भिक्टोरीयामा बसोबास गर्ने मधेसी समुदाएले इतिहाँसमानै पहिलो पटक अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले खरिद गरेको डिगर्स रेस्टमा अवस्थित १०० डण्कन्स लेन परिसरमा भव्य रुपमा छठ पर्व मनाएका छन्।
करिव तिनसय जनाको सहभागीता रहेको छठ पर्व कार्यक्रममा बारिस डुजोभा, सिमोन कोटम, विभिन्न संस्थाका प्रतिनिधिहरू सामुदायका अगुवाहरुको उपस्थिती रहेको थियो।
सन् २०१२ देखि मेलबर्नमा छठ मनाउँदै आएको एमसीभीले पहिलो पटक आफ्नै अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) परिसरमा छठ पर्व मनाएको हो।
अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) परिसरमा कार्यक्रम गर्न प्रोत्साहन गर्ने र यो स्थान उपलब्ध गराउन सहयोग गर्न एएनएमसीको सम्पूर्ण सदस्यहरु, विशेष गरी वर्तमान अध्यक्ष राजेश आचार्यलाई मधेसी कम्यूनिटि इन भिक्टोरीयाको अध्यक्ष डा. सुरेन्द्र रौनियारले धन्यवाद दिनु भएको छ।
चुनौतीपूर्ण मौसम र नयाँ स्थानको बावजुद पनि कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर्ने कार्यकारी कमिटीका सदस्यहरू गोपाल शाह, कानु सञ्जीव, आर्यन राउत, राजेश जैसवाल, पंकज कश्यप, हरि आर सोनी, मनिषा गुप्ता, पवन शाह, रजनीश शाह, राजीव महतो र सन्तोष कर्ण लगाएत स्वयंसेवकहरू अमित यादव, अरुण यादव, राज शर्मा, अरविन्द शाह, जयन्ती गुप्ता शाह, सञ्जय कर्ण, प्रगति कलवार, समीक्षा झा, ओम राउत र एकता जयस्वालका साथै संयोजकहरू नविन नायक र प्रमोद पटेललाई बिशेष धन्यबाद दिनु भएको छ।
प्रवासमा आफ्नो कला र सँस्कृतीको प्रवर्द्धन र संरक्षण मात्र नभई यहाँ जन्मेर हुर्किदै गरेका मधेशी नेपाली मूलको भावी अष्ट्रेलियाली पुस्तालाई कला, संस्कृति र परम्परालाई सफलतापूर्वक हस्तान्तरण गर्ने प्रयासमा यो पर्वलाई मनाउदै आएको बताउँदै अध्यक्ष रौनियारले विभिन्न सांस्कृतिक समूहहरूमा आध्यात्मिक मूल्य फैलाउने र विविधताको मूल्यमा एक तह थप्दै अगाडी बढ्ने धारणा राख्नु भयो।
उहाँले बिदेशमा जन्मेका वा हुर्किएका दोश्रो पुस्तालाई यस्ता मौलीकता र मान्याता बोकेका चाढ पर्वको बारे थाहा दिनु नितान्त आवस्यक रहेको भन्दै यो एक बिशेष समुदायमा मात्र सिमीत नभएर यस्ता पर्वको महत्व र धार्मिक आस्थाको बारेमा अरु समुदायलाई चिनाउनु पनि यस्ता पर्वले प्रमुख भुमीका खेल्ने छ।