eNepal

अस्ट्रेलीया मा बस्छु!!! गफ आनन्द आउने रहेछ

साथीहरुले समयमा गईस भन्छन्, तर उनीहरुलाई के थाहा JD भन्दा Khukhuri Rum कति राम्रो ? 7 Eleven कफीले कहाँ त्यो स्वाद दिन्छ जुन बसन्तपुरको चियामा छ ? पिज्जा जति ठुलो भए पनि तेही मोमोको डल्लो मुखमा हाल्न मन लाग्छ Branded लुगा कसलाई देखाउनु छ र यहाँ ?

Train मा एक्लै काही जाँदा , बाईकमा ३ जना साथि चड्या याद आउंछ । रक्सी खान साथी हुन्थे पैसा हुन्नथ्यो !! अहिले पैसा रक्सी सबै छ तर गफ लडाउँदै खाने साथीहरु छैनन् !! डिस्कोको रमझम भन्दा भट्टीको साथीहरु संग को गफ आनन्द आउने रहेछ ।

यो शहरमा २४ घण्टा बत्ती छ, तर मन तेही अँध्यारो गल्लीमा बस्या रहेछ । ठुला बिल्डिंगहरु देखेर दिक्क लागि सक्यो, फेरी तेही पहाड र हिमाल को काखमा सुत्न मन लाग्यो । आमाको हातले बनाएको खाना र बाउको गालि नखाई निद्रा लाग्दैनथ्यो । अहिले बिहानको खाना microwave मा खानु पर्या छ । हो नेपालमा अहिले जिन्दगि त कठिन नै छ तर कमसेकम जिन्दगि त छ ।

बिदेशमा lifestyle छ तर life रहेनछ
जब life नै छैन तब lifestyle को के मतलब ?

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349