अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC) ले आगामी २७ नोभेम्बर आइतबारका दिन बिहान ११ बजे मेल्बोर्नको ईस्टोनीयन हाउसमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको आगामी कार्यकालको पदाधिताकीहरुको समेत टुङ्गो लागि सकेको छ।अध्यक्ष पदको लागि गान्धी प्रसाद भट्टराई निर्बिरोध चयन हुनु भएको छ भने उपाध्यक्षमा सुधीर शाक्य, कुसुम पोखरेल, सचिवमा तिलक पोखरेल, कोषाध्यक्षमा अर्जुन ढकाल, सहकोषाध्यक्षमा अनन्त पौडेल चुनिएका छन्। यस्तै सदस्यहरुमा मनोज घिमिरे, आत्मा रिजाल, दिपक आचार्य, भीम न्यौपाने, सुमिता मल्ल भण्डारी र ज्योति सिंखडा निर्विरोध भएका छन् ।
सधारण सभाको मुख्य उद्देश्य नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रणहका साथै गएको दुईबर्षमा भएका सँस्थाले गरेका कार्य गतिविधीबारे जानकारी गराईने बर्तमान अध्यक्ष राजेश आचार्यले जानकारी गराउनु भयो।कोभीडका कारण बिगतका दुई बर्ष सँस्थाका आजीवन सदस्य लगाएत समुदाएका अन्य सदस्यहरुसँग प्रत्यक्ष भेटघाट गर्न कठिनाई भएको कारण पनि यो साधारण सभाले पुन: एकपल्ट सबैलाई एक जुट भएर आफ्ना बिचार र भनाईहरु प्रत्यक्ष रुपमा राख्ने अवसर मिल्ने बताउनु भयो।
एएनएमसीले लगभग १ वर्षको कडा प्रयासमा पछि गएको २ जुन २०२२ मा ह्युम काउन्सिलबाट पूजा स्थल र सम्बन्धित गतिविधिहरूको लागि प्लानिङ पर्मिट लिन सफल भएको छ। प्रस्तावित एएनएमसी भवनको पूर्ण इन्जिनियरिङ रिपोर्ट र रेखाचित्रहरू समेत बनाई सकिएको छ।
त्यस्तै सन् २०२२/२०२३ बहुसांस्कृतिक सामुदायिक पूर्वाधार कोष (MCIF) ओपन राउन्ड अन्तर्गत भिक्टोरियन सरकारबाट $ ३०९,७४५ (जिएसटी सहित) को अनुदान प्राप्त भएको छ भने सन् २०२२ मा नै गाला डिनरबाट $१५५ हजार कोष सङ्कलन उठाइएको थियो। राज्य सरकार र स्थानीय परिषदबाट चाडपर्व अनुदान स्वरुप ३३,००० प्राप्त गरेको थियो।
एएनएमसीको इतिहासमा पहिलो पटक एएनएमसीले आफ्नै भूमिमा दशैं पर्व भव्यताका साथ मनाएको थियो भने भिक्टोरीयाको मधेसी समुदाएले समेत इतिहासमा पहिलो पटक आफ्नै भूमिमा छठ पर्व भव्यताका साथ मनाउन सफल भएको थियो।
त्यस्तै अर्को मुख्य उपलब्धीको रुपमा लिबरल पार्टीबाट सामुदायिक केन्द्र निर्माण गर्न २० मिलियन डलर दिने प्रतिबद्धता गरेको छ।