eNepal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

दिदीबहिनी समाज भिक्टोरियाले पारिवारिक हिंसा पीडितहरु आश्रीत नेपालको स्थानीय गैरसरकारी संस्था आवाजलाई ६ हजार ५ सय अष्ट्रेलियन डलर सहयोग हस्तान्तरण गरेको छ ।

समाजद्वारा आयोजित सन्मान र समान सम्बन्ध सुदृढ गर्ने एक जागरूकता कार्यशालाको गोष्ठी कार्यक्रमको अवसर पारेर सुदूरपश्चिम नेपालका घरेलु हिंसा पीडितहरूलाई सहयोग गर्न समर्पित गैर नाफामुखी संस्था आवाजलाई $६५०० हस्तान्तरण गरीएको हो।। यो सहयोगले आवश्यक स्रोतहरू जस्तै खाना, आश्रय, चिकित्सा खर्च, र कानुनी समर्थनमा पहुँच प्रदान गर्न मद्दत गर्ने समाजकी अध्यक्ष रोशनी श्रेष्ठले बताउनु भयो।

कार्यक्रमा प्रमुख अतिथिहरू विन्डहम सिटी काउन्सिलका उपमेयर, सल्लाहकार डा. चन्द्र दीपक पोखरेल लगाएतले लैङ्गिक असमानता, घरेलु हिंसा यसका कारणहरू र हिंसालाई नमान्ने तरिकाबारे प्रेरणादायी आफ्ना भनाईहरु राख्नु भएको थियो।

भिक्टोरियन बहुसांस्कृतिक आयोग र विन्डम् सिटी काउन्सिललाई अटुट सहयोगको लागि कृतज्ञता व्यक्त गरिएको थियो।

अब त म बोल्छु नामक डकुमेन्ट्रीका कलाकार बर्षा केसी र ज्ञानेन्द्र उप्रेती, सम्पूर्ण युनिट सदस्य, स्वयंसेवक र सहयोगी मनहरुलाई  उत्कृष्ट सफलता प्रदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो। 

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

अष्ट्रेलियाको मेलबर्नमा भव्य बन्दै दशैं, अष्ट्रेलियन सांसदहरुले गरे प्रशंसा

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349