eNepal

फेन्काले सगरमाथा दिवसको अबसर पारेर मेल्बर्नमा बिशेष कार्यक्रम आयोजना गर्दै

सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला पुगेको सम्झनामा अस्ट्रेलीयाको मेल्बर्न राज्यमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस विशेष कार्यक्रम आयोजना हुने भएको छ। 

२८ मे आइतबार बिहान दश बजेबाट सुरुवात हुने बिशेष कार्यक्रम मेल्बर्नको यारा रिभर लिनीयर रिजर्भमा हुनेछ।  सगरमाथाको प्रवर्द्धन गर्न र जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र वातावरणीय प्रभावहरू जस्ता चेतनामूलक क्षेत्रहरू प्रवर्द्धन गर्न यारा रिभरमा ५ किलोमिटर पदयात्राका साथै आयोजना गरिने कार्यक्रम संयोजक भोला गिरीले जानकारी गराउनु भयो।

सगरमाथाको सामाजिक-जलवायु वातावरणको संरक्षणलाई प्रवर्द्धन गर्न वर्तमान र भावी पुस्तालाई “सगरमाथाको संरक्षण गरौं” भन्ने मूल नाराका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

पहिलो सत्र बिहान १० बजे देखि २ बजे सम्म जागरूकता, शारीरिक गतिविधिहरूको साथमा यारा रिभर लिनियर रिजर्भ वरपर ५ किमी पैदल यात्रामा केन्द्रित हुनेछ र भने दोश्रो सत्रमा बार्बेक्युको साथमा सगरमाथा चित्रकला प्रदर्शनी हुनेछ।

https://facebook.com/events/s/international-everest-day-cele/1011649320178872/

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349