eNepal

भिक्टोरीयामा चौथो एनआरएनए युथ कप टेबल टेनीस प्रतियोगीता सम्पन्न

अष्ट्रेलियाको भिक्टोरियामा एनआरएनए युथ कप टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया युथ फोरम तथा एससीसी भिक्टोरियाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको हो। एनआरएनए भिक्टोरियाले आयोजना गर्दै आएको टेबल टेनिस  प्रतियोगिताको यो चौंथो सिजन हो। 

पुरुष, महिला, बालबालिका सबैका लागि सहभागीमूलक बनाइएको यो प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, १५ वर्ष मुनिका बालक, १५ वर्ष मुनिका बालिका र ३५ वर्ष उमेर माथि गरी समूहहरु छुट्टाइएको थियो।

प्रतियोगिताको अन्डर १५ गर्ल्स रनर अपको उपाधी प्रसस्ती पोखरेलले हात पारीन भने अन्डर १५ गर्ल्स विजेता सभाना खनिया भईन्। त्यस्तै पुरुष अणडर १५  रनर अप: कुञ्जन भए भने पुरुष अन्डर १५ को बिजेता सोहम धिताल बन्न सफल भए।

महिला ओपन रनर अप कृपा लामा भईन भने महिला खुल्ला विजेताको उपाधी सुरभी थापाले हात पारीन्।पुरुष भेट्रानको रनर अप रमन घिमिरे भए भने पुरुष भेट्रान विजेता विजय रेग्मी भए।पुरुष ओपन रनर अप सुजन थापाले हात पारे भने पुरुष खुल्ला विजेताको उपाधी पियुष अवलले जित्न सफल भए।

मेल्बर्न पश्चिम सनसाईन वेस्टमा रहेको  स्थानीय कोबर्ग टेनिस क्लबमा मध्यान्न १२ बजेदेखि प्रतियोगिता भएको थियो। यस प्रतियोगितालाई नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले समेत सहकार्य गरेको छ ।

यस प्रतियोगिताको मुख्य प्रायोजक डाँफे कन्सल्टिङ एजुकेसन एण्ड माईग्रेसन रहेको थियो।

महिला एवं बालबालिका सहित बिशेषतः नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समुदायमा अझ बढी घुलमिल गर्दै लाने योजनाका साथ उक्त प्रतियोगिता आयोजना गरिएको एनआरएनए स्टुडेन्ट काउन्सीलका सचिव सिद श्रेष्ठले जानकारी गराउनु भयो।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349