नारी संलग्नता बिकसित राष्ट्रको आधारभूत आवस्यकतानै भन्दा पनि केहि फरक पर्दैन | वर्तमान समयमा समाजको हरेक क्षेत्रमा अग्रसर हाम्रा सम्माननीय नारीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ | तिनै दृढ नारीहरुमध्ये एक उदाहरण : रोमी गिरि |
काठमाडौँ स्थित जोरपाटीमा बसोबास गर्ने उनि एउटा सफल नारी हुनुका साथ साथै सफल खेलाडी पनि हुन् | रोमी हाम्रो त्यस्ती चेली हुन् जसले सयुक्त राष्ट्र महासंगको महासबामा पहिलोपल्ट आफ्नो मन्तब्य राखेर नेपाललाई गौरबबान्नित बनाईन | ८ बर्सको उमेर देखि तेकवान्दो खेल्न सुरु गरेकी उनलाई सुरुवाती दिनहरुमा त्यति सहज थियन | छोरीलाई पढाउनु पनि एकदम पाप जस्तो मान्ने त्योबेलाको समयमा तेकवान्दो खेल्नु रोमीको लागि निकै ठुलो जित थियो | तेकवान्दो संगै आफ्नो पढ़ैलाई पनि निरन्तरता दिएकी यी रोमी अहिले MBA अध्यनरत छिन | अहिले उनि बच्चाहरुलाई तेकवान्दो पनि सिकौछिंन | बहुमुखी प्रतिभाकी धनि रोमी गिरि आफ्नो सफलताको श्रेय आफ्नो आमा र काकालाई दिन्छिन | उनि अहिले US EMBASSY YOUTH COUNCIL NEPAL मा पनि आबद्द छिन | उनको यो सफलता छोरीलाई स्वोतान्त्रता दिएर बिगारेउ भन्ने हरुकालागि दरिलो झापड साबित बनेको छ |
आफ्नो बाबु आमाले दिएको सिक्ष्या अनि संस्कारलाई आत्मसाथ गर्दै अगाडी बढेकी रोमीको पदचाप पछ्याउदै अगाडी लम्कीइन उनको बहिनि रोजी गिरि | उनि पनि तेकवान्दोमा रोमी जस्तै अब्बल छिन | अहिले रोजी गिरि MISS TEEN NEPAL को 1st Runner up समेत भएका छिन | यी दुईको यो सफलता समाजका हरेक नारीहरुको लागि प्रेरणाको स्रोत बनेको छ | आसा गरौ भोलिका दिनमा यस्ता दृढ नारीहरुको संख्या हाम्रो समाजमा बढ्दो रहनेछ |