eNepal

बुमरेङ्ग दसैं कपको उपाधि मेलबर्नको यती फुटबल क्लबको पोल्टामा

दसैंको अवसर पारेर एडिलेड खुकुरी क्लबले बिगत एक दशकदेखि आयोजना गर्दै आएको दसैं कपको उपाधि मेलबर्नस्थित यती फुटबल क्लबले हात पारेको छ ।

दक्षिणी अस्ट्रेलियामा दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा यती फुटबल क्लबले  मेलबर्नकै रोयल वेस्टर्न क्लबलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो। 

प्रतियोगितामा नेपालको राष्ट्रिय टीममा रहेका तथा टीमबाट खेलिसकेका १ दर्जनभन्दा बढी खेलाडीहरुको सहभागीता रहेको थियो।

गएको शनिबार र आइतबार दुईदिनसम्म भएको लिग चरणमा खेलाइएको प्रतियोगिताको फाइनलमा यती फुटबल क्लबका तर्फबाट राष्ट्रिय खेलाडी जगजीत श्रेष्ठ, आशिष लामा, सुमन लामा र विमल रानाले गोल गरेका थिए । प्रतियोगिताको दोस्रो हाफमा रोयल वेस्टर्न क्लबका रवि थिङले सान्त्वना गोल फर्काएका थिए ।

प्रतियोगिताको उपाधिसँगै यती फुटबल क्लबले ६ हजार ५ सय नगद अस्ट्रेलियन डलर, ट्रफी र मेडल हात पारेको थियो भने उपविजेता रोयल वेस्टर्नले २ हजार डलर नगद, ट्रफी र मेडलमा चित्त बुझाउन परेको थियो ।

प्रतियोगितामा यतीका तर्फबाट गोलकिपर रहेका नेपाली राष्ट्रिय टोलीका गोलकिपर एलन न्यौपानेले उत्कृस्ट गोलकिपरको उपाधि पाए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी र उच्च गोलकर्ताको उपाधि आशीष लामाले हात पारे। त्यस्तै उत्कृष्ट डिफेन्डर राजन गुरुङ भए भने  उत्कृष्ट मिडफिल्डर जगजीत श्रेष्ठ भएका थिए । उत्कृष्ठ खेलाडी चुनिएका सबैले जनही २ सय डलर नगद र ट्रफीसमेत जितेका थिए ।

मुख्य क्लबका साथै ३५ वर्षमाथिका खेलाडीहरूको भेट्रान क्लब र बालबालिकाको समेत प्रतियोगिता आयोजना गर्ने गरिएको छ । प्रतियोगितामा भारतीय टीमसहित यस वर्ष दक्षिण अस्ट्रेलियाका १३ र मेलबर्नका ३ गरी १६ क्लबले सहभागिता जनाएका थिए भने ४ भेट्रान क्लबको समेत सहभागिता थियो ।

यसैगरी बालबालिकाको दुई टीमले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा नारी निकुञ्जको संयोजनमा महिलाका दुई टीम समेत सहभागी थिए ।

यसैगरी भेट्रानतर्फको उपाधि भारतीय फुटबल क्लब एसबीएसले ब्रदर युनाईटेड फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै जित्न सफल भएको थियो । जितसँगै ८ सय डलर नगद, ट्रफी र मेडल समेत हात पार्न सफल भयो ।

बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको बालबालिकाको फुटबल प्रतियोगिताको उपाधि नेपाली विद्यालयले जितेको थियो ।

प्रतियोगितामा राष्ट्रिय टीमका पूर्व तथा वर्तमान खेलाडीका साथै नेपालको ए डिभिजन खेलिरहेका एक दर्जनभन्दा बढी खेलाडीको सहभागिता थियो प्रतियोगितालाई उनीहरूको उपस्थितिले अझ रोचक बनाएको थियो । प्रतियोगितामा एलन न्यौपाने, जगजीत श्रेष्ठ, आशीष लामाका साथै राजन गुरुङ, सुमन लामा, विमल राना लगायत परिचित खेलाडीको सहभागिता थियो ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349