बिगत केही बर्ष देखी भिक्टोरीयाको नेपाली समुदाएलाई प्रतिनिधीत्व गर्दै टेनीस खेललाई सक्रिय रुपमा निरन्तरता दिदै बिभीन्न राज्य स्तरमा भएका खेलमा सहभागीता जनाउँदै आएको नेप्लिज कम्युनिटी टेनीस क्लव भिक्टोरीयाले टेनीस प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी ३ र ४ डिसेम्बरका दिन फिल्ड स्ट्रिट आइन्ट्रीमा हुन लागेको प्रतियोगितामा बिगीनर्स र इन्टर्मिडीयट पुरुष एकलले सहभागीता जनाउँदै छन्।
प्रवेश शुल्क $२५ डलर राखिएको यस प्रतियोगितालाई डेस्टीनी होम, एईएक्स प्रोपर्टी सर्भीसेज र थर्माकस्टीकले प्रायोजन गरेको छ।
बिजेता र उपबिजेता खेलाडीले नगद र रनिङ शिल्डको ब्यबस्था गरिएको छ भने सबै सहभागीहरुलाई सर्टीफिकेटको ब्यबस्था गरिएको क्लवका अध्यक्ष टोप कुमार आलेले जानकारी गराउनु भयो।