eNepal

तीन महिने पर्यटक भिषामा अस्ट्रेलीया आएका बा आमाले गरे यस्तो गुनासो

सोमबार देखी शुक्रबारसम्म काम गर्नेहरुको प्राय शनिवार बिदानै हुन्छ। यसो तातो घाम खान पर्यो भनेर नजिकैको पार्कमा गएँ। पार्कमा एक जोडी आमा बाबासँग भेट भयो।शिरमा लगाएको नेपाली टोपीनै काफी भयो नेपाली हन् भनेर त्यहि माथी आमाले धोती साडी बेरेको भएर पहिलाउन कुनै गार्होनै भएन। गजबको खुसी लाग्यो। आफ्नै आमा बालाई भेटे जस्तो भयो। नमस्कार भन्दै बा आमा नजिकै गएँ।

आमा बा पनि ए बाबु नेपालीनै रहेछन्। घर कहाँ के थरी। बिहे भएको छ छैन, केटाकेटी छन् छैनन् सबै सोध्नु भयो। मैले सरासर उत्तर दिदै गए। छोराको ग्रेजुएसनको लागि आउनु भएको रहेछ। छोराको पौरख देखेर खुसीनै हुनुहुन्थ्यो। जे होस् आफै दुःख गरेर पढ्यो यो बिरानो ठाउँमा। आज यि हामीलाई पनि बोलायो। छोरोले स्नातक डिग्री सक्दा खुसी लाग्नु स्वभाविकै पनि हो बा आमालाई। आज सबेरै काममा गयो। हामी चाँही कोठामा बस्दा बस्दा जिउ दुख्छ। टिभी पनि कति हेर्नु भनेर पार्क पनि नजिकै छ। यसो जिउ तङ्ग्राउन बेला बेलामा आउँछौ।

अब डेढ महिना छ भिषा सकिन बाँक भने पछि अस्ट्रेलीयाको बसाई रमाईलोनै छ हैन त बा आमा। रमाईलो छ बा।केहीको तनाब छैन। मार्लान कि भन्नु नपर्ने रहेछ। जे पनि खान खोजे पाईदो रहेछ। दिन रात सरोबरी रहेछ। सबै आआफ्नो दुनीयाँमा ब्यस्त छन्। सबैलाई कामकै चटारो हुँदो रहेछ। नेपाली पनि टन्नै आई सकेछन्।कहिले काँही यहि पार्कमा भेट्छौ अनि दिन भरि गफ गरेर बस्छौ। बढो गजब हुँदो रहेछ। बिदेश जस्तो कति पनि लागेको छैन।

तर छ नि बाबु मनमा लागेको कुरो नि।नेपालीले जहाँ गएनि घिन लाग्दो राजनिती गर्नै पर्नै, खुट्टा तान्नै पर्ने, पद र कुर्सीको लागि लड्नै पर्ने। एकले अर्काको डाहा चाँही गर्नै पर्ने किन हो। त्यो घिनलाग्दो भ्रुण किन उतै छोडेर नआई सँगै बोकेर आएका होलान्। छोरोको गफ सुन्छु फोनमा फत्फताई रहेको हुन्छ। एनआरएन भन्ने सँस्थामा एकआपसमा द्वन्द छ रे। पैसा दिएर भोटर किनेका छन् रे।एकै ठाउँबाट एउटै पदमा दुई जना लड्दै छन् रे। एउटा सबैको साझा सँस्था नबनाएर किन टोल र चोकै पिच्छे खोलेका हुन्। आखिरी नेपालमा फलानो र चिलानो, हिमाली र पहाडी, मधेसी र मगुराती भन्छन्।एकआपसमा लड्छन्। तर यहाँ पनि कुनै कमी चाँही देखिन है। उही नारा जुलुस गर्न मनाही भएर मात्र हो नत्र बेर नलाउने रहेछन्।

ईभेन्ट हुन्छन् कति रमाईलो। बिदेशमा पनि नेपाली कलाकारहरुको कार्यक्रम हेर्न पाउनु।गरेका हुन् नि कार्यक्रम। अस्ति छोरो भन्दै थियो। एउटा कार्यक्रममा रक्सी खाएर हानाहाननै गरेछन्। निहु फेरी केही हैन रे नाच्दा सामान्य ठोकिएको मात्र। तर त्यहि निहुमा कुटाकुट भएको धन्न सेक्युरीटि आएर निकाली हालेको। नत्र मारामारको नै स्थिती आउथ्यो रे। के भन्ने नेपालमा दादागीरी गरे जस्तै सोच्छन्।तालपरे खुँडानै हान्थे होला।धन्न बिदेश भो र त्यति हदसम्मा गर्न पाईन्न्।

फेरी अर्को कुरो नेपालीले नेपालीलाई ठग्ने रहेछन्। कोठा भाडा महङ्गो बनाएर ठग्ने रहेछ। अस्ती एउटा भाईले गुनासो गर्दै थियो। १५०० को घरलाई १८०० भनेर बिचरा सोझो भाईलाई बढि पैसा असुली रहेको रहेछन्।त्यस्तै काममा पनि नेपालीले ठग्दिने रहेछ।कमिसनमा काम लगाएर आफु सिन्को नभाच्नेपनि रहेछन्। ट्रायल भनेर हप्तौ सम्म तलब नदिनेनि हुँदा रहेछन्। एकदम थोरै पैसा दिएर गोरु जोत्नेनि हुँदा रहेछन्।

कुरा गरि साध्य रहेनछ। यहाँ झन् आन्तरिक द्वोन्दले ब्यापकता पाई सकेछ। एउटा बिधार्थीलाई कन्सल्ट्यान्सीले बिरालोले मुसा खेलाए जस्तो खेलाई राख्दा रहेछन्।बिधार्थीको पढाई र भविस्यलाई हाटबजारमा बेच्न राखेको पुतली जस्तो भाउ राखेर दलाल गर्ने रहेछन्।कठै बरा ति बिधार्थी। पिडीत माथी पिडीत।

कामले सवैलाई खाएको रहेछ।कुनै पारीबारीक जिवननै देखिन मैले।घरमा बोल्ने फुर्सदनी नहुँदो रहेछ।कि त काममा व्यस्त कि त सुत्नमा ब्यस्त हुँदा रहेछन्।आखिरी यो सब अरुसँग तुलना गर्ने बानीले पो त होला।अरुसँग दाज्ने कस्तो रहेछ भने बानी।हुन त मान्जेको चोला जती भएनी नपुग्ने रहेछ।सार्है बैराग लागेर आउने।

खै हेर्दा मिले जस्तो देखे पनि भित्री रुपमा चाँही सबैको द्वन्दनै देखे। उहि नेपालका नेता जस्ता माईकको अगाडी भाषणमा भकुरिन्जेल गाली गर्छन अनि भरे डिनर अनि पाटीमा लिपीक्क हुन्छन् नि त्यहि पारा रहेछ यहाँ पनि। उस्तै परे कति को पानी बाराबारनै रहेछ।लौ सबैकौ जयनै होस्।

बा आमाको कुराले स्वम मलाई स्तब्द बनायो। कुनै कुराको सवालको जवाफ दिननै सकिन।जस्तो देखे त्यस्तै भने जस्तो लाग्यो।खै बा आमा नानी देखी लाग्या बानी कहाँ हट्दो रहेछ र। यी हामीलाई घाम ताप्ने बानी लाग्या। गफ गर्ने बानी पर्यालाई टिभी हरेर के हुन्थ्यो र। त्यस्तै त होला भन्दै मेरो घर यहाँ छ चिया खान आउनु है भन्दै घर जाने बाटो बताएर म बिदा भएँ।मन भारी बनाउँदै।

फोटो साभारः topsy.one (NRNA)
लेखकः मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349