eNepal

आफु जन्मेको गाउँलाई जोड्दै डेढ दशकमा सिकेका कुरा राखेर न्यौपानले ल्याए फलाङ फुड डिक्सनरी

मेलबर्न, अष्ट्रेलिया । सन् २००७ मा अष्ट्रेलिया पुगेका शिव न्यौपाने अहिले अष्ट्रेलियामा स्थापित भइसकेका छन्। नेपालमा पत्रकारितामा रूचि राख्ने न्यौपानेको अष्ट्रेलियामा सुरूवाती संघर्ष सबै नेपालीको जस्तै थियो। संघर्षका अनेक चरण पार गरेका उनले हस्पिटालिटि सेक्टरमा लामो समय बिताए।

तर, करीब १० वर्ष अर्थात् सन् २०१७  मा ‘द एज’ पत्रिकामा उनको पहिलो लेख प्रकाशित भयो। अहिले ‘द एज’मा प्रकाशित उनको लेखको संख्या दर्जन कटिकसकेको छ। पछिल्लो समय न्यौपानेका कविताहरूले अमेरिकन जर्नलहरूमा समेत स्थान पाउन सफल भएका छन्।

यद्यपी, अझै उनी आँफुलाई सफल लेखक नभइसकेको बताउँछन्। अहिले न्यौपाने अष्ट्रेलियामा कस्टुमर सर्भिस सेक्टरमा काम गरिरहेका छन्। लेखनमा अझै मेहनत गर्नुपर्ने उनको बुझाइ छ।

उनै न्यौपानेको गत जुन २४ तारिखमा ‘फलाङ फुड डिक्सनरी’ विमोचन भएको छ। विमोचन कार्यक्रममा राष्ट्र्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाही र अष्ट्रेलियामा नेपाली समुदायमाझ चर्चित व्यक्ति नेपालका महावाणिज्यदूत चन्द्र योन्जनको सहभागिता रहेको थियो। उक्त शब्दकोषमा क्युलिनरी आर्टस्सँग सम्बन्धि शब्दका अर्थहरू रहेका छन्। शब्दकोषमा विश्वभरीका खानेकुरा सम्बन्धि शब्दअर्थ समेटिएका छन्।

विशेषगरी फलाङ डिक्सनरीमा विभिन्न खानेकुराहरू (फुड)को लिस्ट छ। १ लाख भन्दा बढी शब्द भएको यसले विश्वभरका खानेकुराहरूको नाम समेटेको लेखक न्यौपाने दाबी गर्छन्।

उनी भन्छन्, ‘यस डिक्सनरीले विश्वको कुनै भूगोललाई छुट्याएको छ जस्तो लाग्दैन। यसले संसार समेटेको छ।’

१५ वर्षअघि अष्ट्र्रेलिया पुगेका न्यौपाने उनकै शब्दमा करीब ९० प्रतिशत नेपालीले अष्ट्रेलियामा गर्ने काम जस्तै किचनमा काम गर्न थाले। कलेजको फि लगायत अन्य व्यक्तिगत खर्च धान्नका लागि यो उनको अष्ट्रेलियामा पहिलो कमाइको बाटो थियो।

नेपालमै बस्दा पत्रकारिता पढेका उनले अष्ट्रेलियामा पनि सो कार्य गरिरहे। अधिकतम समय रेष्टुरेन्टमा काम गर्दै बिताउने उनलाई फुडलाई कसरी पत्रकारितामा जोड्न सकिन्छ भन्ने कुराले डिक्सनरी सम्म डोहोर्याएको बताउँछन्।

त्यसपछि, उनको ध्यान केन्द्रित भयो फुड जर्नालिजम्, अर्थात् खानेकुरा सम्बन्धि पत्रकारिता तिर। उनले ध्यान यति केन्द्रित गरे की, रेष्टुरेन्ट लाइनमा सिकेका खानेकुराका परिकारहरू समेटेर उनले ‘फुड डिक्सनरी’ लेखे। १०१५ मै उनको ‘फलाङ इंग्लिस डिक्सनरी’ पनि प्रकाशित भइसकेको थियो। यसैमार्फत उनी राजनीतिक दलका शीर्ष नेताद्वारा सम्मानित समेत भएका थिए। रिचार्ड मार्लीले प्रदान गरेको ‘फर्स्ट इन्टरनेशनल स्टुडेन्ट टु कम्पाइल फलाङ इंग्लिस डिक्सनरी’ अवार्ड न्यौपानेका लागि प्रेरणाको स्रोत थियो।

उनी फुड डिक्सनरी नै प्रकाशन गर्नुपर्ने किन ? भन्ने प्रश्नमा भन्छन्, ‘मेरो क्षेत्रबाट देशलाई कसरी योगदान गर्न सक्छु भन्ने सोचेर फुड डिक्सनरी लेखे।’

२०२२ मा तत्कालीन अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले उक्त डिक्सनरी लेख्दै गर्दा पत्र लेखेरै न्यौपानेलाई सफलताको शुभकामना दिएका थिए। यसरी उनको यस क्षेत्रमा काम गर्ने सपनामा उर्जा र प्रेरणा मिलिरहेको उनी बताउँछन्। न्यौपानेलाई लाग्छ यसरी केही गर्न खोज्नेलाई विदेशमा गरिने प्रोत्साहन उत्कृष्ट तरिकाको छ।

यस डिक्सनरी मार्फत नेपालमा खानेकुरा सम्बन्धि पत्रकारिताको दायरा फराकिलो हुनसक्नेमा उनी आशावादी छन्।

यो डिक्सनरी तयार पार्नका लागि उनी कोरोना महामारीको समयमा करिब २ वर्ष दैनिक १५ घण्टाका दरले कम्प्युटरमा बस्थे। तर, यो भन्दा महत्वपूर्ण कुरा हस्पिटालिटी सेक्टरको सबै तहहरू पार गर्दै त्यहाँको ज्ञान एउटै डिक्सनरीमा समेट्न करीब १२ वर्ष लागेको न्यौपाने बताउँछन्। उनले सिकेका सबै ज्ञान एउटै डिक्सनरीमा लगानी गरेका छन्।

लेखमा रूची हुनेहरू धेरैको सपना हुन्छ, कथासंग्रह, निबन्ध, कविता तथा उपन्यासजस्ता सिर्जनाहरू तयार पार्ने। यस्ता लेखका पाठकहरू पनि अवश्य नै धेरै हुन्छन्। तर, न्यौपानेले भने फरक बिधामा कलम चलाए। उनले केही नौलो बाटो लिए।

यसबारे प्रश्न गर्दा न्यौपाने भन्छन्, ‘नेपालमा फुड जर्नालिजम् नयाँ अवधारणा हो। यदी फुडहरूको नै डिक्सनरी निकालियो भने नेपाली फुड राइटर वा पत्रकारले नेपालमा यो अवधारणा व्यापक भएपछि वा १५-२० वर्षपछि डिक्सनरी पल्टाएर हेर्दा सबै थाहा पाउन सक्छन्। डिक्सनरी लेख्नुको एउटै उद्देश्य हो, फुड जर्नालिजम्मा लाग्नेहरूलाई दिशानिर्देश गर्नु।’

सन् २००१ देखि नै पत्रकारिता तथा लेखनमा लागेका न्यौपानेका लेखहरू हिमालयन टाइम्समा निरन्तर प्रकाशन भइरहेका छन्। अमेरिकी पत्रिकाहरूमा पनि उनका कैयौ कविता प्रकाशित भइसकेका छन्।

अष्ट्रेलियामा नेपाली विद्यार्थीको भोगाइसँग सम्बन्धित उनको उपन्यास ‘इन द पर्स्युट अफ युथोपियन लाइफ इन अष्ट्रेलिया’ प्रकाशित भइसकेको छ। त्यसैगरी, उनको ‘द इलेक्जियर अफ माइ भ्वाइस’ कवितासंग्रह पनि प्रकाशित छ।

सन् २०१५ मा अध्ययन कै क्रममा ‘फलाङ इंग्लिस डिक्सनरी’ प्रकाशित गरेका न्यौपानेले उच्च राजनीतिक व्यक्तित्वबाट ‘फर्स्ट इन्टरनेशनल स्टुडेन्ट टु कम्पाइल इंग्लिस डिक्सनरी’ अवार्ड पाएका थिए।

‘फलाङ फुड डिक्सनरी’मा विश्वका सबै खानेकुराका नामहरू समेटिएका छन्। तर, बुझ्नुपर्ने कुरा उक्त डिक्सनरीमा एउटै संस्कृति भएका २ देशमा बुझिने शब्द छुट्याएर भने राखिएको छैन। उदाहरणका लागि नेपाल र भारतमा ‘दाल’ खानेकुराको एउटै अर्थ छ। यसले नेपाल र भारतकै एउटा खानेकुराको प्रतिनिधित्व गरेका कारण नछुट्याइएको उनी बताउँछन्। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349