बिशेष गरेर बिधार्थीहरु जो आफ्नो सुन्दर भविस्य बनाउने सपना बोकेर बिदेश हानीएका हुन्छन्।उनीहरु त्यो ठाउँको परिवेश, वातावरण, नीति नियमसँग त्यति नजिक हुँदैनन् या बुझ्न पनि चहाँदैनन्।उनीहरुलाई केवल बिदेश जानु छ जे जसरी हुन्छ हवाईजहाज चडेर उढ्नु छ। तर यो बिचार गर्न जरुरी छ कि कुन ठाउँ जान लागेको हो, त्यहाँको रहनसहन, बताबरण,नियम कानुन थोरबहुत जे भए पनि जानेर आउँदा केही भएपनि सजिलो पक्कै हुन्छ। बिशेष गरेर भर्खर आएका नयाँ बिधार्थीले जान्नै पर्ने केही कुरा लेख्दैछु जो मेरो यतिका बर्षको अनुभव र साथीहरुले भोगेका केही तिता मीठा अनुभव समेट्ने जमर्को मेरो रहेको छ।
बिदेशमा तपाई ठगीनु कुनै नौलो हुन्न यदि यी कुराहरुमा ध्यान दिनु भएन।हरेक पाईलामा ठगीनु हुने छ तपाई आफै सजग हुनु भएन भने।म केही बुँदागत रुपमा संक्षिप्त लेख्दै छु।
१: ट्याक्सीबाट ढगीनु हुनेछः सके सम्म आफुले चिनेको या नजिकको मान्छे हुनुहुन्छ भने उहाँहरुलाई सम्पर्क गर्नु होस या कोही छैनन् भने समाजका अग्रज महानुभावहरुलाई सम्पर्क गर्नु होस ताकि पिक अप गर्न कोही आवस।फेरी ट्याक्सीले नयाँ देखेर केही हदसम्म ढग्न सक्छ।
२: बस्ने ठाउँबाट ठगीनु हुनेछ:तपाई कहाँ बस्न आट्नु भएको छ।कोहीसँग मिलेर बस्न आट्नु भएको छ भने राम्रोसँग बुझ्नुहोस। हप्ता या मासिक घरको भाडा के कति छ, घरको लिज एग्रीमेन्ट पेपर माग्नु होस। त्यसबाट थाहा हुन्छ खास घरको भाडा अनि तपाईले कति तिर्नु पर्ने रहेछ प्रस्ट हुन्छ। बिदेशमा त घर भाढामा लिने अनि नयाँ आएका बिधार्थी भाई बहिनीहरुबाट मनोमानी ढङ्गले पैसा असुलेर आफु सित्तैमा बस्ने शोषीत बर्ग पनि हुन्छन्।यो बुझ्न एकदम अपरिहार्य छ।फेरी ठगको फेला पर्नु भयो भने तपाईलाई मुर्गा बनाई रहेको हुन्छ र आफ्नो दुनो सोझाई रहेको हुन्छ।
३: साथीबाट ठगीनु हुनेछ: साथीसङ्गीसँग ठगिनु कुनै नौलो कुरो भएन। हामी नेपालमा नि ठगिएका नै हौँ, बिदेसमा ठगीदा चाँही अलिक नमजानै आउँछ होला। यस्ता साथीहरु पनि हुन्छन् जसलाई ठग्ने मात्र ध्यान हुन सक्छ। उसले तपाईबाट के फाईदा लिन सकिन्छ दाउ हेरी रहेको हुन्छ। कुनै कसुरमा पनि आफुले ल्याएको रकम या ट्राभल चेकको जानकारी नदिनु होला।सके सम्म शुरुमा नै आफ्नो पारिवारीक पृस्ठ भुमी नभनेकोनै बेश हुन्छ।फेरी साथीको नाममा ठगसँगको सम्पर्कमा तपाई नमज्जाले ठगीनु हुनेछ।
४: कामबाट ठगीनु हुनेछ: काम दुई किसीमले गर्न मिल्छ बिदेसमा।एउटा क्यास जो तपाईलाई सोझै नगद कि त खाममा हालेर या हातमा दिन्छन् भने अर्को ट्याक्समा भनेको बैधानिक रुपमा ट्याक्स र निब्रीतीभरण (शुपरएनुएसन)कटाएर दिईने रकम जुन तपाईको बैकको खातामा जम्मा हुन्छ।तपाईलाई कामको प्रलोभन देखाएर फर्म भर्न पर्छ, यो कार्ड चाहिन्छ, शुरुमा यति रकम दिए पछि काम पक्का हुन्छ भनेर, ट्रायलमा बोलाएर पैसा नदिएर अनि काम लगाएर पैसा दिने बेलामा बिभीन्न बहाना बनाएर, धेरै घण्टा काममा जोताएर थोरै घण्टाको पैसा दिएर, काममा बोलाएर दुःख दिएर त्यो ठेगानामा पुग्दा कोही पनि सम्पर्कमा नआएर ठग्नेहरु हुन्छन्।यस्ताहरुसँग सजग हुन एकदम जरुरी हुन्छ।
५: कन्सल्ट्यान्सीबाट ठगीनु हुनेछ: यो प्रस्ट पार्छु कि सबै कन्सल्ट्यान्सी नराम्रा हुँदैनन् र पनि बिधार्थीलाई दुहुनो गाईका रुपमा हेर्ने कन्सल्ट्यान्सी पनि फाट्टफुट्ट नभएका भने होइनन्। सस्तो फिको लोभ देखाएर, आईप्याडको लोभ देखाएर, कलेजको फिको टेन्सननै लिन पर्दैन, म भएको के काम भनेर रनभुल्लमा पारेर, यो पढेर कहाँ पिआर हुनु, यस्तो बिसय पढ्न पर्छ म मिलाई दिन्छु भनेर, पढेर नि पिआर हुन्छ, एउटा रेस्टुरेन्ट छ स्पोन्सर गर्दिन्छ,एति पैसा रेस्टुरेन्ट साहुलाई नि यति मलाई देउ।मिलाउने जिम्मा मेरो भो भनेर २ बर्षमा सिधै पिआर, न त कलेजको लफडा न त कामको झन्झट भनेर दिवा सपना देखाएर।यस्ता धेरै कुरा छन् जसबाट पनि तपाई फस्नु हुनेछ।आफै सजक हुनु होला।
६:मार्केटीङ कम्पनीहरुबाट ठगीनु हुनेछ: बजारमा छ्याप् छ्याप्ती मार्केटीङ कम्पनीहरु छन् जसले तपाईलाई फोन गरेर नानाभातीका कुरा भनेर फस्ल्याङ फुस्लुङ पार्न सक्छन् जस्तै मेम्बर बनेमा यस्तो सुबिधा उस्तो सुबीधा, फ्रिमा यस्तो प्याकेज, होलीडे प्याकेज आदी ईत्यादी। तपाईसँग तपाईको बैंक डिटेल माग्न सक्छन्। शुरुमा फ्रि भनेर यती ठुला सपना देखाउँछन् र कालान्तरमा तपाईलाई ठग्ने भाँडो बनाएको पत्तै पाउनु हुन्न। तपाईको खाताबाट पैसा गए पछि बल्ल थाहा हुन्छ कि तपाई त ठगीनु भएको रहेछ।यस्ता मार्केटीङ कम्पनीबाट पनि पनि बच्न एकदम जरुरी छ।
७: अरुको बिस्वासमा परेर ठगीनु हुनेछ: तपाई अरुको बिस्वास कतिको चाँडो गर्नु हुन्छ, यदि यो कम्जोरी तपाईमा हावी छ भने तपाई कुनै पनि बेला जोसँग पनि ठगिनु हुनेछ। हरेक कुरामा पाईला चाल्न अगि धेरै चोटी सोचेर अनि बुझेर पाईला चाल्नु होला।किनकी यो बिदेशमा सोझो पनको फाईदा उठाउनेहरु बगरेल्ती पाईन्छ।आँखा झिमीक्क पार्दा ठगेको पत्तै नपाउने गरि ढग्नेहरु यो परदेशमा यत्र तत्र छरिएका हुन्छन्।
८:नक्कली प्रेमी वा प्रेमीकाबाट ठगीनु हुनेछ: कोहीसँग रिलेसनसीपमा हनुहुन्छ भने पनि राम्रोसँग बुझ्नुहोस कि तपाईको पाट्नर कस्तो स्वभाव र प्रबृतीको छ। यहाँ पैसाको प्रलोभन देखाएर क्षणीक र आफ्नो फाईदाको प्रेमी वा प्रेमीका बनेर ठग्ने पनि भेटिन्छन्।कतै तपाईलाई प्रयोग पो गरिरहेका छन् कि यो राम्रोसँग बुझ्नु होस।अन्यथा स्वार्थ परिन्जेल बाबा र काली भन्नेले आफ्नो स्वार्थ पुर्ती भए पछि तपाईलाई घरको न घाटको अवस्थामा नपुर्याउलान भन्न सकिन्न।
९: गोपनियता भङ्ग गरेर ठगीनु हुनेछ: कहिलै र कोही कसैलाई पनि आफ्नो बास्तबिक बिवरण नदिएको नै राम्रो हुन्छ। उदाहरणको लागि तपाईसँग भएको पैसा के कति छ, पासपोर्ट बिबरण, कामको बिवरण, आफ्नो बैँकको पास्वर्ड, पारीबारीक पृस्ठभुमी आदि भरिसक जो कोहीलाई नभनेको नै राम्रो हुन्छ। शत्रु खोज्न टाडा जानु पर्दैन भन्ने उखानलाई मनन गरेर आफु सजक भएको नै बेस हुन्छ। अरुलाई दोष दिनु भन्दा अगाडी आफ्नो थैलीको मुख दरो बनाउनु भन्छन् नि हो त्यहि हो।फेरी हतारमा गरेर फर्सदमा कोही पनि पछुताउनु नपरोस।