मेलवर्न । समाजसेवी मणिरत्न सापकोटाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया राज्य संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
लामो समयदेखि विभिन्न सामुदायिक संघसंस्थाहरुमा रहेर नेतृत्व गरेका सापकोटाले यसपटक एनआरएनए भिक्टोरियाको संयोजक पदको जिम्मेवारी लिएर काम गर्न चाहेको जानकारी दिए ।
‘म अष्ट्रेलिया आएको २४ वर्ष भयो र यस अवधिमा यहाँ रहेका नेपाली सामुदायिक संघसंस्थाहरुमा आवद्ध भइ समाजसेवामा लागिरहेको छु’, सापकोटाले भने, ‘अब एनआरएनए मार्फत यहाँको नेपाली समुदायको आवाज बोल्ने र उनीहरुको मुद्धा सम्बोधन गर्ने नै मेरो मुख्य उद्धेश्य हो ।’
यसअघि २०१९ – २१ कार्यकालका एनआरएनए भिक्टोरिया राज्य उपसंयोजकको रुपमा भूमिका निभाइ सकेका उनले गुल्मी समाज भिक्टोरियाको अध्यक्षको रुपमा २०१७ – २०१९ मा सेवा गरिसकेका छन् ।
‘यसरी एनआरएनएमा प्रत्यक्ष र परोक्ष रुपमा जोडिरहँदा यो संस्था प्रतिको माया अझै बढेको छ’, उनले भने, ‘मलाई अझै धेरै समाजसेवा गर्नु छ, त्यसैले एनआरएनएको नेतृत्व गरेर नै अघि बढ्न चाहान्छु ।’
उनले अष्ट्रेलियामा रहेका सबै नेपालीहरुलाई एनआरएनएको सदस्यता लिन समेत आग्रह गरेका छन् ।
सन् २००५ मा नेपाली सामुदायीक केन्द्रमा आबद्द भएर सामुदायीक केन्द्रमा बनाउन लागिएको मन्दिर निर्माणको लागि कोष संकलनको सक्रिय भएर लागेका थिए।
सन् २०१५ मा एनसिसिभीले एएनएमसीमा १०० जनाको लाईफ मेमबरसिप बन्नमा सहयोग गर्नु भएका सापोकोटाले सत्र २०१७-२०१९ मा गुल्मी समाज भिक्टोरीयाको अध्यक्ष भएसँगै समाजमा बिभीन्न सहयोग जुटाउँदै आउनु भएको छ।त्यहि क्रममा सन् २०१७ मा मेल्बर्नमा भएको सप्ताहमा सक्रिय भएर सप्ताहलाई सम्पन्न गर्न मुख्य भुमीका खेल्नु भएको थियो।
यहि समाजसेवाको यात्रामा २०१९-२०२१ मा भिक्टोरीया राज्यको डेपुटी कोअडीनेटर भई एनआरएनमा आफ्नो भुमीकालाई सक्रिय गर्दै यस पटक भिक्टोरीया राज्य संयोजकमा उमेदवारी दिनु भएको छ।