eNepal

पुनः उमेद्वारी र जबाफदेहीता

एनआरएनए अस्ट्रेलीयाको चुनाब नजिकीदै गर्दा उमेद्वारी घोषणा पनि बड्दो रुपमा रहेको छ।सबैले आफ्नो एजेन्डा र घोषणा पत्र फेशबुक मार्फत प्रस्तुत गरी रहेका छन्। यहि क्रममा मेल्बर्नबासी डा. अनुपम पोखरेलले पुन: अर्थात दोहोर्यएर उम्मेद्वारी दिने महानुभावहरुको लागी प्रश्न तेर्साउनु भएको छ र यसको उत्तरको अपेक्षा सबै पुन: उठेका उमेद्वारहरुसँग राख्नु भएको छ । डा.पोखरेल नेप्लिज एशोसीएसन अफ भिक्टोरीका अध्यक्ष पनि हुनुहुन्छ ।

म: खोइ त स्टुडेन्ट वेल्फेयर फन्ड त्यत्रो धुम धडाकासँग उठाएको के भयो ? १४ महिना भईसक्यो त ?
उहाँ: त्यो त्यही छ ।

म: गाइडलाइन बन्यो ?
उहाँ: बन्नै लाग्यो ।

म: हिसाब किताब के छ ?
उहाँ: वेब्साइटमा छ ।

म: खोइ खोज्दा भेटिदैन, पब्लिकले देख्ने गरी वेबसाईटमा राखेकै छैन ।
उहाँ: कती खस खस, सोसल वेल्फर फन्ड छँदै छ नि, पाउनेले त्यही बाटै पाएकै छन ।

म: त्यसो भए किन छुट्टै स्टुडेन्ट वेल्फर फन्ड बनाउनु परेको नि ?
उहाँ: त्यो बेला कमिटी लाई त्यही ठीक लाग्यो ।

म: अनी फेरी उठ्नुभाको छ । त्यत्रो हजारौं डलर समुदाय बाट उठाइसकेपछी समुदायमा जानकारी दिनु पर्दैन ? हो काम गर्दा कहिले काही भनेको जस्तो हुँदैन । सिकिन्छ पनि । जे हो त्यको पब्लिकलाई भन्दिये भैहाल्यो नि ।
उहाँ: तपाईं अर्को संस्था को अध्यक्ष भएर किन निहु खोजेको ?

म: सोसल मिडिया मा लेखे ईमेल गर भन्नुहुन्छ, ईमेल पठायो, जवाफ आउंदैन । जवाफ देहिता जसले पनि खोज्न पाउनुपर्ने होइन र ?
उहा: ………………………………………………………….

पुन चुनावमा उठेका अहिले का पदधिकारीबाट किन दोहोर्याएर चुनाब लड्न लागेको समाज जवाफ चाहन्छ । तपाईंले गएको दुई बर्ष मा के के गर्नु भयो भन्नु होला । कहाँ कहाँ कम्जोरी भयो भन्नु भयो भने तपाईंकै उचाइ बढ्छ । किन पुन उठ्न लागेको पनि भन्नु होला । सकेसम्म नेपाली मै लेखेर NRNA को चुनाव प्रचार गर्नु होला ।
कसैले ब्यक्तिगत रूपले नलिनु होला ।

लेखक: अनुपम पोखरेल, NRNA मतदाता

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349