eNepal

साचो माया हो या स्टारडम बिक्यो

नेपाली सिनेमामा पहिलो चलचित्र द्वारा नै सर्बाधिक नाम कहलियका अनि फरक बेक्तित्यो भएका कलाकार हरु सिमित छन् | बास्तबमै भन्नु पर्दा दर्सकहरुलाई कुन कलाकार हरु मन पर्छ सोध्ने हो भने औला ले गनेर सकिने गरि खरर भन्छन | आजकल प्राय दर्सकको रोजाइमा अनमोल ,प्रदिप पर्ल , आयुषमान साथै अरु नब आगन्तुक हिरोहरु बडी पर्दछन | हिरोईन को मामिलामा भने अरु थुप्रै भएता पनि सबैलाई चुनौती दिदै अहिलेसम्म पनि अब्बल स्थान ओगट्न सफल भैरहेकी छिन नायिका प्रियंका कार्की |

जीवन मा आफ्नो पहिचान को लागि संघर्स त धेरै ले गर्छन तर सफल कमै हुन्छन | माथि उल्लेखित कलाकारका नाम मध्हे कोईलाई दर्सकले ‘सेल्फ मेड’ भनेर नाम दिएका छन् त कसैलाई ‘मम मेड’, ‘डाड मेड’ | दर्सकको भनाईअनुसार आयुष्मान र अनमोल क्रमस : ‘मम मेड’, ‘डाड मेड’ हुन् | अभिनेता अनमोल केसी भने जसले जे भनेनी तेती फरक नपर्ने बताउदै आएका छन् | आयुष्मानले भने बिगत का दिन हरु मा फेसबुक मै खुल्लारुपमा दर्सक सामु छोरा छोरी को सपना पुरा गर्न बाबुआमाको हात पाउनु सौभाग्य हो भन्दै प्रतिकार गर्ने गरेको पईयतापनि अचेल भने उनको ध्यानाकर्षण पनि यी कुराहरुमा तेती पाईदैन | चपली हाइट २ बाट नायकका रुप मा आफुलाई स्थापित गरेका आयुष्मान बैंकर रबिना देसराज श्रेष्ठको सुपुत्र हुन् | उनको पारिबारिक पृष्ठभूमि एकदम राम्रो र गुणस्तर छ | बिगतका दिनहरुमा उनको उनीसंगै यकै चलचित्र बाट डेब्यु गरेकी मोडल तथा नायिका परमिता राज्य लक्ष्मी राना संग को प्रेम चर्चाले निकै राम्रो बजार पाएको थियो | आजकल यी दुई एक अर्का बाट अलग भएका छन् | आजभोलि आयुष्मान को छेऊमा परमिता नभई प्रियंका भेटिन थालेकी छिन | राता रात यिनीहरुको प्रेम सम्बन्ध ह्वात्तै हिट भयो | निकै लामो समयसम्म यी दुइ आफ्नो प्रेम सम्बन्धको बारेमा मौन रहेतापनि सत्य लुक्दैन झुटो टिक्दैन भनेझै अन्त्यमा सत्य जे थियो बाहिरियो जब यी दुईले खुलेयाम अवार्ड समारोहमा एकअर्कालाई चुम्मन दिए | कामको लत लागेकी अभिनेत्री भनेर चिनिन्छ प्रियंकालाई | आफ्नो सपना साकार पर्न श्रीमानले हस्तक्षेप गरेको भन्दै उनले आफ्नो पुर्बपति रोचक मैनालीसंग सम्बन्ध बिच्छेद गरेकी थीन | त्यसपछि निरन्तर काममा सक्रिय उनले सिनेमामा आफ्नो भिन्न परिचय बनाउन सफल भईन |

अहिले उनको एकदम ठुलो फ्यान फलोविंग छ | बिगतका दिनमा प्रियंकाको लागि मरिहत्ते गर्ने उनका फ्यान आजकल आयुष्मानसंगको उनको सम्बन्धलाई लिएर असन्तुस्टी ब्यक्त गर्दैछन | उनका फ्यानहरुको कौतुहलता निकै बद्धो क्रममा छ | आखिर के ले तान्यो यी दुइलाई ? दर्सक भन्छन , मम मेड आयुष्मान अझ नि तेती जमिसकेका छैनन् ,तेसैले कहिँ प्रियंकाको लोभ लाग्ने स्टारडमले त तानेन उनलाई ? प्रस्नचिन्ह खडा भयो यी दुईको अनौठो मायामा | दर्सकले यी सबै भन्नु सोभाबिक हो कारण प्रियंकासंग गासियेपछी हरेक गीत संगीत देखि चलचित्र सम्म यी दुइ संगै आइरहेका छन् | नेपाली मा उखान छनि जस्तै लात्ती हाने पनि आफ्नै गोठ को गाई प्यारो , कुन चै आम बुबालाई आफ्नो छोरा छोरिको बारेमा नराम्रो सुन्ने इछ्या हुन्छर | तेसैले प्रियंकाकि आमालेपनि मेडियासंग छोरीको बारेमा लेखिने समाचारप्रति असन्तुस्टी ब्यक्त गरेकी थिइन् | प्रियंका आफै म आज जे छु मेरो माया अनि समर्थन गर्ने दर्सकहरुले गर्दा छु भन्छिन अनि फेरि तिनै दर्सकहरुले उनको बारेमा चासो देखाउदा असन्तुस्टी हुनु अलि असोभाबिक भएनर ? आखिर के ले नजिकिए आयुष्मान र प्रियंका त्यो त समयले बताउछ | आसा गरौ राता रात गहिरिएको यिनीहरुको प्रेमजीवनको यात्रा अनन्त हुनेछ |

Related posts

स्क्यामरहरुबाट कसरी बच्ने अस्ट्रेलीयामा

Manoj Poudyal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

Manoj Poudyal

A rising star from Galyang: Artist Sundeep K Lohani

Manoj Poudyal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

Manoj Poudyal

रोशन धौभडेलको म्युजिक भिडियो “मन दुख्यो” सार्वजनिक

Manoj Poudyal

विवाहपछि डिभोर्स गरेका नेपालि सेलिब्रेटी

enepal