मिडिया देश र जनता बीच सूचना आदान प्रदान गर्ने माध्यम | देशको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक जुनसुकै क्षेत्रमा का के भैरहेको छ यी कुराहरुको जानकारी जनतासामु पुर्याउन जिम्बेवार संचारकर्मी र संचार माध्यम | साझा सवाल एउटा उदाहरण हो | देशको माथि उल्लेखित क्षेत्रहरुको पारदार्सिता, दुरदर्सिता, र कार्यसिलतालाई लिएर जनता र जनताको प्रतिनिधि बिचमा आमुन्ने सामुन्ने बहस गरिने एकमात्र कार्यकम साझा सवालको ५०० अंकको टिका टिप्पणी हामी यहाँ गर्दैछु | उक्त ५०० अंकमा देशका विभिन्न भाग बाट आएका ६५ जना सहित प्रधानमंत्री शेर बहादुर देउबा समेत सहभागी हुनुभएको थियो |
देशको प्रधानमंत्री जस्तो उच्चस्तरिय पदमा आसिन भएर देश र जनताको लागि कार्य गर्न पाउनु अहोभाग्य हो | शेर बहादुर देउबा त्यस्ता सौभाग्यसाली व्यक्तिमा पर्नुहुन्छ जो चार चोटी सम्म प्रधानमंत्री बन्नु भयो | यो चोटी उहा तेर बर्सपछी पुन प्रधानमंत्री भएर प्रधानमंत्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ | चौथो पटक प्रधानमंत्री भयसंगै साझा सवालको ५०० अंकमा सहभागी उनको जनता संग बोलीको घम्साघम्सी परेको छ | नौ नौ महिनामा प्रधानमंत्री अदलबदल भईरहने तर काम नहुने यथार्त अबगत हुदाहुदै पनि जनताले कहिकतै देशमा स्थाई सरकार आईहाल्छकि भन्ने आस नगरेको भने होइन | यो चोटी पनि आस गर भर नपर भन्ने कुरा प्रमाणित भएको छ | कारण चौथो पटक प्रधानमंत्री भएका शेर बहादुर देउबासंग नत देशको अपरिहार्य कार्यहरुको भिजन छ नत कुनै एजेन्डा |
हुनत पहिलेनै तिन चोटी प्रधानमंत्री बनिसकेका उनले बिना भिजन र बिना कार्य नै आफ्नो कार्यकालको समय अबधिमा पुर्णबिराम लगाएका थिए | साएद तिन चोटी सम्म जनता मौन भएर होकी यो चोटी उहाले जनताले प्रस्न तेर्सौदा मुख बाट कनिकनि एक ,दुई सब्द मात्र बाहिर निकाल्नु भयो तेस्मा पनि धेरै एसको जबाफ दिन चाहन्न थियो | जनताको प्रतिनिधित्वमा प्रधानमंत्री भएका उनि , जनताले बिकासका गतिबिधि र स्थायी सरकार नआएको कुरामा चासो उठाएर असन्तुस्टी ब्यक्त गर्दा जनतामाथि भद्किदै छन् |
जो बुडो पाको उही बाटो हौवा | सभ्यता नभएको प्रधानमंत्री संग जनताले अरु के अपेक्षा गर्ने ? यो चार चोटी सम्म प्रधानमंत्री भएको घमण्ड हो या बुडो भएसी मान्छे निहु खोज्न थाल्छ भन्ने कुराको पृस्टी हो ? येदि तेसो हो भने प्रधानमंत्री पद छाड्नुस अनि बृद्ध भत्ता लिएर बस्नुस | तपाइलाई प्रधानमंत्री देश र जनताको हक हित मा काम गर्नको लागि चुनिएको हो | हामि तपाईबाट कार्यसमापन चाहन्छौ , आक्रोस र असभ्यता होइन |
येदि वर्तमान समयको माग अनुसार तपाईमा दक्षेता छैन भने चौथो पटक प्रधानमंत्री हुनुभयो अब पाचौ पटक जमर्को नगर्नुस | हाम्रो देशमा मनमोहनले सुरु गर्नुभएको ६० वर्ष माथिकालै दीने बृद्ध भत्ताको चलन अझै छ बुढ्यौलीको स्मरण क्षमता कम भएको मस्तिस्कलाई सकस किन दिनुहुन्छ | आफ्नो घरको झिना तीना समस्या समाधान गर्दा विश्वो युद्द जितेझै लाग्ने ७० बर्सको उमेरमा सिंगो राष्ट्रको भार थेक्न सक्नुहुन्छ प्रधानमंत्री ज्यु ? सक्न्नु हुन्न भने प्रधानमत्री पद तपाइको पैत्रिक सम्पति होइन जुन तपईकै नाममा हुनुपर्छ | आजका सक्षम युवाबर्गको कमि छैन देशमा जसलाई वर्तमान प्रबिधिको राम्रो ज्ञान छ साथै संयमता , धैर्यता र बौदीकता पनि |