नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको सिग्नेचर कार्यक्रमहरु मध्यको बहुप्रतिक्षित र प्रतिष्ठित खेलकुद प्रतियोगिता “१८औँ एनएभी क्रिकेट कप २०२२” आगामी १५ जनवरीबाट T W Blake Park, Preston मा हुँदैछ।
म्याक्सी म्याक्स एजुकेसन एण्ड माईग्रेसन सर्भिसेज मुख्य प्रायोजन अनि सहप्रायोजक ब्राईटन कलेज रहेको १८ औं न्याभ कप २०२२ प्रतियोगितामा
एक्सपर्ट सगरमाथा ब्लुज ए र सगरमाथा एक्सपर्ट बी, हिमालयन क्रिकेट क्लब, सुदूरपश्चिम हन्टर, एभरेष्ट लायन्स, काठमाडौं क्यापिटल, रोयल राइनोज क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, माभेन क्रिकेट क्लब, गुल्मी टाइगर्स, ब्राइटन एभरेष्ट क्लब र नारे किंग्स गरी १२ क्लवको सहभागिता रहेको छ ।
१५ जनवरी २०२३ बाट शुरु हुने यो प्रतियोगिताको फाइनल म्याच २२ मार्च २०२३ मा सम्पन्न हुनेछ।
टि ट्वान्टी र लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ३००० र दोश्रो हुने टिमलाई नगद १००० नगद राशीका साथमा ट्रफीको व्यवस्था गरिएको छ।
विशेष आकर्षणका रुपमा यो पटक क्रिकेट लिजेन्ड एबम् पूर्व कप्तान पारस खड्कालाई सद्भावना दूतमा नियुक्त गरिएको र न्याभको २५ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र क्रिकेटमा उनको अमूल्य सेवाको लागि अभिनन्दन गरिने न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले जानकारी गराउनु भयो। प्रतियोगिताको अन्तिम समारोहमा खड्कालाई सम्मान गरिनेछ। साथै कार्यक्रममा कान्तिपुर खेलकुद ब्यूरो प्रमुख विनोद पाण्डेलाई पनि निमन्त्रणा गरिएको छ बताउनु भयो।उनी किड्स क्रिकेट क्याम्पमा सहभागी हुनेछन्।
गएको न्याभ कपमा प्रायोजकहरुबाट खेलाडीहरुको आत्मबल र मनोबल बढाउने हेतुले आकर्षक नगद पुरस्कार राशीको बर्षात भएझै यो बर्ष पनि इच्छुक प्रायोजकहरुबाट सोही आकर्षक पुरस्कारको अपेक्षा राखीएको छ।
न्याभले सन् २०१९ बाट नेपाल र अष्ट्रेलियामा आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले च्यारिटी खेलहरू आयोजना गर्दै आएको छ। गत वर्ष एएनएमसीलाई $५००० सहयोग गरेको थियो। यस वर्ष भने च्यारिटी खेल मार्फत उठेको सहयोग रकम संस्थाले न्याभको मातहतमा रहेको नेपाली भाषा पठनपाठन गराउने विद्यालय न्याभ बालचौतारीलाई सहयोग गर्ने खेलकुद संयोजक दिप चन्दले बताउनु भयो।