eNepal

क्रेगीबर्न ब्रिगेड स्पोर्ट्स क्लबद्वारा गाला डिनर आयोजना गर्दै खेलाडीहरुको सम्मान

गएको आइतबार १८ डिसेम्बरमा क्रेगीबर्न ब्रिगेड स्पोर्ट्स क्लबद्वारा गाला डिनर कार्यक्रम गर्दै खेलाडीहरुलाई सम्मान गरेको छ।

मेल्बर्नको ईस्टोनियन हाउसमा भएको कार्यक्रममा प्रशिल खड्कालाई मिनी विश्वकपले सम्मान गरियो भने एनआरएनए फुटसल (टिम ए) प्रदीप गुरुङ, एनआरएनए फुटसल (टीम बी) सरोज बलामीलाई सम्मान गरिएको थियो। त्यस्तै कँडेल कन्सल्टेन्सी कप (युवा)बाट मनिष लामिछाने, कँडेल कन्सल्टेन्सी कप (सिनियर) निपेश पराजुली, युएफसी (७ ए साइड) कल्याण गुरुङ, एभरेष्ट कप योगेन्द्र लामिछानेलाई प्रदान गरिएको थियो।

एक्सपर्ट कप क्षितिज केसीलाई, बेटर च्वाइस कप अशोक भट्टराईलाई, एमसीएसए लिग ९ प्रज्वल थापा मगर, उत्कृष्ट प्रदर्शन गरेबापत क्लबका उपाध्यक्ष विशाल गुरुङलाई प्रायोजकहरूद्वारा सरप्राइज अवार्ड प्रदान गरिएको थियो।

क्रेगीबर्न ब्रिगेड स्पोर्ट्स क्लबको कार्यकारी टोलीमा अध्यक्षम माधव पौडेल, उपाध्यक्षमा विशाल गुरुङ, सचिवमा सचिन देवकोटा, कोषाध्यक्षमा मान गुरुङ हुनुहुन्छ भने ७ जना कार्यकारी सदस्यहरु रहेका छन्।त्यस्तै सशुल्क क्लब सदस्यहरूको संख्या ९२ रहेको छ।

सन् २०२२ मा क्लवले इन्टरस्टेट ३५+ सकर टुर्नामेन्टको उपाधी हात पारेको थियो भने एक्सपर्ट कप, एभरेष्ट कप, वोल्ड दरबार कप (भलिबल ३५+) मा सहभागीता जनाउदै विजयी हाँसील गरेको थियो।

कार्यक्रमलाई स्वागत गर्दै क्लबका अध्यक्ष माधव पौडेलले सहयोगका सृङ्खला हेर्दै लक्ष पछ्याउने र मार्गचित्र कोर्ने कार्यक्रम भएको बताउनु भयो।उहाँले सहयोगी मनहरुका  साथ, उपलब्धिका सिढिहरु हेर्ने कार्यक्रमका साथै बिगत हेर्दै भविष्यको बाटो तय गर्ने दिन को रुपमा कार्यक्रमलाई हेरेको जानकारी गराउनु भयो।यहाँहरुको उपस्थिती हाम्रो गौरब हो, साथ हो, सहयोग हो, साहस हो, सारथि हो  र हार्म्रो लागि सबै कुरा हो।यहाँ सम्म आइपुग्दा हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबै  प्रति हार्दिक आभार एबम कृतज्ञता ब्यक्त गर्नु भयो।

कार्यक्रममा प्रायोजकहरूलाई मायाको प्रतीक दिईएको थियो भने क्लबका कार्यकारीहरूद्वारा क्रेगीबर्न ब्रिगेड स्पोर्ट्स क्लब इतिहास, सहभागिता र उपलब्धिहरूको बारेमा भिडियो प्रस्तुति गरिएको थियो।

कार्यक्रमलाई सिमरन महर्जनले सन्चालन गरेकी थिईन् भने आस्था पौडेलले स्वागत नृत्य प्रस्तुत गरेकी थिईन्। त्यस्तै अभिशा पंगेनी लगाएत दिपेन्द्र चौधरी र टिमले नृत्य प्रस्तुत गरेको थियो। सचिन देवकोटा, युवराज पाण्डे र टोली द्वारा प्रत्यक्ष प्रस्तुति गरिएको थियो। 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349