eNepal

आखिर के भएको थियो इन्दिरा जोशीलाई

इन्दिरा जोशी, नेपाली गीत संगीत क्षेत्रको चिरपरिचित नाम हो | हेर्दा बोल्ड ,अनि ब्युटी देखिने उनलाई कतिपयले त अझ नेपाली सकिरा भनेर पनि चिन्दछन | पप गीत गाउन माहिर यिनले गाएका प्राय सबै गितहरुलाई दर्सकले अपार माया दियका छन् | यिनको आवाजको जादु नै भनेपनि हुन्छ , उद्रेको चोलीले नायिका सुष्मा कार्कीलाई दर्सकसामु चिनाऊनुका साथसाथै चलचित्र ‘लूट’ लाइ पनि थप प्रचारप्रसारमा सहयोग मिलेको थियो | हुनत चलचित्र लूट आफैमा एउटा बलियो बिसयबस्तु अन्तर्गत आधारित थियो तर पनि कतिपय दर्सकहरु त उध्रेको चोली हेर्नकै लागि भनेनी हलसम्म पुगेका थिए | निकै पुरानो भईसक्दा पनि उनले आवाज दिएको ‘सानु माया आउन वर’ गीतले अझै पनि हजारौ दर्सकहरुलाई झुम्न बाध्य तुल्याउछ | उनि स्टेजमा पुगेसंगई निस्किने दर्सकको ठुलो चिच्याहट उनले गाईसक्दा पनि निकै लामो समयसम्म कानमा गुन्जिरहन्छ | मिठो आवाज, हेर्दा सारै राम्री अनि झन् उनको बेली डान्स | अनि दर्सक त मर्नेनै भय उनकालागि | तिनै इन्दिरा जोशी अहिले भने नेपालको यपी१ टिभी बाट प्रसारण भैरहेको रीअलिटी सो नेपाल आईडलको जज भयकि छिन | उनिसंगै निर्णायक मण्डलको सोभा बढाउने काम गर्नुभएको छ काली प्रसाद बास्कोटा र न्य्हू बज्राचार्यले | नेपाली सांगीतिक क्षेत्रमा तेस्ता धेरै संगीतका पारखीहरु हुनुहुन्छ जसको नामले मात्रनै नेपाली सांगीतिक क्षीत्रलाई गौरववान्नित बनाउछ | यसको अर्थ कोई घटीबडी छ भन्न खोजियाको होइन तरपनि निर्णायक जस्तो गरिमामय पदमा अलि अनुभबी व्यक्तिलाई जिम्मा दिनु जनमानसको लागि उचित हुने दाबी सबै आम दर्सकहरुले गर्दै आईरहनुभयेको छ |

नेपाल आइडलको सुरुवाती अडिसन राउण्डहरुमा उनको निर्णयसैली तेती राम्रो नदेखिएको भन्दै कतिपय दर्सकहरुले चिन्ता ब्यक्त गर्नुभयो भने केहिलेत सोसिअल मिडियाहरुमा प्रतिकार समेत गरे | दर्सकको भनाईअनुसार सुरुमा उनले आफ्नो निर्णय दियर प्रतियोगी छनोट गर्न सकिनन् | कतिपय अबस्थामा उनले राम्रा प्रतियोगीहरुमा पनि कमीकमजोरी देखाईन भन्ने गुनासो नबाहिरिएको भने होइन |यो कुरा कति सत्य हो होइन हाम्रा दर्सकहरुले अनुमान पक्कैगर्नुभएको होला | नगरुनपनि कसरि कालीप्रसाद र न्य्हू ज्युले अत्त्यन्तै राम्रो ठहराएको प्रतियोगी, २३ बर्सिए केंजल मेहर श्रेष्ठलाई परिपक्वता पुगेन भन्दै अर्को तहमा लैजान नसकिने बताएकी थिइन | तिनै केंजल अहिले अग्निपरिक्ष्या राउण्डसम्म पुगीसकिन | साएद एस्लाई मध्यनजर गरेरनै होकी हाम्रा दर्सकले बिगतका दिनहरुमा इन्दिरा ज्यु लाई बाकी दुइ जजहरुलाई नै पछ्यैइन भन्ने आरोप लगाएका छन् | तर आज फरक पाना पल्टिएको छ | अडिसन देखि अग्निपरिक्ष्या सम्म पुग्दा सहभागीहरुको प्रतिभा निख्रिएको जस्तैगरी उनको निर्णायक क्षमता पनि भिन्न भएको छ | उनि खुलेर मजाले सहभागीहरुलाई कमीकमजोरी औलाउदै सुझाब ,सल्लाह दिन थालेकी छिन | यो पालि भने अघिलोपल्ट उनीबाट निरास भएका केहि दर्सकहरु खुसि भएका छन् भने बाकी अझैपनि असन्तुस्ट छन् | फेरि अर्को टिप्पणी हुन थालेको छ सोसिअल साईटमा ; इन्दिराले यो चोटी चाइने भन्दा बढी बोलिन , अरु दुइटा निर्णायकहरुले बोल्ने मौका खासै पाउनुभएन | दर्सक भन्नु हुन्छ अहिले वास्तविक इन्दिरा जोशी देखिन थालीन | आखिर के भएको थियो इन्दिरा जोशीलाई सुरुवाती दिन हरुमा | कतै निर्णायक जस्तो गरिमामय पदमा आसिन हुन पाउदा उनलाई सपना जस्तो लागेर डराएकी त थिइनन् ? नत्र प्राय मौन देखिने उनि अहिले आएर किन मौनता तोड्दै छिन ?

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349