eNepal

Incredibly Pure ले ल्यायो अस्ट्रेलियामा अत्याधुनिक प्रविधीको सुद्ध पिउँने पानीवाटर पिउरीफायर

गत जुलाई १ तारिक शनिवारका  दिन साउथ अस्ट्रेलियाको सहर  एडिलेड स्थित वेस्ट लेक (West lake ) को सामुदायिक भवनमा इन्क्रेडिबली प्यूर (Incredibly Pure) कम्पनी द्वारा पानीसुद्धीकरण गर्ने  वाटर प्युरीफायर ( Water purifier) को समुद्धघाटन भब्यताका साथ नेपाली समुदायबिच गरेको छ l उक्तकार्यक्रमको समुद्धघाटन साउथ अस्ट्रेलियाका लागि बाणिज्य दुत श्री दिपक धमलाज्यूले गर्नु भएको थियो I 

इन्क्रेडिबली प्यूरले ग्राहक को आबस्यकता लाइ मध्ये नजर गर्दै अत्यन्त आकर्षक र स्मार्ट इन्टेलीजेन्ट फिचरभएको अन्डर सिन्क(Under Sink) र बेन्च टप ( bench Top ) गरी दुई प्रकारका प्रोडक्ट लाई अधिकारीक रुपमा  अस्ट्रेलियाको बजारमा ल्याएको छ l आफुलाई चाहिने  प्रोडक्ट कम्पनीको वेभसाईट

https://www.incrediblypure.com.au मार्फत किन्न

सकिने छ l  बेन्चटप प्युरीफायरको बिषेशता (पानि को मात्रा, तापक्रम को छनौट गर्न सकिने, धारा को पाइपमा जोड्न नपर्ने  ) र लोभ लाग्दो डिजाइन ले  गर्दा धेरै ग्राहकहरुको आँखालाई लोभ्याउन सफल भएको छ । संसार कै अत्यन्त उन्नत प्रयोग    तथा तीन  चरणमापानी लाई सुद्धीकरण गर्ने प्रविधी  ( Three Stage Filtration systems) जडान गरिएको छ।   रुम टेम्परेचर ( Room Temperature ) देखी तुरुन्त तीन सेकेन्ड भित्र १०० डिग्री सम्ममा पानी पिउँन सकिने छ I टच स्क्रीन बिशेषता सहित वाटरप्युरिफायरमा फिल्टरले काम गर्न छोड्ने बित्तिकै इन्डिकेटरले  (Indicator ) कुन फिल्टर काम गर्न छोडेको हो नयाँ परिवर्तन गर्नकोलागि जनाउ दिने छ र सजिलै आफैले फिल्टर (कार्ट्रिज ) फेर्न सकिने छ ।   इन्डिकेटरले    गर्दा ग्राहक ढुक्क भएर  पानी  उपभोग गर्नसक्छन। सानो परिवार तथा भाडामा वस्ने ग्राहकको लागि सारै उपयुक्त हुने उक्त मोडेल   सजिलै बोकेर जता पनि लग्न सकिने आदियसका प्रमुख बिशेषताहरु हुन l 

आकर्षक र स्मार्ट इन्टेलीजेन्ट फिचरअन्डर सिन्क (Under Sink) प्युरीफायर किचेन को सिंक को धाराको तल जडान गर्न सकिने छ। सानो चिटिक परेको र थोरै ठाउँ ओगटने यो  प्युरीफायरमा पनि अत्यन्त उन्नत प्रबिधी को  ( Three Stage Filtration systems) जडान गरिएको छ।  यस वाटर प्युरिफायर ले पनि यसको फिल्टर ले  काम गर्न छोड्ने बित्तिकै इन्डिकेटरले  (Indicator ) कुन फिल्टरकाम गर्न छोडेको हो नयाँ परिवर्तन गर्नको लागि जनाउ दिने छ र सजिलै आफैले फिल्टर (कार्ट्रिज ) फेर्न सकिने छ ।   फिल्टरइन्डिकेटरले  गर्दा ग्राहक ढुक्क भएर  पानीको  उपभोग गर्न सक्छन।

अस्ट्रेलीयाको सरकार ले धाराको पानीमा क्लोरीनको मात्रा अधिकतम ५००० माइक्रो  ग्राम प्रति  लिटर र  क्लोरिन तथा कोरामाईनकोबाई प्रोडक्टको रुपमा रहेको  ट्राईहालो मिथेन (tri-halo methane ), जुन क्यान्सर जन्य पदार्थ को रुप मा लिइन्छ  त्यसको  मात्राअधिकतम २५० माइक्रो ग्राम  प्रति  लिटर को मापन तोकेको छ,   जुन अमेरीका र युरोप भन्दा निकै  बढि हो  l क्लोरिन तथा कोरामाईनहानिकारक र  क्क्यान्सर गराउँने केमिकल अर्थात कार्सिनोजेनिक ( carcinogenic ) पदार्थ रहेको हुँदा धाराको पानि निरन्तर पिउँदायस बाट स्वास्थ मा प्रतिकुल असर पर्ने र  क्यान्सर जस्तो रोग हुँने सम्भावन लाइ नकार्न सकिन्न l अधिक क्लोरिनयुक्त पानी पिउँदायसले स्वास्थमा धेरै प्रकारका नकरात्मक असरहरु पुऱ्याउँन सक्दछ l क्लोरिनको असरले गर्भवती महिलामा रहेको बच्चाको प्रिम्याचुअरबर्थ , मानसिक विकासमा असर तथा बच्चाको तौल मा समेत असर गर्दछ l पेटमा रहेको गुड बयाक्ट्रेरीया लाई मार्नुका साथै पाचनक्रियाप्रणाली लाईनै असर पुर्याउँदछ l हालै को तथ्यांक ले  अस्ट्रेलया लगायत धेरै देश हरुमा कोलोन क्यान्सरको मात्रा बढि रहेको देखिएकोछ  l खेलाडी , बाल- बच्चा तथा बृद्ध -बृद्धाहरु लाई समेत क्लोरिनयुक्त पानीले प्रतिकुल असर पुऱ्याउँदछ  l अधिक क्लोरिन भएकोपानी पिउँदा हाम्रो शरिरको कोमल अंग र टिस्यु लाई क्ष्यति पुऱ्याउँन सक्दछ l 

बजारमा अनेकौं प्रकारका फिल्टर तथा वाटर पिउरीफायर भएता पनि कुनै अधिक मुल्य पर्ने र धेरै जसो सस्तो मुल्यका वाटरफिल्टरहरुले आंशिकरूपमा मात्रै केमिकल छान्ने हुँदा Incredibly Pure ले प्राय सम्पूर्ण हानिकारक जैबिक तथा केमिकल रसायन , कलोरीन, ब्याक्टेरिया , रङ  आदि ९९.९% छान्ने र रोक्ने  क्षमता राख्दछ l 

टोकियो यूनिवर्सिटी वाट बिधावरिधी (PHD) गर्नु भएका वाताबरणबिद डा. रुपक अर्याल (जो खाने पानि बिशेसज्ञ को रुप माअस्ट्रेलिया मा लामो समय देखि कार्यरत हुनु हुन्छ )  द्वारा डिजाइन गरिएको हो   l उँहा यस कम्पनी ( Incredibly Pure) काम्यानेजिङग डिरेक्टर पनि हुनुहन्छ l  लामो समयको सोध तथा अनुसन्धान, बैज्ञानिक तथ्यांक को आधारमा  अस्ट्रेलिया को  पिउँनेपानीको प्रकृति र पानीमा रहेको जैबिक तथा रसायनिक पदार्थकोरुको असर रोक्न को लागि यस कम्पनी द्वारा सर्वसुलभ तथा सुपथमुल्यमा आधुनिक प्रबिधिको वाटर प्युरीफायर बिक्रिमा ल्याएको हो l यस कम्पनीका मुख्य संचालक डा. रुपक अर्याल तथा रामचन्द्रथापा हुनुहुन्छ  l यस Incredibly Pure प्रा.ली कम्पनि ले अस्ट्रेलिया तथा न्युजिल्याण्ड को बजारमा आफ्नो प्रोडक्ट लाई बिक्रीबितरण गर्ने योजना र तयारी  गरेको छ l

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349