eNepal

२००६ को त्यो पहिलो नेपाल फेस्टिबल

२००५ अक्टोबरमा काठमाडौँमा वृहत गैरआवासिय नेपाली संघ (एनआरएन) ग्लोबल कन्फेरेन्स भयो । उक्त कन्फेरेन्समा अष्टे«लियाको विभिन्न शहरबाट प्रतिनिधित्व गर्दै २६ जना सहभागि भएका थिए । त्यतिखेर एनआरएनए अष्ट्रेलियाको अध्यक्ष मन केसी थिए । कन्फेरेसनमा हरेक देशबाट आएका एनआरएनएका अध्यक्ष तथा प्रतिनिधिले विभिन्न तरिकाले आफ्नो भनाइ राखिरहेका थिए । त्यही अवसरमा अष्टे«लियाको तर्फबाट मन केसीलाई पनि आफ्नो भनाइ राख्न स्टेजमा आमन्त्रण गरियो ।

मन केसीले स्टेजमा एनआरएनएले अब नेपाली पहिचानलाई विश्वमाझ पुर्याउन, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना, भेषभूषा लगायत नेपाली मौलिकताको प्रबर्द्धन गर्न, नेपालको पर्यटन विकास तथा उद्योग र लगानी भित्रयाउन, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु र नयाँ पुस्तालाई नेपालको माटोसंग जोडिराख्नु कस्तो भूमिका खेल्नुपर्छ र यो किन जरुरी छ भन्ने विषयमा चर्चा गरिरएको थिए । यसै चर्चा विचमा उनले यो सबै कुरालाई जोड्न एनआरएनले आफ्नै सिङ्नेचर कार्यक्रम ल्याउनु पर्ने बताएँ । अनि सबैको अगाडि नेपाल फेस्टिबलको अवधारणा प्रस्तुत गरेँ । जुन अवधारणा सबैको लागि नौलो र रोचक भइदियो ।

उनले त्यतिखेर नेपालीहरु विश्वको कुनै पनि ठाउँमा पुगेतापनि आफ्नो संस्कृति र मौलिकतालाई जोगाउन प्रयासरत रहने र नेपाल फेस्टिवल आयोजना गर्दा यो नेपालीको पहिचान साराले थाहा पाउने कुरा अघि सारेँ  । कुरै कुरामा उनले आफ्नो टिमले यस्तो कार्यक्रम आयोजना गर्दा पूर्ण साथ दिने र सबैले सकारात्मक तरिकाले हेर्ने पनि भनिदिए ।

यो सँगै उनले भनेँ– नेपाली भाषा, संस्कृति र मौलिकताको सम्बर्द्धन तथा प्रबर्द्धनको खाँचो बढ्दै गएको र विदेशमा रहने सबै नेपाली, नेपाली समुदाय, विभिन्न संस्था, नेपाली भाषा, संगीत, नृत्य विद्यालय, नेपाली साहित्यिक संघसंस्था, दोश्रो, तेस्रो पुस्ता आदि सबैजना नेपाली संस्कृतिलाई जोगाउनु पर्छ भन्ने पक्षमा छन् र यसमा एनआरएनए संस्थाले ठूलो भूमिका खेल्नै पर्छ र नेपाल फेस्टिबल जस्तो कार्यक्रम गर्नैपर्छ । र यसको सुरुवात अष्टे«लियाबाट नै हुने धोषणा गरिदिए । कन्फेरेन्समा सबैले तालिको वर्षा वर्षाए किनभने मन केसीको यो अवधारणा नौलो र रोचक थियो ।

त्यतिखेर उनको अवधारणालाई धेरैले प्रशंसा त गरेँ तर उनको मनमा भने ठूलो चिन्ता थियो । बाहिरी प्रशंसा बटुलेर हाँसेपनि उनको मनमा ठूलो बोझ रह्यो । त्यसको कारण थियो, उनको नेपाल फेस्टिबलको अवधारणा स्टेजमा बोल्नेक्रममा आफैँ निस्केको थियो । यो विषयमा र यस्तो अवधारणामा न त उनले आफ्नो टिमसँग सल्लाह गरेको थिए न त एकछिन अघिसम्म पनि आफैँसँगपनि छलफल गरेका थिए । नेपाल फेस्टिबलको अष्टे«लियाबाट नै सुरु हुन्छ र आफनो टिमले पनि साथ दिने त उनले भने तर टिमले अब कस्तो रियाक्सन दिने हो भन्ने कुरामा उनी आफै कसमकसमा थिए ।

नेपाल फेस्टिवलको अवधारणाको बारेमा मनमा धेरै कुराहरु खेलाउँद्र उनी नेपालबाट सिड्नी आएँ र  सिड्नी आउनेवित्तिक्कै आफ्नो टिमसँग आफूले स्टेजमा नेपाल फेस्टिबलको बारेमा बताएको कुरा गरेँ । उनी भन्छन्– मआफूलाई एकदमै भाग्यमानी अध्यक्ष मान्छु । मलाई मेरो टिमले हरेकस्थिती परिस्थितीमा साथ र सहयोग दिएका थिए । त्यतिखेर पनि मैलेत्यसरी विना सल्लाह त्यस्तो कुरा गरेर आएपछि, अष्ट्रेलियामा नै पहिलो फेस्टिबल गर्छु भनेर एकप्रकारको चुनौति दिएपछि यदि मेरो टिमले मलाई साथ नदिएको भएँ कस्तो नराम्रो हुन्थ्यो । तर मेरो टिमले मलाई पूर्ण समर्थन गर्र्यो अनि मैले भनेजसरी सकारात्मक पनि भएँ । उनीहरुले बरु नेपाल फेस्टिवलको तयारीमा जुट्यौ र एउटा इतिहास कोरौँ भनेपनि ममा झन् उर्जा पलायो र अन्तत बोलेको कुरा पुरा गर्दै २००६साल अप्रिल २९ गते सिड्नीमा अष्ट्रेलियाव्यापी बृहत् नेपाल फेस्टिवलको आयोजना गर्यो। यसरी एनआरएनए संस्था रहेका देशहरुमध्येमा नेपाल फेस्टिवलको आयोजना गर्ने अष्ट्रेलिया पहिलो देश बन्यो ।

पहिलो नेपाल फेस्टिबल सिड्नीको मुटु डार्लिङ्ग हार्वरमा आयोजना गरिएको थियो । डार्लिङ्ग हार्वरमा फेस्टिवल गर्न ठूलै सकस भएको केसी बताउँछन् । उनी भन्छन्– हाम्रो लागि यो फेस्टिवल एउटा पहिलो परिक्षणपनि थियो । हामी कार्यक्रम गर्ने, नेपाली झण्डा फर्फराउने, नेपाली नृत्य, गानाबाजा गर्ने, नेपाली परिकार चखाउने त हो कार्यक्रम सजिलै भइहाल्छ नि भन्ने सोचेका थियौ तर फेस्टिबल गर्न त्यति सजिलो रहेनछ भन्ने बल्ल ज्ञान विस्तारै भयो ।  त्यतिखेर अष्टेलियामा ठूलाठूला इन्सुरेन्स कम्पनीहरु डुविरहेको थिए, नेपाल राजसंस्था तथा राजनैतिक अस्थिरतामा अल्झिरहेको थियो । त्यसैबीचमा पब्लीक लाइविलिटिको कुरा पनि आइरहेको थियो । केही हप्तामा डार्लिङ्ग हार्वरबाट भेन्यूको चार्ज ८४ हजार आयो । भेन्यूलाई यतिधेरै लाग्छ भनेर हामीले सोचेकै थिएन । त्यतिखेर अहिले जस्तो नेपालीहरुको विजनेस फस्टाएको पनि थिएन । त्यसैले पनि स्पोन्सर खोज्न अहिलेको जस्तो व्यापक रुपमा हिड्ने अवस्था पनि थिएन । भेन्यू महँगो भएपछि हामीले त्यतिखेर स्टेट तथा फेडरल मल्टिकल्चर मन्त्री लगायत प्रिमियर अफिस जताततै चिठ्ठी र फेस्टिवल प्रपोजल पठाएर भेन्यूको डिस्काउन्ट तथा अन्य सहयोगको माग गर्यौ । भाग्यवश हामीले भेन्यू फ्रि अफ कस्ट पायौँ तर भेन्यू सेटिङ्ग, साउण्ड सिस्टम र अरुपनि खर्चहरु गर्दा टोटल ११० हजार डलर जति खर्च देखियो । त्यतिखेर नेपालबाट हामीले चर्चित गायक राजु लामालाई सित्तैमा बोलाएको थियौ । हामी उहाँप्रति आजसम्म पनि आभारी छौ । तर यो फेस्टिवल उहाँको लागि पनि एकदमै शुभ भयो । उहाँको पहिलोपटक एकै स्थानबाट एकैदिनमा १,२०० आफ्नो गीतको सिडी बेच्नुभएको थियो ।

१५ हजार जनाको सहभागिता भएको उक्त पहिलो नेपाल फेस्टिवल सिड्नीलाई कमन वल्थ, सीक्यूयू र एममाईटीले स्पोन्र्सर गरेका थिए भने अन्य अरु विजनेस हाउस, नेपाली संघसंस्था तथा कति आफैँले पनि सहयोग गरेका थिए ।  त्यतिखेर खानाको तथा विजनेसको स्टल राख्न मान्छे नआएर वा नपाएर भनौँ, आठ सय बराबरको स्टललाई डिस्काउन्ट गरेर पाँच सय डलरमा घाटा खाएर दिएका थियौँ । अहिलेजस्तो कहाँ स्टलको लागि हारालुस गर्ने स्थिती थियो । मन केसी थप्छन्– प्रिमियरको प्रतिनिधिले यतिधेरै मान्छे आजसम्म कुनै पनि फेस्टिवलमा नदेखेको बताएका थिए । नेपालीहरु देखि अन्य मानिसहरुले त्यो फेस्टिबलमा एकदमै रमाईलो गरेका थिए । पहिलो फेस्टिवल सफल भएर नै आजसम्म पनि एनआरएनएले हरेक दुई दुई वर्षमा नेपाल फेस्टिवल हरेक स्टेटमा भव्यताको साथ मनाउँदै आएको छ ।

२००६ देखि शुरु भएको यो नेपाल फेस्टिवल आज आएर हरेक स्टेटले भव्यताको साथ मनाउँदै आएको छ । सिड्नीको नेपाल फेस्टिवल सफल भएपछि नेपाल फेस्टिवल हरेक दुई वर्षमा आयोजना गर्ने निर्णय गरियो, जसअनुसार अर्को नेपाल फेस्टिवलको आयोजना सन् २००८ मा गरिएको थियो। अष्ट्रेलियाका सिड्नी र मेलबर्नमा त्यतिबेला नेपालीहरुको बसाईसराई बाक्लो भइरहेको थियो। जसलाई मध्यनजर गर्दै मेलबर्नमा पनि नेपाल फेस्टिवलको आयोजना गरिएको थियो। मेलबर्नमा पहिलो पटक नेपाल फेस्टिवलको आयोजना गरिंदा नेपाली समुदाय उत्साहित बन्यो र अष्ट्रेलियाका दुई सहरमा नेपाल फेस्टिवलले त्यो वर्ष आफ्नो प्रभाव जनाउन सफल भयो। त्यसपछि विस्तारै विश्वे्रेन, एडिलेड, पर्थ, डार्विनले नेपाल फेस्टिवल मनाउन थाल्यो र यो वर्ष होवार्टले पनि नेपाल फेस्टिवल मनाउँदैछ र अर्को वर्ष क्यानवेरामा पनि नेपाल फेस्टिवल मनाउने तयारीमा छ ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349