नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको आयोजनामा जनवरी १५ देखि चलिरहेको १८ औं न्याभ कपको च्यारिटी म्याचको फाईनलमा नेपाली सोसाईटी लीडर्स र एनआरएनए भिक्टोरीया टिम पुग्न सफल भएका छन्।
नेपाली सोसाईटी लीडर्स क्रिकेट टिमबाट क्याप्टेनमा हेमराज चालिसे, उपकप्तानमा अर्जुन उपाध्याय, कोचमा सुनील खड्का र म्यानेजरमा प्रिया गौतम रहनु भएको छ। त्यस्तै अन्य खेलाडीहरुमा दिपक सापकोटा, नरेश रावल, दिनेश बन्जारा, बिक्रमजङ कुँवर, आत्मा रिजाल, गणेश पौडेल, कपील रिजाल, विकाश कुँवर, मनोज अधिकारी, शैलेस घिमीरे, सुभास कुँवर, डा. सरेन्द्र रौनियार, गणेश अधिकारी, टङ्क कण्डेल, गोपाल शाह, विभोर ढकाल र सुवास कुँवर रहनु भएको छ।
त्यस्तै एनआरएनए भिक्टोरीयाबाट क्याप्टेनमा हरी खड्का, उपकप्तानमा नारायण कटुवाल, कोचमा नारायण काफ्ले, म्यानेजरमा दुर्गा आचार्य रहनु भएको छ। अन्य खेलाडीहरुमा सिद श्रेष्ठ, गणेश कन्डेल, दिपक अधिकारी, असिम सुवेदी, बिक्रम तिवारी, जिवन आचार्य, सुमन अधिकारी, ववीन मिश्र, हेम दुलाल, ससेन्द्र केशी, प्रेम कन्डेल, कृष्ण महरा, केशव कन्डेल, मनोज भट्टराई, हेम राज पौडेल, टोनु गोथाने र मणी रतन सापकोटा रहनु भएको छ।
मेल्बर्नमा रहेका नेपाल भाषा पठनपाठन गराईने नेपाली बिधालयहरुलाई सहयोगार्थ आयोजना गरिएको च्यारिटी म्याचमा एनआरएनए भिक्टोरीया टिम, न्याभ बाल चौतारी, नेपाली सोसीईटी लिडर्स क्रिकेट टिम, कम्युनिटी नोवल आन्ट्रप्रिनीयर क्रिकेट टिम, न्याभ क्रिकेट टिम, ईनोभेटीभ कम्युनिटी एण्ड बिजीनेस लिडर क्रिकेट टिम, कम्युनिटी एजुकेसनल एण्ड एड्मिनीस्ट्रेटीभ लिडर्स क्रिकेट टिम र कम्युनिटी रियल स्टेट पायोनियर्स क्रिकेट टीम गरेर जम्म आठ टिमको सहभागीता जनाएका थिए।
च्यारिटी म्याचमा सहभागी प्रत्येक खेलाडीबाट पचास डलर रजिस्ट्रेसन बापत उठाइएको र उक्त सहयोग रकम बिधालयका लागि चाहिने शैक्षिक सामाग्रीमा सहयोग गरिने आयोजकले जनाएको छ।
एनएभी क्रिकेट कपको फाइनलमा नारे किंग्स र फार वेस्ट हन्टर्स पुगीसकेका छन्।
विशेष आकर्षणका रुपमा यो पटक क्रिकेट लिजेन्ड एबम् पूर्व कप्तान पारस खड्कालाई सद्भावना दूतमा नियुक्त गरिएको र न्याभको २५ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र क्रिकेटमा उनको अमूल्य सेवाको लागि अभिनन्दन गरिने न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले जानकारी गराउनु भयो।प्रतियोगिताको अन्तिम समारोहमा खड्कालाई सम्मान गरिनेछ। साथै कार्यक्रममा कान्तिपुर खेलकुद ब्यूरो प्रमुख विनोद पाण्डेलाई पनि निमन्त्रणा गरिएको छ ।उनी किड्स क्रिकेट क्याम्पमा समेत सहभागी हुनेछन्।
म्याक्सी म्याक्स एजुकेसन एण्ड माईग्रेसन सर्भिसेज मुख्य प्रायोजन अनि सहप्रायोजक ब्राईटन कलेज रहेको १८ औं न्याभ कप २०२२ प्रतियोगिताको अवार्ड बितरण कार्यक्रममा सहभागीता जनाउनको लागि तलको लिङ्कमा क्लिक गरेर आफ्नो सिट सुरक्षीत गर्न सक्नु हुनेछ।
https://www.eventbrite.com/e/nav-award-ceremony-tickets-562665075387