चितवन समाज भिक्टोरियाको साधारण सभा गत जुलाई २ आईतवारका दिन मेल्बर्नको फ्रेन्जी रिसेप्सनमा एक कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको छ।
साधारण सभाले बिपुल ज्ञावलीको नेतृत्वमा पन्ध्र सदस्यीय कार्यसमिती चयन गरेको छ। कार्यसमितीको उपाध्यक्षमा गोबिन्द पाठक , सचिवमा हरि सापकोटा, सह-सचिवमा एस के गौतम, कोषाध्यक्षमा राजेन्द्र उप्रेती, सह कोषाध्यक्षमा कृष्ण पौडेल चयन भएका छन्। त्यस्तै सदस्यहरुमा सुमन अधिकारी, देवल भण्डारी, फडिन्द्र अधिकारी, अरुण गैरे, अम्रीत लम्साल, बिकास सिलवाल, बिनय सापकोटा र निशा श्रेष्ठ चुनिएका छन्।अन्य सदस्यको अन्तिम सूची नयाँ कार्यकालको पहिलो बैठकबाट घोषणा गरिने र हालको सूची उपस्थित सदस्यको सुची मात्र भएको नवनियुक्त अध्यक्ष बिपुल ज्ञावलीले जानकारी गराउनु भयो।
सभामा चितवन समाज भिक्टोरीया सल्लाहकार सोम प्रसाद गुरुङ, संस्थापक सदस्य एवम सल्लाहाकार सुरेन्द्र सेढाई, न्याभका बर्तमान अध्यक्ष प्रेम राज उप्रेती, सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाका वर्तमान अध्यक्ष नरेश रावल, संस्थापक सदस्य एवम सल्लाहाकार दिपक आचार्य मेल्बर्न नेपालका अध्यक्ष सैलेश घिमिरे, समाजका भुतपूर्व अध्यक्ष अनन्त पौडेल, दिलोन न्यौपाने लगाएत अन्य समाजका अगुवाहरुको उपस्थिती रहेको थियो।
सभाले सोमप्रसाद गुरुङ, सुरेन्द्र सेढाई र दिपक आचार्यको तिन सदस्य निर्वाचन समिति गठन गरेको थियो तर निर्वाचन बिनानै नयाँ कार्यकारी समिति गठन भएको थियो।
निबर्तमान अध्यक्ष अनुपम पाठकले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन निबर्तमान सचिव एबम बर्तमान उपाध्यक्ष गोबिन्द पाठकले गर्नु भएको थियो।
निबर्तमान उपाध्यक्ष एलम् तत्कालीन अध्यक्ष बिपुल ज्ञवालीबाट डिसेम्बर २०२० देखी जुलाई २०२३ सम्मको समाजको कार्यसम्पादन प्रतिबेदनको प्रस्तुती गर्नु भएको थियो भने कोषाध्यक्ष राजेन्द्र उप्रेतीबाट आर्थिक प्रतिबेदनको प्रस्तुत गरिएको थियो।
चितवन समाजका सल्लाहाकार एवम् पूर्व अध्यक्ष सोम प्रसाद गुरुङले समाजले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रसंशा अनी यस्तै कार्य गर्दै जावोस भनेर शुभकामना दिनु भयो। त्यस्तै न्याभका अध्यक्ष प्रेम राज उप्रेतीले शुभकामना मन्तब्य दिदै कोभिड महमारिको अवस्थामा पनि समाजले राम्रो कार्यसम्पादन गर्न सकेकोमा बधाई दिनु भयो।समाजका संस्थापक सदस्य एवम् सल्लाहाकार दिपक आचार्यले भिक्टोरियामा रहेका अरु संस्थासँग समन्वय् गर्दै काम गरेमा समाजको गरिमा बढ्ने र अझै सफल हुने सुझाब दिनु भयो।
नव अध्यक्ष बिपुल ज्ञवालीले समाजको विरासतलाई नडगमगाइ भबिष्यमा राम्रा कार्यकर्म गरी नयाँ उचाइमा पुराउने प्रतिबद्दता व्यक्त गर्दै सबै कार्यकारी सदस्य, सल्लाहकार र शुभेच्छुकहरूको प्रतिक्रियालाई सिरोपर गरी काममा लाग्ने धारणामा जोड दिनु भयो।