eNepal

न्याभ कप फाइनलका लागि दुबै टोलीको दाबी, पारसद्धारा फाइनलमा सहभागी हुन सबैलाई अनुरोध

नारे किंग्स र फार वेस्ट हन्टर्स बीच आइतबार १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्दै छन् । नारे किंग्सका कप्तान किरण कँडेल र फार वेस्टका कप्तान केशव पन्त दुबै उपाधि उचाल्नमा विश्वस्त देखिन्छन् । बिहीबार प्रि फाइनल प्रेस मिटमा दुबै टोलीका कप्तानले उपाधि उचाल्ने दावी गरे । 

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजना र म्याक्सिम्याक एजुकेसन एन्ड भिजा सर्भिसेजको प्रायोजनमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नारे किंग्सले माभन क्रिकेट क्लबलाई ५९ रनले र फार वेस्टले एक्सपर्ट सगरमाथा ब्लुजलाई २१ रनले पराजित गरेका थिए ।  

फार वेस्टका केशवले सहज रुपमा प्रतियोगिता यहासम्म आइपुगेको जनाउदै भने, ‘हामिले धेरै मिहनेत गरेका छौं र त्यस हिसाबमा टिमले पनि राम्रो खेलिरहेको छ, त्यसैले फाइनल पनि जित्ने छौं । सुदुरपश्चिमकै खेलाडीहरुको समूह भएकाले तयारी गरेका छौं ।’

उनका समकक्षी प्रतिद्घन्द्घी किरणले भने, ‘१४–१५ वर्षको उमेरबाट न्याभ कप खेल्न लागेको र यहासम्म आइपुग्दा न्याभ कपले प्रत्येक वर्ष छुट्टै छाप छोडेको छ, हामी उपाधिका लागि तयार रहेका छौं । फाइनलसम्म आइपुग्नुको अर्थ अवस्य पनि टिमले केहि गरिसकेको हो । फाइनलमा हामी एकता देखाउने छौं ।’ 

१८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको गुडविल एम्बासडर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का दोहाबाट लिजेन्ड्स कप खेलेर बुधबार राती मेलबर्न आइपुगेका छन् । पारसले फाइनलका लागि दुबै टोलीलाई शुभकामना दिदैं मेलबर्नमा रहेका नेपालीहरुलाई मैदानमा गएर खेलाडीको हौसला बढाइदिन अनुरोध गरे । उनले अगाडि भने, ‘मैले पहिला पनि मेलबर्न आउदा यो प्रतियोगिता हेरेको थिए“, त्यसहिसाबमा जसरी यस प्रतियोगिताको महत्व बढिरहेको छ, यसले अझ ठुलो रुप लिएर नेपाली खेलाडीहरुलाई अस्ट्रेलियामा बोलाएर लिग खेल्ने बातावरण सिर्जना गरोस ।’

https://fb.watch/jsvIqR2x_h/?mibextid=qC1gEa

नेपाली समुदायका टोलीहरु बिच टिडब्लु ब्लेक मैदानमा भइरहेको प्रतियोगितामा पारसले फाइनल अवलोकन गर्नेछन् भने उनलाई सम्मान गर्न लागिएको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले जनाए ।  ‘नेपाली क्रिकेटका लागि गरेको अमुल्य र निस्वार्थ योगदानको कदर स्वरुप आइतबार हुन लागिएको गाला डिनरमा पारसको सम्मान गरिन लागिएको छ, मेलबर्नमा बोलाएर नेपाली क्रिकेटका रोल मोडल पारसलाई सम्मान गर्नु न्याभका लागि गर्वको विषय हो ।’

शान्ति, एकता र सदभावका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको र त्यसै अनुरुप हरेक वर्ष क्रिकेटका एक हस्तीलाई न्याभ कपका दौरान सम्मान गरिने परमपराको सुरुआत गरिएको उप्रेतीले जनाए । 

म्याक्सिम्याक एजुकेसनका प्रमुख कार्यकारी अधिकृत शंकर धरेलले भिक्टोरिया प्रान्तको नेपाली समुदायको न्याभ कपमा १२ टिमले सहभागिता जनाउनु आफैमा इतिहास हो जसका कारण नेपाली क्रिकेटलाई एउटा उचाइदिएका पारस खड्का यस प्रतियोगितामा ल्याउन सकिएको र अगामी दिनमा यो अझ उच्च स्तरको हुने अपेक्षा लिएको बताए ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349