एक्सपर्ट सगरमाथा ब्लुजको आयोजनामा भएको ऋचा मेमोरियल क्रिकेट प्रतियोगिता २०२२ को उपाधि ब्राइटन एभरेस्ट युनाइटेड क्रिकेट क्लबले जितेको छ ।
टिडब्लु ब्लेक पार्क प्रेसटोनमा आयोजित प्रतियोगितामा आयोजक एक्सपर्ट सगरमाथा ब्लुजलाई ९९ रनले हराउँदै ब्राइटन एभरेस्ट युनाइटेड क्रिकेट क्लब विजयी भएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको ब्राइटन एभरेस्ट युनाइटेड क्रिकेट क्लबले २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन जोड्न सफल भएको थियो।
१४२ रनको लक्ष्य पछ्याएको एक्सपर्ट सगरमाथा ब्लुजले ४२ रन मात्र जोड्न सक्यो।
प्रतियोगितामा अम्पायर चोईस ईमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट सुरेश क्षेत्री खड्का बन्न सफल भए भने एपीबी पार्टनर्स उत्कृष्ट फिल्डरको उपाधी गोर्खाली क्रिकेट क्लबका कप्तान विशिष्ट दुराले हात पारे। गार्डेन भ्यू रिसेप्शन उत्कृष्ट विकेटकिपरको उपाधी हिमालयन क्रिकेट क्लबका कप्तान सुनिल थापाले प्राप्त गरे। त्यस्तै गोर्खाली क्रिकेट क्लबबाट इमर्जेन्ट डिजिटल बेस्ट बलर सुसन भण्डारी छानिए। बेस्ट चोईस बेस्ट ब्याटरको उपाधी फार वेस्टर्न हन्टर्सका बायाँ हाते ओपनिङ ब्याट्सम्यान आर्यन बिष्टले जित्न सफल भए।
काठमाडौं प्रोपर्टीज एमभीपी ब्राइटन एभरेष्ट युनाइटेड क्रिकेट क्लबका कप्तान सागर खड्काले पाए भने गोथाने लयर्स फ्येर प्ले अबार्ड एभरेष्ट लायन्स क्रिकेट क्लबले हात पार्यो।
फाईनल खेलको म्यान अफ द म्याच ब्राइटन एभरेस्ट युनाइटेड क्रिकेट क्लब सागर खड्कालाई प्रदान गरियो।
लिग फर्म्याटमा खेलीएको यस प्रतियोगितामा २० खेलहरू खेलीएको थियो भने जम्मा ५२७० रन, २८३ विकेट, ४२८० बल, २९० चौका, २४९ छक्का र १०० क्याच भएका थिए।प्रतियोगिताका अम्पायरमा सन्तोष बस्ताकोटी र डेनरेन एग्न्यु रहेका थिए।
फाईनल खेल शुरु हुनु केही समय अगाडी बालबालिकाको लागि केही रमाइला क्रियाकलापहरु भएका थिए।