eNepal

फेंकाको आयोजनामा बिबिध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय एभेरेस्ट डे २०२३ सफलतापुर्वक सम्पन्न

अस्ट्रेलियाको मेलबर्नमा अवस्थित नेपालीहरुको संस्था फेडेरेसन अफ नेपलीज कम्युनिटी एशोसियसन अफ अष्ट्रेलिया (फेन्का) को भिक्टोरीया राज्य समितिको आयोजनामा गरिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२३ बिबिध कार्यक्रमको आयोजना गरि सफलतापूर्वक सम्पन्न भएको छ। सामुदायिक भावना र ग्लोबल वार्मिङ सम्बन्धी जनचेतना प्रवर्द्धन र सगरमाथाको उचित संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सगरमाथा र जलबायु परिबर्तन बिषयक चित्रकला प्रतियोगिता, सगरमाथा र ग्लोबल वार्मिङ सचेतनाका लागि पदयात्रा, यसको महत्व, ग्लोबल वार्मिङका असर र यसको रोकथामका लागि चाल्नु पर्ने आवस्यक कदमहरुका बारेमा छलफल लगायत बारबेक्युको आयोजना गरिएको थियो। 

सगरमाथा र जलबायु परिबर्तन बिषयक चित्रकला प्रतियोगितामा मेल्बर्नको बिभिन्न क्षेत्रमा संचालित हाम्रो नेपाली पाठशाला, न्याभ बाल चौतारी नर्थ, इ डब्लु एन सी बाल बाटिका, न्याभ बाल चौतारी वेस्ट, क्रेनबर्न ज्ञानज्योति पाठशाला, न्याभ बाल चौतारी डोरेन मेरंडा, क्रेगिबर्न नेपाली एथनिक बिद्यालय तथा बाल संसार ग्लेंरोय गरि आठवटा नेपाली बिद्यालयहरुको सहभागिता रहेको थियो जसमा बिभिन्न उमेर समूह अन्तर्गत ५- ८, ९-१२ र १३-१६ बर्षका बिद्यार्थीहरुको छुटाछुट्टै ग्रुप बनाई प्रतियोगिता गरिएको थियो।  उमेर समुह ५-८ बर्षको समुहमा ९८ जना, ९-१२ बर्षको समुहमा ९५ जना र १३-१६ बर्षको समुहमा ११ जना बिधार्थीहरुले भाग लिएका थिए।  

चित्रकला प्रतियोगितामा नेपालका ३ जना निर्णायक मण्डलमा रहेका राष्ट्रीय ललितकला संघका बर्तमान अध्यक्ष दिपेन्द्र बनेपाली, बिभिन्न बिद्यालयमा चित्रकला अध्यापन गराउदै आएका नेपाल कमर्सियल आर्टिस्ट संघका सदस्य मनोज कुमार राना मगर र चित्रकला तथा मूर्तिकलामा PhD गर्दै रहेका सुधन श्रेष्ठले प्रतियोगितामा सहभागी बिभिन्न उमेर समूहबाट प्रथम, दृतिय तथा तृतीय बिजयी प्रतियोगीहरुको चयन गरेका थिए।  बिजयी बिधार्थीहरु मध्ये ५-८ उमेर समुहबाट न्याभ बाल चौतारी वेस्टका शायना चालिसे प्रथम, इ डब्लु एन सी बाल बाटिकाका साहना अर्याल दृतिय तथा क्रेनबर्न ज्ञानज्योति पाठशालाका आरभ अधिकारी तृतीय भएका थिए भने ९-१२ उमेर समुहबाट न्याभ बाल चौतारी नर्थका प्रेक्षा रिजाल प्रथम, न्याभ बाल चौतारी नर्थकै शान नेउपाने दृतिय तथा इ डब्लु एन सी बाल बाटिकाका सलिना कंडेल तृतीय भएका थिए।  त्यसैगरी १३-१६ उमेर समुहबाट हाम्रो नेपाली पाठशालाका क्रमश: सुरेजा श्रेष्ठ प्रथम, ओलिभिया लामिछाने दृतिय र निर्भान सिवाकोटी तृतीय भएका थिए।

 

प्रतियोगिताका बिजयी बिद्यार्थीहरुलाई सिटीमा अवस्थित यारा रिभर पार्कमा मे २८ तारिखका दिन आयोजना गरिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२३ मा बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुले प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए। फेंका भिक्टोरियाका राज्य संयोजक भोला गिरीले कलात्मक अभिव्यक्ति र सामुदायिक संलग्नतालाई प्रवर्द्धन गर्न संस्थाको प्रतिबद्धतालाई जोड दिँदै चित्रकला प्रतियोगिताले सबै बालबालिकालाई समेट्न, सगरमाथा र क्लाइमेट चेन्जका बारेमा उनीहरुको भावना चित्र मार्फत पोख्न र उनीहरुमा भएको क्षमतालाइ उजागर गर्ने मौका प्रदान गर्न पाउँदा खुसी व्यक्त गरे। “सगरमाथा र ग्लोबल वार्मिङ सचेतनाका लागि पदयात्रा संस्थाको हस्ताक्षर कार्यक्रम बनेको बताउदै फेन्काका उपाध्यक्ष बम योन्जनले अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२३ कार्यक्रममा उपस्थित प्रमुख अतिथि बहुसांस्कृतिक मामिला मन्त्री माननीय सांसद डा. कोलिन ब्रुक्स लायत बिभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरु लगायत चित्रकला प्रतियोगिता सफल रुपमा संचालन गर्न संयोजकको भूमिका निर्बाह गरेका न्याभ बाल चौतारीका वेस्टका संयोजक सुशील चालिसे, सम्पूर्ण सहभागी विद्यालयका संयोजक, शिक्षक, बिधार्थीहरु र स्वयंसेवकहरुलाई धन्यबाद व्यक्त गरेका थिए। 

त्यसैगरी नेपाल भ्रमणमा रहनु भएका फेंका अस्ट्रेलियाका कोषाध्यक्ष राजन कोइरालाले एक समारोह बीच चित्रकला प्रतियोगिताका सम्पूर्ण निर्णायक मण्डलका दिपेन्द्र बनेपाली, मनोज कुमार राना मगर र सुधन श्रेष्ठ लगायत नेपालमा निर्णायक मण्डलको संयोजन गर्न मुख्य भूमिका निर्बाह गरेका मोडर्न उच्च माध्यमिक बिद्यालयका प्रधानाध्यापक अनिल कस्पाललाई खादा, मायाको चिनो र प्रमाणपत्र हस्तान्तरण गरेका थिए साथै कोषाध्यक्ष कोइरालाले फेंका भिक्टोरियाको आयोजनामा संचालित चित्रकला प्रतियोगिता सफल रुपमा समापन गर्न मुख्य भूमिका निर्बाह गरेकोमा सम्पूर्ण व्यक्तित्वहरुलाई संस्थाको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गरेका थिए।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349