eNepal

पन्द्र हजार डलर पुरस्कार राशीको १२ औं कन्डेल कन्सल्टेन्सी कप आयोजना हुँदै

कन्डेल कन्सल्टेन्सीको मुख्य प्रायोजन अनि यती फुटबल क्लव मेल्बोर्नको आयोजनामा मेल्बोर्नको डेरवीन ईन्टर्नेश्नल स्पोर्ट्स सेन्टरमा आउँदो ११ मार्च र १२ मार्चमा १२ औं कन्डेल कन्सल्टेन्सी कप आयोजना हुँदैछ।

मेल्बोर्न, सिड्नी, क्यानबेरा, टास्मानिया, ब्रिस्बेन र एडीलेडबाट गरेर खुल्ला उमेर समुहमा २४ टीम, फरएभर योङ्ग समुहमा ११ टीम गरेर जम्मा ३५ टीमबाट ६०० भन्दा बढी खेलाडीहरु यस पटक प्रतिस्पर्धा गर्दै छन्।

नगद पन्द्र हजार डलर राशी सहितको यो प्रतीयोगितालाई अस्ट्रेलीयाको नेपाली समुदायमा प्रतिस्ठित कपको रुपमा हेर्ने गरिएको छ। प्रतियोगिताका विजेताले उपाधिसँगै ट्रफी र ६ हजार डलर अष्ट्रेलियन डलर हात पार्ने छन् भने दोश्रो हुने टिमले ट्रफी मेडलको साथमा ३ हजार डलर र तेस्रो हुन टिमले १५ सय डलरको साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यस्तै प्री क्वाटर फाइनलबाट म्यान अफ द म्याच ट्रफीको व्यबस्था गरिएको छ। टुर्नामेन्टको बेस्ट प्लेयरलाई नगद $२५०, टप स्कोररलाई $२५०, बेस्ट गोलकीपरलाई $२५० र टिम फेयर प्ले अवार्ड $२५० राखिएको छ।

यता फरेभर योङ (३५ प्लस)को बिजेतालाई उपाधिसँगै ट्रफी र नगद १५ सय, उपबिजेतालाई उपाधिसँगै ट्रफी र एक हजार डलरको ब्यबस्था गरिएको छ।

प्रतीयोगीतामा रास्ट्रिय टिमका खेलाडीका साथमा ए डिभीजन खेलेर आएका खेलाडीहरुको पनि सहभागी हुँदै छ।

खुल्ला उमेर समुह तर्फ सिड्नीबाट बेनी फुटबल क्लव, फेवा फुटबल क्लव, हिमालयन युथ क्लव, सगरमाथा फुटबल क्लव, सेन्ट जर्ज नेप्लिज क्लव, द राईजिङ गोर्खाज् र वेस्ट युनाईटेड फुटवल क्लवले सहभागीता जनाउँदै छन्।

मेल्बोर्नबाट क्रेगीबन ब्रिगेड फुटबल क्लव, रोयल फुटबल क्लव, रोयल वेस्टर्न फुटबल क्लव, हिमालय फुटवल क्लव, द हिमालयन टाईगर्स, युनाइटेड फुटबल क्लव, चन्द्र सुर्य फुटवल क्लव, यती फुटवल क्लव रातो र यती फुटबल क्लव निलोले सहभागीता जनादैछन्। 

त्यसै गरि एडिलेडबाट एडीलेड ड्रागन स्पोर्टीङ क्लव, एडिलेड खुकुरी फुटबल क्लव, एडीलेड योङ स्टार र गिरीस इभेन्ट स्पोर्टीङ क्लवले सहभागीता जनाउने भएका छन् भने  टास्मानियाँबाट नेप्लिज फुटवल क्लवले सहभागिता जनाउदै छन्। क्यानबेराबाट क्यानबेरा नेप्लिज फुटवल क्लव र नेपाल युनाइटेड फुटवल क्लवले सहभागीता जनाउने भएका छन् भने ब्रिसबेनबाट फरेभर योङ फुटवल क्लवले सहभागिता जनाउदै छन्।

पैतीस बर्ष माथी समुहको प्रतीस्पर्धाको लागि मेल्बोर्नबाट क्रेगीबन ब्रिगेड फुटबल क्लव, एभरेस्ट युनाइटेड फुटबल क्लव, फुटबल फर फन एण्ड फिटनेस। वेस्टर्न वेरियर्स फुटवल क्लब र यती फुटबल क्लव, सिड्नीबाट सेन्ट जर्ज नेप्लिज क्लव, माकअर्थर नेप्लिज फुटवल र बेनी फुटवल क्लवले सहभागीता जनाउने भएका छन्। त्यस्तै ब्रिस्बेनबाट क्विन्सलैण्ड नेप्लिज एफसीबाट क्यानबेरा र एडीलेडबाट एडीलेड खुकुरी फुटवल क्लवले सहभागीता जनाउँदै छन्। 

बालबालीकाको लागि कृयाकलाप, लेडीज प्यानल्टी सुटआउट, भेट्रन्स फुटवल म्याच, ओपन क्रसबार च्यालेन्ज, एजुकेसन एण्ड माईग्रेसन र होम बाईङ एण्ड फाईनेन्सका छुट्टा छुट्टै सुचना स्टलहरु रहने छन्।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349