eNepal

तीजको अवसर पारेर खेम सेञ्चुरी, शान्तिश्री परियार लगाएतका कलाकार मेल्बर्न आउँदै

अष्ट्रेलियाको मेलवर्नमा चर्चित कलाकारहरूको साथमा ”एम.एम तीज टूर अष्ट्रेलिया २०२३” हुने भएको छ । नेपाली नारीहरूको महान पर्व हरीतालीका तीजको अबसरमा आयोजित कार्यक्रम सेप्टेम्बर १५ मा मेलवर्नको ४३ मेलभिल रोडमा हुने भएको हो ।

चर्चित लोक तथा द‍ोहोरी गायक खेम सेञ्चुरी , गायिका शान्तिश्री परियार , सुनिता बुढा क्षेत्री , कलाकार बादल थापा, बबिन सिंह ठकुरी , निरूता पुन,  मोडल सरिता दानकुटी लगाएको धमाकेदार प्रस्तुति रहने एमएम इन्टरटेनमेन्टका सञ्चालक माधब न्यौपानेले बताए ।

अष्ट्रेलियाका विभिन्न ९ वटा स्थानमा कार्यक्रम हुने आयोजकले बताएको छ ।  हरेक बर्ष एमएम ईन्टरटेनमेन्टले  यस्ता कार्यक्रम गर्दै आएको छ । अष्ट्रेलिया कार्यक्रममा पुग्ने कलाकाहरूले राम्रो पारिश्रमिक नपाएको गुनासो बेलबखत आईरहेको समयमा राम्रो पारिश्रमिक दिएर कलाकारहरू आउन लागेको आयोजकले बताएको छ ।

सेप्टेम्बर २ मा सुरू हुने कार्यक्रम सेप्टेम्बर १७ सम्म चल्ने छ । कार्यक्रम अबधिभर बिभिन्न संघसस्थाले सहकार्य गरेका छन् । मेलवर्नमा हुने कार्यक्रममा प्रबेशका लागि २० डलर शुल्क राखिएको छ । कार्यक्रम साझ साढे ५  बजेबाट  सुरू हुनेछ ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349