eNepal

मेल्बर्नको टार्नेटमा तीन किशोरमाथि हमला, दुईजनालाई छुरा प्रहार

मेल्बर्नको पश्चिममा साथीहरूसँग बास्केटबल खेल्ने क्रममा आफ्नो १६औँ जन्मदिन मनाइरहेका १६ वर्षीय युवालाई विनाकारण छुरा प्रहार गरिएको छ ।

रायन सिंह र उनका दुई साथीलाई बिहीबार साँझ हतियारसहितको गिरोहले अकस्मात आक्रमण गरेको थियो।

१० कक्षामा अध्ययनरत् ति विद्यार्थी र दुई साथीहरू टार्नेइटमा बास्केटबल खेल्दै थिए गरेको अवस्थामा सो घटना घटेको थियो।

https://7news.com.au/news/vic/three-teens-ambushed-two-stabbed-in-random-attack-in-tarneit-melbourne–c-11419423

सात आठ जनाको समुहमा आएको समूहले तीनै जनामाथि आक्रमण गरेका थिए। आफुसँग भएको मोबाइल फोनका साथै  रयानसँग भएको नाइके एयर जोर्डनको जुत्ता माग्दै आक्रमण गरेका थिए।उनीहरुको करङ, पाखुरा, हात र पछाडि र टाउकोको पछाडि प्रहार गरिएको थियो।

यो घटना पछि मेल्बर्नको नेपाली समुदाय तरङ्गीत बनेको छ। तिनजना मध्यका रायन नेपाली समुदाए भित्र पर्दछन्।

घटना पछि एक बिज्ञप्ती जाहेर गर्दै रायनका बुवा राजीवले समुदाएलाई यो घटनाबारे सम्बेदनशील हुन आग्रह समेत गरेका छन्। उनले गत २७ जुलाईमा भएको घटनाले आफु लगाएत आफ्नो परिवार बिक्षिप्त भएको बताउँदै सबै नेपाली साथीभाइ र परिवारजनलाई यस्तो गम्भीर बिषयमा समुदाएबाट सबैले आवाज उठाउन र अष्ट्रेलिया सरकारलाई यस कार्यको विरुद्ध कडा कारबाही गर्न र कानून व्यवस्थामा कडा परिवर्तन गर्न आग्रह गरेका छन्। आज हामी अपराधको सिकार भयौं भोली जो कोहीलाई पनि यस्तो घट्ना पर्न सक्छ। बेलैमा सबै सजग भएर आवाज उठाउन अनुरोध गरेका छन्।

https://www.police.vic.gov.au/man-charged-after-tarneit-stabbing

 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349