अस्ट्रेलियाको मेल्बोर्नमा अबस्थित रोयल वेस्टर्न क्लबले आफ्नो सातौं बार्षीक साधारण सभा सम्पन्न गरेको छ । तिनकुने सेक्वा कर्नर, सनसाइनमा सम्पन्न उक्त सभाले दुइ बर्ष (२०२३-२०२५) कार्यकालका लागि सर्बसम्मत रुपमा रोशन दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा तेज कार्की, सह-सचिवमा बिरोध थिङ, कोषाध्यक्षमा सुवास पाण्डे, सह कोषाध्यक्षमा सुजत भण्डारी,क्लब प्रबन्धकमा दिपेन्द्र खड्का, सहायक प्रबन्धकमा विकास सिलवाल, क्लब प्रकाशकमा दिपेन्द्र थापा, जनसम्पर्क अधिकारीमा उज्ज्वल अधिकारी सर्वसम्मत चुनिएका छन्। त्यस्तै सदस्यहरूमा शंकर थापा, विकास सिलवाल, जेनिशा गौतम, विकास गुरुङ, साजन बस्नेत, सरोज शर्मा, बसन्त पोखरेल, आशेष दाहाल, सृष्टि बराल, सुदीप न्यौपाने, अमिर श्रेष्ठ, रवि थिङलाई सर्बसम्मत रुपमा चयन गरेको छ।
निर्वाचन अधिकृतमा समाजसेवी सुनिल भण्डारी चयन गरिएको थियो।नवनिर्वाचित समितिलाई एन्फा (अखिल नेपाल फुटबल संघ)का केन्द्रीय सदस्य टीका लामाले कृतज्ञता मन्तव्य दिएका थिए । त्यसैगरी नयाँ कमिटीको सफलताका लागि न्याभ अध्यक्ष प्रेमराज उप्रेती, एनआरएनए एनसीसी युवा संयोजक बबिन मिश्र, एनआरएनए भिक्टोरिया संयोजक हरि खड्का, एनआरएनए आईसीसी सदस्य नारायण कटुवालले कृतज्ञता सहित मन्तव्य राखेका थिए।
क्लबका सचिव तेज कार्कीले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्लबका कोषाध्यक्ष सुवास पाण्डेले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए जसलाई क्लबका सदस्यहरुले हर्षोल्लासका साथ अनुमोदन गरेका थिए । बैठकको अध्यक्षता क्लबका अध्यक्ष बम योन्जनले गरेका थिए।
क्लब टाइटल प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजका निर्देशक द्वय सरोज शर्मा र बसन्त पोखरेलले स्थापनाकालदेखि नै रोयल वेस्टर्न क्लबसँगको आफ्नो संलग्नताको बारेमा आफ्नो अद्भुत अनुभव साट्दै आउने दिनमा निरन्तर सहयोग गर्ने वाचा गरे। त्यसैगरी क्लबका प्रायोजक काठमाडौं प्रोपर्टीजका निर्देशक दिक्पाल देव पंगेनीले नवनिर्वाचित टोलीलाई बधाई दिँदै सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका थिए ।
क्लवमा नवनियुक्त अध्यक्ष दाहालले क्लबका सम्पूर्ण सदस्यहरू, निवर्तमान टोलीलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा क्लबको उन्नतिको लागि प्रतिबद्धता व्यक्त गर्दै सभाको समापन गर्नुभएको थियो ।