नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले रोयल वेस्टर्न क्लबसँगको सहकार्यमा तेश्रो न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता आयोजना गर्ने भएको छ। ब्रोडमिडोज स्टार्स स्पोर्ट्स क्लब हुने प्रतियोगितामा ६ नेपाली र ६ अन्य समुदायका क्लवहरु गरेर बार्ह क्लवले प्रतिस्पर्धा गर्ने भएका छन्।
तेस्रो न्याभ टुर्नामेन्टमा रोयल वेस्टर्न क्लव, ब्रोडमिडोज स्टार्स, ब्रोडमिडोज स्टार्स (ग्रिक), फुट्सक्रे रेन्जर्स, कालीका एफ सी, युनाइटेड नेसन, इस्टर्न वेरीयर्स, हिमालयन एफ सी, क्रेगीबन सिटी एफ सी, माउण्ट अन्नपुर्ण एफ सी, क्रेगीबन ब्रिगेडले प्रतिस्पर्धा गर्दैछन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले खेलकुदको माध्यमबाट शान्ति एकता र सद्भाव प्रवर्द्धनमा बहुसांस्कृतिक फुटबलको महत्व रहेको बताउँदै विगतका दुई संस्करणको सफलताले यस प्रतियोगिताको लोकप्रियता बढेको दाबी गर्नु भयो। रोयल वेस्टर्न क्लबका उपाध्यक्ष रोशन दाहालले यस प्रतियोगिताको निरन्तरताका लागि न्याभलाई क्लवको तर्फबाट बिगतझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ब्राइटन कलेजका प्रबन्ध निर्देशक अमरराज आचार्यले यस प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा समर्थन गर्न पाउँदा गर्व महसुस गर्दै कलेजले यस्ता महत्त्वपूर्ण कार्यक्रमहरूलाई बढावा दिन प्रतिबद्ध रहेको बताए। एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजता सरोज शर्माले सामुदायिक कार्यक्रमहरूलाई बढावा दिन आफ्नो समर्थन जारी राख्ने वाचा गरे।
प्रतियोगितामा नेपाली समुदायका ६ र अन्य समुदायका ६ वटा गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताका संयोजक दीप चन्दले जानकारी दिए । साथै उनले बिजेता र उपविजेताले व्यक्तिगत विधामा ट्रफी, मेडल र केहि नगद पुरस्कार प्राप्त गर्ने समेत बताए ।
तेस्रो न्याभ टुर्नामेन्टमा रोयल वेस्टर्न क्लव, ब्रोडमिडोज स्टार्स, ब्रोडमिडोज स्टार्स (ग्रिक), फुट्सक्रे रेन्जर्स, कालीका एफ सी, युनाइटेड नेसन, इस्टर्न वेरीयर्स, हिमालयन एफ सी, क्रेगीबन सिटी एफ सी, माउण्ट अन्नपुर्ण एफ सी, क्रेगीबन ब्रिगेडले प्रतिस्पर्धा गर्दैछन्।
फेसबुक लाइभको बीचमा ड्र मार्फत टोलीहरूलाई चार समूहमा विभाजन गरिएको थियो। समूह ए मा अन्नपूर्ण एफसी, क्रेजीबर्न सिटी एफसी, हिमालयन एफसी रहेका छन् । समूह बी मा रोयल वेस्टर्न एफसी, ब्रोडमेडो एफसी (ग्रीक) इस्टर्न वारियर्स एफसी समूह सी मा ब्रोडमेडोज स्टार्स एफसी, कालिका एफसी र क्रेगीबर्न एफसी र समूह डी मा फुटस्क्रे रेन्जर्स, थन्डर ड्र्यागन एफसी र युनाइटेड नेसन्स एफसी छन्।
कार्यक्रमको संचालन न्याभका सचिव माधव खरेलले गरेका थिए भने ससेन्द्र केसी र आलोक पौडेलले साथ दिएका थिए ।
एनआरएनए सहसंयोजक नारायण कटुवाल, एनएभी कोषाध्यक्ष याकिन्द्र तिमिल्सेना, आरडब्लुसीकी उपाध्यक्ष निर्मला शर्मा, बसन्त पोखरेल, तेज कार्की लगायतको सहभागिता रहेको थियो ।
टुर्नामेन्टलाई ब्राइटन कलेजले मूख्य प्रायोजन गरेको छ भने एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेज सह-प्रायोजकको रुपमा रहेको छ।