eNepal

एक्सपर्ट सगरमाथा लिग शुरु हॅुदै, १२ टिमले सहभागीता जनाउदै

एक्सपर्ट सगरमाथा ब्लुजको आयोजनामा आउँदो आइतबार ८ अक्टुबरबाट एक्सपर्ट सगरमाथा लिग क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ।भिक्टोरीयामा रहेका १२ नेपाली क्रिकेट क्लव बिच हुन लागेको यस प्रतियोगिता सबैभन्दा लामो लिग प्रतियोगिता हो।

एक्सपर्ट सगरमाथा ब्लुज, द हिमालयन क्लव, ट्राईकोन, काठमाण्डौ क्यापिटल्स, युनाटेड वेरियर्स क्रिकेट क्लव, रोयल राईनोज क्रिकेट क्लब, एभरेस्ट लायोन्स, राईजीं सन, फार वेस्ट्रन सोसाइटी अफ भिक्टोरीया, ग्रेस गोर्खाली, ब्राइटन एभरेस्ट युनाइटेड क्रिकेट क्लबले सहभागीता जनाउने यस प्रतियोगिता टि डब्लु ब्लेक पार्क र एचएलटी व्लिटन रिजर्भमा हुने छ।आगमी डिसेम्बर १७ सम्म चल्ने प्रतियोगिताका खेलहरु हरेक हप्ताको आइतबार मात्रै हुनेछ ।

एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजको मुख्य प्रायोजन अनि ब्राईटन कलेज सह प्रायोजक रहेको यस प्रतियोगितामा पहिलो हुने क्लबलाई नगद ३५०० अस्ट्रेलीयन डलरको पुरस्कार राशी राखिएको छ जसलाई एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजले प्रदान गर्दैछ भने रनरअपलाई नगद १५०० अस्ट्रेलीयन डलरको पुरस्कार राशी सहित ट्रफीको व्यबस्था गरिएको जसको व्यबस्थान ब्राइटन कलेजले प्रदान गर्ने प्रतियोगिताका संयोजक सुदीप न्यौपानेले जानकारी गराउनु भयो।

त्यस्तै काठमाडौं प्रोपर्टीले प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडीलाई नगद $२०० प्रदान गर्ने भएको छ भने उत्कृष्ट ब्याटरलाई $२०० बेस्ट च्वईसको तर्फबाट प्रदान गरिने भएको छ। गार्डेनभ्यूको तर्फबाट उत्कृष्ट बलरलाई $२०० अनि बुद्ध ट्राभलका तर्फबाट बेस्ट फिल्डरलाई $२०० प्रदान गरिने छ साथै यस पटक नारायण पुरोहित फेयर प्ले अवार्ड पनि राखिएको संयोजक सुदीप न्यौपानेले जानकारी गराउनु भयो।

सन् २०१३ मा स्थापना भएको सगरमाथा क्रिकेट क्लवले भिक्टोरीयामा भएका बिभीन्न नेपाली प्रतियोगिताका साथै बहुसाँस्कृतिक समुदाएमा आयोजना भएका प्रतियोगितामा आफुलाई अव्वल साबित गर्दै दर्जनौ जीत हाँसील गरिसकेको छ। सन् २०२० मा एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजसँगको ऐतिहाँसीक सहकार्य पछि सगरमाथा क्रिकेट क्लवको नाम एक्सपर्ट सगरमाथा व्लुजको नामले चिरपरिचत रहेको छ। क्लवले न्याभ कपका साथै भिएनसिए कप समेत हात पारिसकेको छ।

अष्ट्रेलियामा क्यान्सरबाट देहावसान भएकी ऋचा श्रेष्ठको सम्झनामा बिगत केही बर्ष देखी यस प्रतियोगिताको आयोजना हुँदै आएको छ।स्वर्गीय ऋचाको सम्झनामा र बिदेशमा बस्दै आएका नेपाली प्रतिभावान क्रिकेट खेलाडीको खोजी गरी नेपाली क्रिकेटलाई योगदान दिनका निमित्त यो प्रतियोगिताको आयोजना गरीदै आएको हो।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349