इसाई धर्मावलम्बीहरूको पवित्र चाड क्रिस्मसका अवसर पारेर ग्रेटर सेफाटन नेप्लिज कम्युनिटीले क्रिस्मस बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।
आउँदो २५ डिसेम्बर क्रिस्मस डेको दिन Sir lan McLennan Hall, Mooroopna मा अपरान्ह ४ बजेबाट राती १० बजे सम्म हुने कार्यक्रममा गायक प्रमोद निर्माणले आफ्ना सुमधुर चर्चीत गीतहरुको प्रस्तुति दिदै हुनुहुन्छ।
कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन कम्युनिटीले साना भाईबहिनी र युवाहरूका लागि बिभन्न रमाइला क्रियाकलापहरु राखेको छ भने स्थानिय कलाकारहरुबाट बिभीन्न साँस्कृतिक नृत्यको साथमा स्थानिय गाएक सिदार्थ राईको बिशेष प्रस्तुती रहने कम्युनिटीका अध्यक्ष ज्ञान लामाले जानकारी गराउनु भयो।
कार्यक्रमको तयारी लगभग सकिसकेको र रिजनल भिक्टोरीयाको सेफाटनमा सम्भवत: पहिलो पटक नेपाली साङ्गितीक क्षेत्रका लोकप्रीय कलाकार प्रमोद निर्माणको प्रत्यक्ष गीतका साथमा क्रिसमस मनाउन पाउँदा आफु खुसी भएको बताउँदै यो पर्वको समयमा सम्पुर्ण सेफाटनवासी नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थिती जनाइ कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन अनुरोध गर्नु भयो।
कार्यक्रममा बिशेष अतिथीको रुपमा मेल्बर्नमा बस्दै आउनु भएका चर्चीत ब्याण्ड कन्दराको मुख्य गायक विवेक श्रेष्ठको उपस्थिती रहनेछ।
यस कार्यक्रमलाई गोथाने लयर्सले मुख्य प्रायोजक गरेको छ भने इथ्नीक काउन्सील अफ सेफाटन एण्ड डिस्ट्रिक, यती एफसी, कोभीड सेफ, पपुलर अटो टेक, कण्डेल कन्ट्राक्टीङ एण्ड फार्म सर्भिसेज, ओभर ल्याण्डर होटलले सहयोग र समर्थन गरेको छ।