अमेरिकाको डेनाली हिमाल अरोणपछि फर्कने क्रममा चर्चित अल्ट्रा धावक सञ्जय पण्डितको मृत्युभएपछि सामाजिक सञ्जालका भित्ताहरु श्रद्धाञ्जलीले भरिएका छन् । पण्डितको मृत्युको साक्षी बनेका पर्यटन व्यावसायी तथा पर्वतारोही टासी शेर्पा यतिबेला निकै ठूलो पीडामा छन् । सञ्जयले टासी शेर्पाकै सहयोगमा धेरै हिमालहरु चढेका छन् । अमेरिकामा रहेका टासीले दियोपोस्टसँग कुरा गर्दै सञ्जयको मृत्यु भएको दिन स्मरण यसरी गरे । यो पटक अमेरीका जाने सोचमा म थिइन । तर सञ्जय भाइले भन्यो,‘दाई तपाईं जसरी पनि जानुपर्छ तपाईं भयो भने मलाई राम्रो हुन्छ ।’ सञ्जयकै आग्रहपछि हामी अमेरिका हानियौँ । हामीले चढ्ने हिमाल थियो डेनाली हिमाल ।
उत्तरी अमेरिकाको सबैभन्दा हाइएस्ट पिकको रुपमा परिचित छ । जुन हिमाल नेपालको सगरमाथा चढ्नु भन्दा निकै कठिन पनि छ । हामी तीन जना थियौँ । म सञ्जय पण्डीत र मेरो अमेरिकामै रहनुभएका मित्र टासी शेर्पा जुन ७ मा डेनाली हिमाल चढ्न त्यस तर्फ लाग्यौँ । पर्वताराेही टासी शेर्पा हामी जुन ७ तारिखको विहान ९ बजे एयर ट्याक्सी चढेर डेनालीको बेस क्याम्प तर्फ लाग्यौँ । क्याम्प १, २, ३, हुँदै जुनको१४ मा हामी क्याम्प ५ मा पुग्यौँ । जुन १५ को बिहान ९ : ४५ बजे क्याम्प ५ बाट हामी डेनाली समिट तर्फ अघि बढ्याैँ । हामी तीनै जना समिट गयौँ । समिट भन्दा अलि तल पुगेपछि सञ्जय हिँड्न सकेन । सञ्जयलाई अलि गाह्रो भयो । सञ्जयले भन्यो,‘दाइ म जान सकिन तपाईंले जसरी पनि यो झण्डा समिट पु¥याएर फोटो खिचेर ल्याउनु ।’ सञ्जयलाई त्यहीँ छोडेर हामी दौडेर गयौँ र झण्डा पु¥याएर फोटो खिच्यौँ । यति गर्न हामीलाई ४५ मिनेट लाग्यो ।
फर्कँदा सञ्जयलाईसँगै ल्याउँदै थियौँ । बेलुका करिब ८ बजेतिर उसलाई झनै गाह्रो भएपछि रेस्क्युको लागि अनुरोध ग¥यौँ । राती हुँदै गयो । माइनस ४०–५० डिग्रीको तापक्रम थियो । मध्यरातको त्यो चिसोमा मैले आफूले लगाएको ज्याकेट खोलेर सञ्जयलाई लगाइदिएँ । विहान तीन बजे मेरो अर्को साथी टासीले रेन्जरको रेस्क्यु टिमलाई बोलाउन गयो । उसले केही बेरमा रेस्क्यु टिम लिएर आयो । रेस्क्यु टिमसँगै हामी झर्दै थियौँ । यसबीचमा सञ्जयलाई निकै गाह्रो भइसकेको थियो । उसले तरङ्ग तरङ्गका कुराहरु गर्न थाल्यो ।
उसले अन्तिम समयमा कति कुराहरु राइट भन्ने कति कुरा रङ भन्ने गरेको थियो । ‘मलाई मेरो श्रीमति भएको ठाउँमा पु¥याइदेउ’ मुखबाट यस्ता शब्दहरू अाइरहन्थे । चिसाेले म पनि झन्डै मरेको थिएँ । आधा घण्टा जति ढिला भएको भए म पनि मर्थें होला । हामीसँगै थियौँ । अमेरिकन रेन्जर टिम आएपछि रिसिभ ग¥यो । हामी क्याम्प फाइभ पुग्न लागेको बेला विहान ४ बजे उसको मृत्यु भयो । बेलुका ५ बजेदेखि विहान ८ बजेसम्म हामीले रेस्क्यु गरेको हो । क्याम्प आउन एक घण्टा बाँकी थियो । हामी पनि अचेत अवस्थामा पुगेछौँ ।
अमेरिकी सरकारको डेनाली नेश्नल पार्क भित्र रेन्जर
फोर्स भन्ने छ । त्यो छुटटै तहको रेस्क्यु फोर्स हो । त्यही रेस्क्यु फोर्सले हामीलाई उद्दार ग¥यो । डेनाली हिमाल चढ्नका लागि एयर ट्याक्सी लिने क्रममा सञ्जय र दुइ टासी शेर्पा माैसम खराबीभएपछि केही दिन राेकिएपनि अहिले भाइको अहिले ल्याइएकाे छ । अमेरिकन गभमेन्टकै हातमा मान्छे मरेपछि शवकाे हेरचाह उनीहरूले नै गर्दाेरहेछ । मैले यता एम्बेसीसँग सम्पर्क गरेँ । मिडियालाई खबर पनि नेश्नल पार्ककै साथीहरुले गरेका गरेछन् । रेस्क्यु नआएको भए म पनि मर्थेँ अमेरिकन गभमेन्टको रेस्क्यु टिम नआएको भए त म पनि मर्थें । मसँगै रहेको अर्को साथी टासी शेर्पाको हालत पनि उस्तै थियो । अन्तिम स्टेजमा आएको महशुस भयो । मैले नै स्पोन्सर गरेको थिएँ । यो एभरेष्ट भन्दा गाह्रो हिमाल हो । यसमा अलि सहयोग पनि हुन्छ भनेर आएँ । तर, यस्तो भयो । परिवारसँग कुनै सम्पर्क भएको छैन ।
बुहारीलाई फेसबुकमा सर्च गरेर म्यासेज पठाएको छु । तर, रिप्ले आएको छैन । शव ल्याउने प्रक्रियाको लागि अमेरिकन सरकारले नेपाली एमबेसीसँग कुरा गरेको छ । मैले परराष्ट्र मन्त्रीसँग पनि कुरा गरेको छु । त्यहाँ नेपालबाट पनि पहल गर्नु भन्नु भएको छ । मौसम विग्रेर हेलिकोप्टर जान सक्दैन । नयाँ जीवन पाएँ यो घटनापछि मैले नयाँ जीवन पाएँ । हिजोसम्म मेरो स्वास्थ्य अवस्था निकै कमजोर थियो । अहिले म ठीक भएको छु । अहिले म होम स्टेमा छु । चाँडै नेपाल आउनेछु
By VJ Dangi
फोटो साभार: दियो पोस्ट