एनआरएनए भिक्टोरीया राज्य संयोजकमा मणीरत्न सापकोटा विजयी भएका छन्। गत शनिबार अनलाइन मार्फत गरिएको निर्वाचनमा महेन्द्र साली घिमिरेलाई पराजित गर्दै सापकोटा विजयी भएका हुन्। सापकोटाले १ हजार १९८ मत ल्याएका थिए भने घिमिरेले ४०७ मत पाएको निर्वाचन समितिले जनाएको छ। नो भोटमा १८३ मत खसेको छ।
त्यस्तै भिक्टोरिया राज्यको उपसंयोजकमा माधव धानुक, सचिवमा ससेन्द्र गौतम केसी, सहचिवमा सविन धिताल, कोषाध्यक्षमा विजय दाहाल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यस्तै सदस्यहरुमा अच्युत चापागाइँ, विकाश सिलवाल, दिवाकर दाहाल, किसन कँडेल, लक्ष्मण सन्ज्याल, रामशंकर जइसवाल, सविन श्रेष्ठ र सुसन सुवेदी विजयी भएका छन्।
भिक्टोरीया युवा संयोजकमा सिदान्त श्रेष्ठ (सिद), उपसंयोजकमा गौरभ सुनार, सदस्यहरुमा बिनोद भट्ट, प्रदिप सुवेदी, रुपा पाण्डे, सचिन थापा र सागर शाही विजयी भएका छन्।
भिक्टोरिया राज्य नारी निकुञ्जको संयोजकमा राशी सिंह ठकुरी, उपसंयोजकमा कल्पना बस्याल, सदस्यहरुमा बिना अधिकारी पन्त, प्रतिभा शाह, सदिक्षा पौडेल क्षेत्री, सिना थापा मगर र उषा आचार्य विजयी भएका छन्।
त्यस्तै भिक्टोरीयाबाट एनसीसी सदस्यमा केशव खत्री, मात्रिका प्रसाद खनाल र सोभित प्रधान निर्विरोध चयन भएका छन् भने आइसिसि सदस्यमा नारायण कटुवाल र मदन राज पौडेल विजयी भएका छन्।