eNepal

दूतावासले संलग्नता, समन्वय र सहजीकरण गर्दै आएको छ-महामहिम राजदूत कैलाशराज पोखरेल

गभर्नर जनरल डेभिड हर्ली समक्ष गत २५ जुलाईमा आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेसँगै अस्ट्रेलियाका लागि नयाँ राजदूतका रूपमा कार्यभार सम्हालिरहनु भएका महामहिम राजदूत कैलाशराज पोखरेलले छोटो समयमा नै अष्टेलियाको नेपाली समाज तथा अन्य देशमा कूटनीतिज्ञहरुमाझ आफ्नो सकारात्मक प्रभाव छोड्न सफल हुनुभएको छ । अस्ट्रेलियासँगै न्युजील्यान्ड, पपुवा न्यु गिनी र फिजीका लागि पनि राजदूतको भूमिका निर्वाह गरिरहनुभएको उहाँले अस्ट्रेलियासँगको ६० बर्से सम्बन्धलाई सौहार्दपूर्ण साथ अझ उचाइमा पुर्‍याउन कोसिसमा लागि पर्नुभएको छ भने यसबाहेक नेपालमा पर्यटन भित्राउने, कला संस्कृतिलाई जर्गेना गर्ने काम तथा नेपालमा कृषि, प्रविधि, आइटी र व्यापारलाई बढाउने अनि नेपाली विद्यार्थीहरुको समस्या इत्यादि जस्ता कुराहरूलाई आफ्नो प्रमुख एजेण्डामा राख्नु भएको छ ।

 मेल्वर्नको नेपाल फेस्टिवलबाट प्रभावित हुनभएका राजदूत पोख्रेल नोभेम्बरको हरेक वीकेण्डमा विभन्न राज्यमा सहभागिता जनाउन जाँदैहुनुहन्छ । नेपाल फेस्टिवलले पर्यटन प्रबद्र्धनसँग सँगै नेपाली कला, भाषा, संस्कृति, भेषभूषा, परिकालाई समेत चिनाउन ठूलो मद्दत गरेको उहाँको भनाई छ । यही नेपाल फेस्टिवलकै सेरोफेरोमा रहेर उहाँसँग हामीले गरेको कुराकानीः

१ : राजदूतको रुपमा आफ्नो कार्य समाल्नुभएको पनि लगभग चार महिना भइसकेको छ । यो चार महिनाको अवधिमा अष्ट्रेलियाको नेपाली समाजलाई कसरी बुझ्नुभएको छ?

मेहनती, बौद्धिक, सकारात्मक सोच भएको, सहयोगी र मातृभूमिलाई माया गर्ने बर्ग ।

२ : तपाइ विभिन्न देशहरु घुम्नुभएको छ । विभिन्न नेपाली समाजसँग अन्तक्रिया पनि गर्नुभएको छ । अमेरिका लामो समय पनि बस्नुभयो । अन्य देशको नेपाली समाज र अष्ट्रेलियाको नेपाली समाजलाई कसरी विश्लेषण गर्नुहुन्छ ? नेपाल चिनाउने अभियानमा र व्यवस्थापनमा के समानता र के भिन्नता भेट्नुभयो ?

हामी नेपालीहरु स्वभावैले मिलनसार, मिष्ठभाषी, बिनम्र र सहयोगी स्वभावका हुन्छौं, त्यो मैले सबै मुलुकमा उस्तै पाएको छु । अंतर्क्रियाहरु गर्दा होस या भेंटघाटमा होस अष्ट्रेलियामा रहनु भएका नेपालीहरु अली बौद्दिक नै हुनुहुन्छ। नेपाल चिनाउने अभियानमा सकेसम्म धेरैजनालाई संलग्न गराउने कार्यमा लागी परेकै देख्छु । बिशेषगरि वहाँहरुले यहाँ बसोबास गर्ने बिदेशी नागरिकहरुसंग अझ बढ़ी सम्बन्ध बिस्तार गरेर नेपालको बारेमा बिभिन्न कार्यक्रमहरु गर्दाखेरी, बढी भन्दा बढी अस्ट्रलियाका सरकारीस्तरका हुन् या निजीस्तरका साथीहरुलाई पनि बोलाएर आयोजना गर्दा हाम्रा कार्यक्रमहरुको महत्व अझ बढ़ने र नेपाल दर्शन गर्न जाने पर्यटक को संख्या पनि बृद्धि हुन्थ्यो भन्ने मलाई लाग्छ ।

३: मेल्वर्नमा पहिलो पटक नेपाल फेस्टिबलमा सहभागिता हुनुभयो । तपाइको उक्त नेपाल फेस्टिबलप्रति कस्तो धारणा रह्र्यो ?

एकदम राम्रो । नेपाली समुदायको उपस्थिति, सक्रियता, एक्यबद्धता प्रसंसनिय थियो । मन्न्त्री , सांसद, सरकारी आगन्तुकहरुको उपस्थिति राम्रो थियो ।

त्यसैगरी दिउसो भएको कार्यक्रममा बेग्लै किसीमको रौनकता थियो भने , साँझको कार्यक्रममा युवावर्गहरु रमाउदै सहभागि भएका मैले देखें ।

४: अष्ट्रेलिया बाहेक अन्य अरु कुनै देशको नेपाल फेस्टिवलमा सहभागि हुनुभएको छ?

उत्तर : अमेरिकामा नेपाली राजदूतावासमा इकोनोमिक काउन्सलरको रूपमा कार्यरत रहदा धेरै पटक अमेरिकाको बिभिन्न राज्यहरुमा नेपाल फेस्टिवलमा भाग लिएको थिएँ ।

५: अष्ट्रेलियाको अरु राज्यहरुमा पनि नेपाल फेस्टिवलमा सहभागी हुन जाँदै हुनुहुन्छ । कस्तो अपेक्षा गर्नुभएको छ ?

सबै राज्यहरूले पक्का पनि राम्रो गर्नु हून्छ । सबै नेपालीहरुले आफ्ना छोराछोरी र परिवारहरु मार्फत यहाँका स्थानीय अष्ट्रेलियनहरुलाई पनि यस्ता कार्यक्रमहरुमा बढ़ी से बढ़ी सहभागी गराउनु भए अझ बढ़ी राम्रो हुन्थ्यो भन्ने मेरो अपेक्षा छ ।

६: नेपाल फेस्टिवलले नेपाली कला, संस्कृति, भाषा, रहनसहन, परिकार, भेषभूषा र रीतिरिवाजलाई कत्तिको जर्गेना गरिरहेको छ जस्तो लाग्छ ?

एकदम धेरै । बहुभाषी, बहुसाँस्कृतिक बिशेषता बोकेका हामी नेपाली यो ग्लोबल भिलेजमा जुनसुकै मूलक मा रहे / बसे पनि वहाँहरूले नेपालीपनको जगेर्ना नै गरिरहनु भएको छ भन्ने मलाई लाग्छ ।

७: नेपाल फेस्टिवल आयोजना गर्दा आयोजकहरुले के कस्तो कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्दछ?

अझ यसक्षेत्रमा बसोबास गरिरहनु भएका नेपालीहरुले बिशेषगैरी अझ बढी भन्दा बढी यहाँ बसोबास गर्ने बिदेशी नागरिकहरुसंग सम्बन्ध बिस्तार गरेर यस्ता कार्यक्रमहरुको प्रचार प्रसार गरि , निमंत्रणा गरि (सरकारीस्तरमा होस या सरकार बाहिरका निजीस्तरका साथीहरु) बिभिन्न माध्यमबाट बोलाएर आकर्षण बढ़ाउने किसिमले गर्न सके हाम्रा कार्यक्रमहरुको महत्वपनि बढ़ने र नेपाल दर्शन गर्न जाने पर्यटकको संख्या पनि बृद्धि हुन्थ्यो भन्ने मलाई लाग्छ ।

८: नेपाली दूतावासले के कसरी नेपाल फेस्टिवललाई सहयोग गर्दै आएको छ ?

उत्तर : कार्यक्रम आयोजकले अनुरोध गरे अनुसार दूतावासले संलग्नता, समन्वय र सहजीकरण गर्दै आएका छौं । त्यसमा निरन्तरता रहने छ ।

९: नेपाली कला, संस्कृति, पर्यटन तथा नेपालमा लगानी भित्रयाउन एनआरएनएले दूतावासलाई कसरी सहयोग पुररयाउन सक्छ जस्तो लाग्छ ?

एनआरएनको ठुलो संजाल छ। स्रोत साधन पनि छ । नेपाल चिनाउने ,लगानीकर्ताहरूलाइ नेपालसंग जोड़ने, आफै लगानी गर्ने , यहाँ नेपाल र नेपालीहरुको हित संग सम्बन्धित बिबिध बिषयहरुमा संलग्न रहने, अध्ययन अनुसंधान गर्ने कार्यमा समेत एनआरएनले सहयोग गर्न सक्नेछन ।

१०:अन्त्यमा नेपाल फेस्टिवलमा खट्नुभएका सबैजना तथा नेपाली समाजलाई केही भन्न चाहनुहुन्छ? 

यस बिशाल कार्यक्रमका आयोजकहरु, नेपाली समाज र स्वयमसेवकहरुको अथक परिश्रमको परिणाम नै नेपाल फेस्टिवल हो । त्यसैले आफ्नो पढाई, कामको बाबजुद पनि नेपाल फेस्टिवललाई सफल बनाउान अहोरात्र खटिनु भएका सम्पूर्ण नेपालीहरु धन्यवादका पात्र हुनहुन्न्छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349