eNepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

अस्ट्रेलियन रेडक्रस लाइफ ब्लडले रास्ट्रीयब्यापी रुपमा आयोजना गरेको लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज कार्यक्रममा मेलबर्नमा क्रियाशील नेपालीहरुको संस्था रोयल वेस्टर्न्स क्लबले रक्तदानमा दोश्रो स्थान हासिल गर्न तथा सबैभन्दा धेरैजनाले प्लाज्मा दान गर्न सफल भएको छ। गत अगस्ट १ देखि अक्टोबर ३१ तारिख सम्म संचालित उक्त कार्यक्रममा अस्ट्रेलियाका बिभिन्न राज्यबाट गरि ६० वटा खेलकुद संस्थाहरुले सहभागीयता जनाएका थिए। रोयल वेस्टर्न्स क्लब अन्तर्गत अस्ट्रेलियन रेडक्रस लाइफ ब्लडमा दर्ता भएको रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिमको तर्फबाट जम्मा ३४ जना रक्तदानमा सहभागी मध्ये १४ जनाले रक्तदान र २० जनाले प्लाज्मा दान गरेका थिए।

रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिममा हालसम्म जम्मा १२३ जना रक्तदाताहरु सदस्य रहेका छन् भने उक्त टिमका सदस्यहरुले अहिलेसम्म जम्मा १७२ पटक रक्तदान गरिसकेका छन जसमा ८८ जनाले रक्तदान र ८४ जनाले प्लाज्मा दान गरेका छन् भने टिमको तर्फबाट हालसम्म जम्मा ५१६ जनाको जीवन बचाउन सफल भैसकेको छ। च्यालेन्ज कार्यक्रममा नियमित लगायत २ जना नयाँ रक्तदाताहरुले रक्तदान गरेका थिए। निरन्तर ३ महिना सम्म संचालित उक्त च्यालेन्ज कार्यक्रममा डा. सन्देश पन्थले ४, मनोज भट्टराईले 3, नारायण कटुवाल र सुशील चालिसेले २ पटकका साथै नियमित रक्तदाताहरु शसेंद्र गौतम केशी, राकेश सिङ्घ, डा याकेंद्र तिमल्सिना, रोशन दाहाल, केशब पन्त, तिर्थ नहर्की, भोला गिरि, गौरभ सुनार, मोहन बिक्रम हमाल, गुरु भुषाल, सुरेन्द्र अधिकारी, अमृत गुरुङ, आनन्द घिमिरे, आकाश पौडेल इश्वोरी, रबिन खांड ठकुरी,नारायण प्रसाद ज्ञवाली, सुबास पाण्डे तथा नयाँ सदस्यद्वय रोमीका राम र सुदिप नेउपानेले रक्तदान गरेका थिए । 

सहभागीहरु मध्ये यस टिमका सदस्य डा. सन्देश पन्थले अष्ट्रेलियामा हालसम्म जम्मा ८६ पटक रक्तदान गरिसकेका छन्। सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै उक्त च्यालेन्ज कार्यक्रम मार्फत रक्तदान जस्तो शुभ कार्यमा सहभागी हुन पाउँदा गर्व लागेको बताउँदै रक्तदाताहरुले कार्यक्रम आयोजक संस्था रोयल वेस्टर्न्स क्लब प्रति धन्यवाद व्यक्त व्यक्त गरेका थिए। त्यसैगरी, सहभागीहरुले यो कार्यक्रमका कारण आफूहरुमा उत्साह थपिनुका साथै अस्ट्रेलियामा नेपाली समुदायको शिर उचो बनाउन पाएकोमा खुशी व्यक्त गरेका थिए। 

कार्यक्रममा अष्ट्रेलियन रेडक्रस लाइफब्लड, रिजनल पार्टनरशिपका ग्रुप एकाउन्ट म्यानेजर जेनेभिब डब्सनले नेपाली समुदायको प्रतिनिधित्व गर्दै रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिमको यो सफलताले अस्ट्रेलियामा रहेका बिभिन्न समुदायहरुका बिचमा निकै राम्रो छाप पार्न सफल भएको र च्यालेन्ज कार्यक्रममा टिमको सहभागीयताको मुक्त कण्ठले प्रशंसा गर्दै सम्पूर्ण नेपाली समुदाय, सहभागी रक्तदाताहरु लगायत संस्था प्रति हार्दिक आभार प्रकट गर्दै बधाई ज्ञापन तथा प्रमाणपत्र वितरण गरेकी थिइन्। 

आयोजक संस्था रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिमका संयोजक सुशील चालिसेले लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज कार्यक्रमबाट प्राप्त सफलताले आफ्नो टिमलाई हौसला मिल्नुका साथै नेपाली समुदायलाई अस्ट्रेलियामा रक्तदानको माध्यमबाट पनि चिनाउन सकेकोमा खुशी लागेको र यो खुशी सम्पूर्ण रक्तदाताहरु, स्वयंसेवक लगायत बिभिन्न नेपाली संघ संस्थासंग साट्न पाएकोमा गर्ब महसुस भएको बताएका छन्। संयोजक चालिसेले यस कार्यक्रमलाई उत्कृस्ट नतिजा सहित भब्य रुपमा सफल पार्नका लागि साथ् र सहयोग गर्नुहुने सम्पूर्ण नेपाली समुदाय प्रति हार्दिक आभार व्यक्त गरेका थिए।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349