नेपाली संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने एकमात्र उद्देश्यका साथ २०१४ मा स्थापित गैर-लाभकारी संस्था अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले अन्ततः औपचारिक रुपमा पण्डीत नारायण प्रसाद ज्ञावलीलाई केन्द्रका मुख्य पण्डीतको रुपमा चयन गरेको छ।
अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले केही समय अगाडी केन्द्रको केयर टेकर र पुजारी पदको लागि समुदाएमा एक्सप्रेसन अफ इन्ट्रेस्ट आवहान गरेको थियो। उक्त पदका लागि तीनजनाले इच्छा व्यक्त गर्दै आबेदन दिएका थिए।
एएनएमसीको कार्यकारिणी बैठक द्वारा छनोट प्यानल गठन गरिएको र इच्छुक आवेदकहरु संगको निरन्तर छलफल र कार्यकारी टोली द्वारा गरिएको अनुमोदन पछि प्यानल द्वारा सिफारिस गरिएको थियो। छनोट प्रक्रियाका क्रममा केही आवेदकहरूले उनीहरूको व्यक्तिगत कारणले असमर्थ जनाउदै नबस्ने निर्णय लिए पछि पन्डीत नारायण प्रसाद ज्ञवालीलाई आधिकारीक रुपमा केन्द्रको पहिलो पन्डीतको रुपमा छनोट गरिएको एएनएमसीका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी गराउनु भयो।
नारायण प्रसाद ज्ञवाली भिक्टोरीयाको नेपाली समुदाए बिच मित्रता र ग्राहक सेवा सीपका लागि परिचित एक योग्य सेलिब्रेन्ट हुन्। नेपाली समुदायलाई बहुविश्वास नेटवर्कमा प्रस्तुत र परिचय गराउने र एएनएमसी मन्दिरमा उहाँको निरन्तर योगदान असाधारण रहेको छ।
अष्ट्रेलियन नेप्लीज बहुसास्कृतीक केन्द्रले आफ्नो अफिसीयल फेसबुक पेजबाट आधिकारीक रूपमा प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त गरिएको जानकारी गराईएको थियो। ज्ञवाली कार्यकारी समितीमा आमन्त्रित सदस्य पनी हुनुहुन्थ्यो र सो पदबाट राजीनामा दिईसक्नुभएको छ।अष्ट्रेलियन नेप्लिज बहुसास्कृतीक केन्द्रमा मन्दिरको स्थापना समय देखी नै स्वयम सेबकको रूपमा पुजारीको सेवा दिदै आउनु भएको थियो।
बिगत तेह्र बर्षदेखी उहॅाले भिक्टोरिया आसपासमा पुरोहितको सेवा दिदै आउनुभएको छ।भिक्टोरीयामा नेपालीभाषी माझ पहिलो रजिस्टर्ड सेलेब्रेन्ट ज्ञवालीले केन्द्र परिसरबाट कानुनी बिबाह, बैदिक बिबाह, ब्रतबन्ध, ग्रहशान्ती,श्राध्द र अन्य धार्मिक कार्यको सेवा तथा भक्तजनको पूजा-आजामा सेवा दिदै आउनुभएको छ।