eNepal

भिक्टोरीयामा गठन भयो एनएसएभी, ओसनिया खेलमा १३० भन्दा बढी खेलाडी सहभागीता गराउँदै

अस्ट्रेलीयाको भिक्टोरीया राज्यमा नेपाली मूलका खेलाडीहरुलाई अवसर प्रदान गर्ने हेतुले नेपाली खेलकुद संघ भिक्टोरिया इन्कर्पोरेट (NSAV) स्थापना गरिएको छ।गएको फेब्रुअरी २०२३ मा एसोसिएसन निगमन सुधार ऐन २०१२ अन्तर्गत उपभोक्ता मामिला भिक्टोरियामा दर्ता गरिएको हो।

एनएसएभी कार्यसमितिको अध्यक्षमा तारा गैरे, उपाध्यक्षमा प्रेरणा मल्ल, सचिवमा सिद श्रेष्ठ, कोषाध्यक्षमा सुदीप न्यौपाने, सदस्यहरुमा आदेश शाह, टोप आले, सत्या शाह, बिमल गुरुङ, सत्यराज सुवाल, मनिस राई रहेका छन् । सल्लाहकारहरुमा जोग लिम्बु, बोम योन्जन, सुनिल भण्डारी, बबिन मिश्र, राज शर्मा, महेश श्रेष्ठ र राम गुरुङ रहेका छन् ।

एनएसएभीले गत सोमबार एक पत्रकार सम्मेलन गर्दै आफ्नो स्थापनाको उद्धेश्यमाथि प्रकाश पार्दै आगामी अप्रिलमा क्यानबेरामा हुन लागेको ओसनीय नेपाली खेल सम्मेलनमा व्यापक सहभागिता जनाउन लागिएको जानकारी दिएको छ । 

https://fb.watch/j8UdTdVMAU/?mibextid=v7YzmG

नेपाली समुदायमा भएका खेलकुद कार्यक्रमहरूमा सहभागिता, आयोजना र प्रवर्द्धन गरेर सामुदायिक स्तरमा स्वास्थ्य र तन्दुरुस्ती सुधार गर्ने उद्देश्यका साथ गठन गरिएको यस संस्थाले नेपाली सामुदायिक संस्था र समुदायका सदस्यहरूसँग राम्रोसँग अन्तरक्रिया गर्न प्लेटफर्म प्रदान गर्नका साथै सामाजिक सद्भावमा योगदान पुर्याउने आशा गरिएको एनएसएभीका सचिव सिद श्रेष्ठले बताए।

पाँचौं ओशिनिया नेपाली स्पोर्ट्स मीट २०२३ ७ अप्रिलदेखि १० अप्रिलसम्म इस्टर बिदाको समयमा क्यानबेरामा आयोजना हुँदैछ। सकर, क्रिकेट, बास्केटबल, भलिबल, ५ किलोमिटर दौड, ब्याडमिन्टन, गल्फ, पौडी, टेबलटेनिस र लङ टेनिस जस्ता १० खेल विधामा अस्ट्रेलियाका सबै राज्य र क्षेत्रका ७०० भन्दा बढी खेलाडी र न्यूजिल्याण्डका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तारा गैरेले आगामी अप्रिल ७ अप्रिल देखि १० अप्रिलसम्म क्यानबेरामा आयोजना हुने ओसनीय नेपाली खेल सम्मेलनमा एनएसएभीले व्यापक सहभागिता जनाउने बताए। अध्यक्ष गैरेले १३० भन्दा बढी खेलाडीहरुले विभिन्न विधामा खेलमा सहभागिता जनाउने तयारी भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष तारा गैरे, संरक्षक जोग लिम्बू, ब्राइटन कलेजका मेलवर्न क्याम्पस म्यानेजर अमर आचार्य, क्रिकेट अष्ट्रेलियाको तर्फबाट बेन होडगार्ट, एनएसएभीका कोषाध्यक्ष सुदीप न्यौपाने, लगायतले बोलेका थिए । एनआरएनए भिक्टोरियाका उपाध्यक्ष नारायण कटुवाल, पत्रकार महासंघ अष्ट्रेलियाका अध्यक्ष चिरन्जीवी राज देवकोटा, क्रिकेट अष्ट्रेलियाका तर्फबाट अम्रितायच्यू मिश्र, पत्रकार खगेन्द्र सत्याल, निरु त्रिपाठी लगायतको उपस्थिती रहेको थियो ।

टिम भिक्टोरीयाको मुख्य प्रायोजन ब्राइटन कलेजले गरेको छ भने म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनले सहप्रायोजन गरेको छ। त्यस्तै बेटर चोइस मोर्टगेज एन्ड फाइनान्सले प्लाटिनम स्पोन्सरको रुपमा सहयोग गरेको छ भने डिजिटल पार्टनरको रुपमा एमरजेन्ट डिजिटलले सहयोग गरेको भने।नोवल करियर गुरुजले भिक्टोरिया बास्केटबल टिमलाई मुख्य प्रायोजन गरेको छ।

पहिलो पटक प्रथम नेपाली अन्तराज्य स्तरीय खेल सम्मेलन सन् २०१३ मा आयोजना गरिएको थियो । त्यसपछि ओसनिया नेपाली खेल सम्मेलन दुई बर्षको अवधिमा हुँदै आएको छ । २०१३ मा सिड्नी, २०१४ मा मेलवर्न, २०१६ मा ब्रिसबेन र सन् २०१८ मा सिड्नीमा भएको थियो । कोभिडको कारण २०२० मा हुन नपाएको उक्त कार्यक्रम यसपटक फेरी क्यानबेरामा हुन लागेको हो ।

पाँचौं ओशिनिया नेपाली स्पोर्ट्स मीट २०२३ मा भाग लिने सबै भिक्टोरियन नेपाली खेलाडीहरूको प्रोत्साहनको लागि संस्थाले आउँदो २ अप्रिलमा गाला डिनरको कार्यक्रम आयोजना गर्ने भएको छ। टिम भिक्टोरियाका खेलाडीहरुलाई जर्सी, यातायात तथा बसोबासमा सहायताको निम्ती अर्थ संकलन गर्ने हेतुले  गाला डिनरको आयोजना गरिएको एनएसएभीका कोषाध्यक्ष सुदीप न्यौपानेले बताए ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349