यो घटना मैले आज स्वयम् भोगेको हुँ। आज बिहान करिवन ९:४४ मेल्बोर्नको समय अनुसार तल दिईएको लेन्ड लाईनबाट फोन आयो। लिभरपुल न्युसाउथवेल्सको नम्बर भनेर आएको नम्बर थियो। फोनमा भनिएको थियो अस्ट्रेलीयन ट्याक्स अफीसको फोन हो। म अफिसर फलानो हो।अस्ट्रेलीयन ट्याक्सबाट फोन आएपछि चनाखो भएँ। फोनमा राम्ररी कुरा गर्न थाले।
उताबाट तैले घरको ठेगाना परिबर्तन भएको जानकारी नदिएको अनि सरकारलाई ट्याक्स नबुझाएको कारण तैले ८०००० डलर फाईन तिर्न पर्छ। यो तेरो गल्ती होईन तर तैले काम गर्ने कम्पनीले ट्याक्स नतिरेको कारण आझ त फसिस् भन्दै कुरा गर्न थाल्यो। तैले पाँच बर्ष सम्म किन ठेगाना हामीलाई नदिएको भन्दै ढाँटेको आधारमा कमनवेल्थ कोर्टमा उजुरी गरि सकेका छौ भन्दै तर्साउन थाल्यो।
मलाई राम्रोसँग हरेक बर्ष ट्याक्स रिटर्न गर्ने बेलामा ग्रुप सटिफिकेट घरमानै आउँछ।ट्याक्स अफिसको केही चिट्ठीहरु पनि घरमा आएको राम्रोसँग थाहा थियो। उसले फोनमा भन्दै गयो अहिले सम्म यो केस कोर्टसम्म पुगेको छैन। यो केसलाई फोनबाट सल्टाउन पनि सक्छस्। अनि याद राख मसँग आधा घण्टा कुरा गरिस भने यो केस सुल्झिन पनि सक्छ तर यदि बिचैमा फोन राखिस् भने आधा घण्टा भित्र तेरो घरमा प्रहरी आउँछ अनि तलाई कस्टडीमा लैजान्छ र ४८ घण्टा सम्म त्यहाँ राखेर जेल चलान गर्छ।त्यति मात्र नभएर तेरो बैकका खाताहरु फ्रिड्ज हुन्छ जव सम्म यो केस सुल्झिदैन। तैल ८०००० सम्म फाईन र डिपोर्ट सम्म हुन्छस् भनेर त्रसीत बनायो।
तेही समयमा एकजना आफु भन्दा सिनीयरलाई फोन गरे र यथार्थ कुरा दर्साए।उहाँले स्केम फ्रड गर्न गरेको हो। त्यस्तो आत्ती हाल्न पर्दैन। बोरु पुलीसलाई अव म चाँही तेरो बारे कम्पेल्न गर्न जान्छु भन्नु भयो।
कुरा गर्दै भन्दै थियो अव म सुपरभाईजरलाई यो फोन ट्रान्सफर गर्दैछु। बाँकी कुरा मेरो सुपरभाईजरसँग गर। मैले हुन्छ भने। अर्को व्यक्ति बोल्यो अनि भन्यो तैले के के बुझिस्।मैले भने खासै केही बुझीन ट्याक्सको कुराहरु गर्दै थियो भन्दिए। त्यो सुपरभाईजरले भन्यो तँ अङ्ग्रेजी बुझ्दैनस् । मैले भने बुझ्छु तर त्यति धेरै होईन भनेर कुरा दोहोराउन लगाई रहे। त्यस पछि हाम्रो ईन्टरप्रेटर छ उसँग कुरा गर भनेर फेरी फोन ट्रा्न्सफर गर्यो। त्यो ईन्टरप्रेटर मसँग हिन्दीमा भाईजान भन्दै कुरा गर्दै थियो। मैले पुन: भने म हिन्दी बुझ्छु तर धेरै बुझ्दिन तर सवालको जवाफ दिन आउँदैन।
यति भनि सक्दा मैले भने अब के गर्ने त। कसरी यो केस सुल्झिन्छ। त्यो व्यक्तिले भन्यो ५५०० डलर अहिले दिईस् भने सुल्झिन्छ। अहिले एग्री गरेर फोनबाट मौखीक कन्ट्राक्ट साईन गर। अनि खातामा कति पैसा छ भनेर सोध्न थाल्यो। मैले खै थाहा छैन भन्दिए। आफ्नो खाताको पैसा पनि थाहा हुँदैन भन्दै गाली गर्यो। यत्ति कुरा गर्दा गर्दै के गर्छस् छिटो गर पैसा दिएर अहिले यो केस सुल्झाउँछस् कि पुलीसलाई रिपोर्ट गरौ भन्दै थियो। म छोरीले डिस्ट्रब गरि पख एकछिनमा फोन गर्छु भन्दै थिए। त्यहि समयमा हामीले खासखुस गरेको पनि सुन्यो होला अनि फोन आफैले काट्यो।
यस्ता सम्म हुन्छन् डर धम्की त्रास देखाएर तपाईको पैसा कुम्लाउनेहरु। आफै सतर्क हुनुहोस्। यस्ता फ्रड गरेर तपाईका व्यक्तिगत बिबरण देखी बैक खाताको पुर्ण बिवरण लिन लागि पर्नेको एउटा सन्जालनै रहेछ। आफै सचेत हुनुहोस् र अरुलाई पनि यो जानकारी दिनु होस्।