मनोज पौड्याल
मैले अस्ति भर्खर एउटा समाज खोले। हामी पाँच जना जति छौ। अस्ती एकजनाको घरमा बार्बेक्यु गरेर केही महत्वपुर्ण बिषयमा छलफल भयो। समाजको हकहित अनि सामाजीक सेवामा कसरी ऐकेबद्दता जनाउने, चुनाबमा कसरि फलानो प्यानललाई जिताउन पहल गर्ने अनि कुन पाटीको नेता आउँदा कसरी सम्मान गर्ने जस्ता महत्वपुर्ण कुरामा छलफल भयो। म स्वम अद्धक्ष छु।अव मलाई कुन दर्जाको सेलीब्रेटीको ताज पहिरीने हो। बुझ्नै गार्हौ के।
मसँग क्यामरा छ ठुलो भन्छन् नि डिएसएलआर। अस्ति बक्सिङ डेको दिनको दिन किनी हालीयो। चलाउन पनि खासै आउँदैन। कति धेरै हुन् फङ्कसन पनि। खै राम्रो फोटो ग्राफर बन्न त पढ्न पर्छ रे। खै अव के पढ्नु बुढेसकालमा। यसो आफ्नै साथी भाईका कार्यक्रममा जान्छु अनि यत्रो बडेमानको क्यामरा कम्मरमा भिडेर खिचीक खिचीक फोटो हान्छु। अहिले फोटोग्राफर भनेर चिन्दा रहेछन् यसो एकदुई ठाउँ। लौ न अब त म पनि पो सेलीब्रेटी भएँ कि क्या हो। कुन दर्जाको सेलीब्रेटी दिने हुन् त्यो पो चिन्ताको बिषय पर्यो।
म फेसबुकको एडिक्सननै भए। बेला बेलामा कडा स्ट्याटस ठोक्छु। राजनितीको अलि कती किरा ममा नि सरेछ। यसो राजनिती घोचपेच,व्यङ्ग्य नि दिई रहेको हुन्छु। अनि लाईक र कमेन्ट कति आए स्क्रोल गरेर बस्छु। कसैले के कमेन्ट गर्छ प्रतीक्षामा हुन्छ।जे होस् ४०-५० लाईक चाँही आउँछ।सायद मन पराएर होला। कतै म पनि पो सेलीब्रेटी भएकी जस्तो आभाष हुने के। बरु कुन दर्जाको सेलीब्रेटीको ताज भिराउने हुन् त्यो पो कौतुहल बढेको छ क्या।
ज्यान हल्का बनाए कि जिम गरेर। यसो हेर्दा आफुलाई मोडेल जस्तो लाग्थ्यो। एक्टीङ त खासै केही आउँदैन। टिभीको कपीक्याट गर्छु कहिले काँही त्यो पनि कोठामा। पौल साहलाई देख्दा त्यो भन्दा म के कम छु र जस्तो घमण्ड पनि लाग्छ।अस्ती एकजना दाईले मोडेल गर्ने हो। गर्ने हो भने हजार डलर देउ म एउटा गीतमा मोडेल बनाई दिन्छु भने।कस्को गीत,कस्तो गीत,अभीनय आउँछ आउँदैन,केही सोधेनन्। मलाईनि के खोज्छस् कानो आँखो भयो। हुन्छ भन्दे अनि झन् ड्रमबेल उचाल्न थाले।एकै दिनमा भ्याईयो शुटीङ। कफी खाएको अनि समुन्द्रको छेउमा एकै छिन खिचेका थिए। पार्कमा एक छिन्।न कुनै अभिनयनै गरियो। बडो गजब र सजिलो रहेछ नि मोडेल बन्न । झ्याम्म गीत रिलीज भयो युट्युबमा। अस्ती हेरेको चारसय भ्यु भईसकेछ। सय चोटी भन्दा बढी त मैले हेरे।लौ न अव त सेलीब्रेटीनै भईएछ। अटोग्राफ पो माग्छन की जस्तो लाग्ने के।
अस्ती नेपालमा एकजना बिरामी परेछन्। लौ न सहयोग गर्दिनु पर्यो भने। मैले फेसबुकमा सहयोगको हात फैलाए। सोचे होलान् समाजसेवी भएछ। आखिरी फेशबुकमा यसो लेखेर हाले पछि समाजसेवी सम्झदा रहेछन् चलेको चलन क्या। झ्याप्प आफैले सय डलर दिएँ। बाँकी चिने जानेका हरुबाट उठाएर पाँचसय बनाए अनि फेसबुकनै मार्फत पिडीतलाई दिएको जानकारी दिएँ। अहिले त मलाई समाजसेवी भन्दै हिड्छन् रे मान्छे। अव अर्को गाला डिनरमा ईमेल पठाउँछन् होला प्रमुख अतिथी भनेर।
अस्ती नेपालबाट नेता आउने थाहा पाएँ। हतार हतार काममा अापत्कालीन छुट्टी लिएर सोझै एयरपोर्ट हानीए बुकी र खदा बोकेर। खै कुन टिभीले लाईभ गर्ने रहेछ। त्यो पनि चलेको चलन। नेतालाई परैबाट दगुर्दै गएर अङ्कमाल हाले, हात मिलाए अनि बुके दिए र खदा पनि गलामा लगाई दिएँ। क्यामराले देख्ने गरि डेग नमारी नेताको अघिल्तीर बसे।अनि त्यहिबाट बिदा भएर घर आएँ। फोन आयो लौ बधाई छ है नेता जी पो भन्छन् बा। समाजमा एकै छिनमा त्यस्तो प्रभाव परि सकि सकेछ।अव सकिएन त सबैले नेताको कार्यकर्ता भनेर चिनीहाले। अव जुनसुकै समाज वा सँस्थाले कार्यक्रम गरोस् त मलाई ईमेल आउँछ त्यो पनि बरिस्ठ अतिथीको ट्याग भिराएर।सक्कि गो नी।
अस्ती नेपाल जाँदा भुकम्प पीडितलाई भेट्ने मौका पाएँ। गोरखा जाँदा साथीहरुले जाउँ लाप्राक भने। यसो हाम्रो एनआरएनका शेष घले दाईले बनाउँदै गरेको नमुना बस्ती पनि हेरौ भनेर गईयो। काम धमाधम चलि रहेको रहेछ। त्यहि मौकामा फोटो खिचीयो।यसो काम गरे जस्तो टोपलेर फोटो हान त भाई भनीयो। झ्याप्प फेसबुकमा राखियो।एकै छिनमा अस्ट्रलीयाबाट फोन आउँछ बा। ल बधाई छ अवको एनआरएनएको कुन पदमा उठ्दै हुनुहुन्छ। लौ मेरो भोट पक्का भो है हजुरलाई भन्छन् भाई। लौ त्यस्तो प्रभाव पर्दो रहेछ। अव पुगे लगत्तै मिटीङ र सेमीनारमा नछुटीने भईयो। बरु कुन दर्जाको सेलीब्रेटीको ताज लगाई दिने हुन् कुन्नी।