eNepal

रोयल वेस्ट्रन क्लवको आयोजनामा भएको पहिलो एक्सपर्ट कप २०२२ यती एफसीको पोल्टामा

अस्ट्रेलियाको मेलबर्नमा अवस्थित रोयल वेस्टर्न क्लबको आयोजनामा भएको दुई दिने “एक्स्पर्ट कप २०२२” सकर टुर्नामेण्ट भव्यताका साथ सम्पन्न भएको छ। एक्स्पर्ट एडुकेसन एण्ड भिसा सर्भिसेसको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको अत्यन्त रोमाण्चक फाईनल खेलमा युनाईटेड एफसीलाई एक गोलले हराउँदै यती फुटबव क्लवले पहिलो एक्सपर्ट कप चुम्न सफल भएको हो।

टुर्नामेण्टमा मेन्स ओपेन क्याटेगोरीमा विजय यति एफसीले नगद पुरस्कार $५००० लगायत ट्रफी र मेडल हात पार्न सफल रह्यो भने उपबिजेता टिम युनाईटेड एफसीले नगद पुरस्कार $२५०० लगायत ट्रफी र मेडल  हात पारेको छ।

 

यती एफसीका तर्फबाट एन्जल भट्टराईले एक गोल हान्न सफल भए जुन गोलनै प्रतियोगिताको निर्णायक गोल बन्न सफल भयो।

बेटर चोईस फरएभर योङ्ग कप २०२२ भेट्रन तर्फको उपाधी फुटबल फर फनलाई दुईका बिरुद्ध तिन गोल गदै क्रेगीवन ब्रिगेड फुटबल क्लवले हात पार्न सफल भयो।क्रेगीवनका तर्फबाट सन्तोष श्रेष्ठ, अशोक भट्टराई र दिपेन्द्र चौधरीले एक एक गोल गर्न सफल भएका थिए भने फुटबल फर फनका तर्फबाट सन्तोष थापाले गोल गर्न सफल भएका थिए।

यो सँगै ३५ प्लस क्याटेगोरीमा विजय हासिल गर्ने टिम क्रेगीबन एफसीले नगद पुरस्कार $१५०० लगायत ट्रफी र मेडल हात पारेको छ भने तथा फर्स्ट रनर अप टिम फुटबल फर फनले नगद पुरस्कार $८०० लगायत ट्रफी र मेडल प्राप्त गरेको छ।

 

प्रतियोगिताको भेट्रन तर्फबाट मेन अफ द सिरीजको उपाधी फुटबल फर फनका तर्फबाट सन्तोष थापा बन्दै दुई सय डलर हात पार्न सफल भए।

टुर्नामेण्टमा मेन्स ओपेन क्याटेगोरीमा बेस्ट गोलकिपरको उपाधी यतीएफसीका एलन न्यौपानेले हात पारे। यो सँगै उनले नगद दुईसय पचास डलर हात पार्न सफल रहे।

त्यस्तै धेरै गोल गर्ने खेलाडीमा यतीएफसीका आशीष लामा र अल्बरी थ्री स्टार्सका रमेश बस्नेतले आठ आठ गोल गर्दै उपाधी जित्न सफल भए। बेस्ट डिफेन्डरको उपाधी गिरीष ईभेन्ट एफसीका बिशाल चौहान भए।

टुर्नामेण्टमा मेन्स ओपेन क्याटेगोरीमा म्यान अफ द सिरीज युनाटेडएफसीका तर्फबाट सन्तोष तामाङ बन्न सफल भए। यो सँगै उनले नगद पाँच सय डलर हात पार्न सफल भए।

फेयर प्ले टीमको अवार्ड रोयल वेस्ट्रन क्लव हरियोले हात पार्यो।

प्रतियोगिताको सेमीफाईनलबाट प्रत्येक गोल गर्ने खेलाडीलाई एकसय डलर क्यास प्राईज राखिएको थियो। सेमीफानलमा युनाईटेट एफसीका तर्फबाट सन्तोष तामाङले दुई, विश्व गरुङले दुई र दर्शन गुरुङले दुई गोल गर्न सफल रहे भने गिरीष ईभेन्ट्सको तर्फबाट बिशाल गौचनले एक, सुरज श्रेष्ठले एक र विशाल चौहानले एक गोल गरेका थिए।

फाइनल खेलको भिडीयो हेर्न यो लिङ्कमा क्लिक गर्नु होला।

https://fb.watch/ge_1zZVI76/

समीफाईनलको अर्को म्याचमा यतीएफसीका आशीष लामाले दुई र सुमन लामाले एक गोल गर्न सफल भए। यो सँगै जम्मा तेर्ह गोलको साथमा नगद तेर्ह सय खेलाडीलाई बितरण गरिएको थियो।

गएको अक्टोबर १५ र १६ तारिखका दिन Westvale Olympic  FC Ground , 9 McKechnie St, St Albans VIC 3021 मा सम्पन्न भएको यस प्रतियोगीतालाई भव्य रुपमा सफल बनाउन सहयोग गर्ने प्रायोजकहरु, सामुदायीक सँस्थाहरु, सहभागी स्थानिय र ईन्टर स्टेटका क्लवहरु र खेलाडीहरुका साथै स्वमसेवकहरुलाई रोयल वेस्टर्न क्लबका उपाध्यक्ष तथा सकर टुर्नामेण्ट आयोजक समितिका संयोजक रोशन दाहालले बिशेष धन्यबाद व्यक्त गर्नु भएको छ।

पुरस्कार तथा ट्रफी वितरण समारोहको भिडीयो हेर्न यो लिङ्कमा क्लिक गर्नु होला।
https://fb.watch/ge_4Xjsm_w/

रोयल वेस्टर्न क्लबका अध्यक्ष बम योन्जनले टुर्नामेण्ट भव्य रुपमा सफल भएकोमा खुशी व्यक्त गर्दै क्लबको नियमित मुख्य प्रायोजक एक्स्पर्ट एडुकेसन याण्ड भिसा सर्भिसेसका डाइरेक्टर सरोज शर्मा, बसन्त पोख्रेल लगायत सम्पूर्ण प्रतिनिधिहरु प्रति हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको छ भने अन्य सबै प्रायोजक लगाएत सहभागी क्लव खेलाडी, सेवमसेवक सबैलाई धन्यबाद व्यक्त गर्नु भएको छ।

प्रतियोगितालाई शुरुवात गर्दै क्लबले औपचारीक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा पूर्व मेयर र ब्रिम्बाङ्क सिटी काउन्सिलका वर्तमान काउन्सिलर  स्याम डेभीड, बहुसांस्कृतिक मामिला मन्त्री माननीय रोज स्पान्सको प्रतिनिधित्व गर्दै  पार्लियामेन्ट सदस्य नताली सुलेमान, भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिजयदुत चन्द्र योन्जोन, फुटबल भिक्टोरियाका पूर्व अध्यक्ष एवम्  सीईओ किमोन तालियाडोरोस, शिक्षा तथा महिला मन्त्री माननीय नताली हचिन्स, वेस्टभेल सकर क्लबका अध्यक्ष जर्ज, भिक्टोरीया बहुसाँस्कृतीक आयोगको अध्यक्ष र उपाध्यक्षका प्रतिनिधित्व लगाएत सुमुदाएका अग्रज व्यक्तित्वहरुको सहभागिता रहेको थियो।कार्यक्रमको शुरुवातमा बाल चौतारी वेस्टका साना भाईबहिनीहरुले नेपाल अस्ट्रेलीयन रास्ट्रगान गाएका थिए भने उपस्थिती सबै पाहुनाले कार्यक्रमकको सफलताको शुभकामना ब्यक्त गरेका थिए।

प्रतियोगिताको दौरान तामाङ सोसाईटी अफ भिक्टोरीया र रोयल वेस्ट्रन क्लबको सहकार्यमा दशैं तिहार कार्यक्रम समेत सम्पन्न भएको थियो जसमा बाल चौतारी वेस्ट, तामाङ सोसाईटी अफ भिक्टोरीया र नेपअस क्रुले साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए।दोश्रो तथा अन्तिम दिनको कार्यक्रममा ओएएम आयुक्त (OAM) Bill Papastergiadis, युवा आयुक्त Lunorphare (Luna) folly, भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिजयदुत चन्द्र योन्जोन, फेन्का (FeNCAA)  भिक्टोरीया राज्य संयोजक भोला गिरी, न्याभ अध्यक्ष प्रेम राज उप्रेती, एनआरएनए उपाध्यक्ष एबम् भिक्टोरीया राज्य संयोजक हरि खड्का, ओशिनिया स्पोर्ट्स पेट्रोन जोग लिम्बुका साथै मिडिया, प्रायोजक, व्यापार उद्यमीहरू, सामुदायिक नेताहरू र विभिन्न सामुदायिक समूहका स्वयंसेवकहरुको उपस्थित रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349