eNepal

मेल्बर्नको अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले भोली निशुल्क जमरा बाढ्दै

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले यो बर्षको बढा दशैंको शुअबसर पारेर इतिहाँसमानै पहिलो पटक आफैले खरिद गरेको स्थलबाट पूरोहितद्वारा पुजापाठ गरिएको जमरा निशुल्क बाढ्ने भएको छ। जमरा बितरणको कार्यक्रम भोली बिहान आठ बजेबाट गरिने छ।

घटस्थापनाको अबसर पारेर डिगर्स रेस्टमा खरिद गरेको १०० डण्कन्स लेन परिसरमा अवस्थित घरमा स्थानीय पुजारीद्वारा पुजा पाठ गरि जमरा रोपीएको थियो।

भवन परिसरमा घटस्थापनाबाट हरेक बिहान र साँझ पुजा अर्चना हुँदै आएको छ।

आज महानवमी अर्थात नवरात्रीको अन्तिम दिन पनि बेलुका ५ बजेबाट बिगत ९ दिन देखि गरिएको चण्डि पाठको समापन, देवि दुर्गाको हवन, देवि दुर्गाको पुजा आराधना एवम आरतिी सहित देवीका प्रतिक कन्याकुमारिको पुजाको पनि कार्यक्रम रहेको हुँदा सपरिवार सहित आफ्नो छोरीलाई लिएर मन्दिरमा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ। 

यससगै यदि कोहि कन्याहरुको पुजागर्न इच्छुक हुनुहुन्छ भनेपनि आज बेलुका ५ बजे उपस्थित हुनु अनुरोध गरिएको छ।

आज बेलुकाको कार्यक्रमको कार्यतालिका यस्तो रहेको छ.

बेलुका ५:०० देखि ५:३० सम्म हवनको कार्यक्रम 

बेलुका ५:३० देखि ६:०० सम्म देवि दुर्गाको पुजा एवम आरती 

बेलुका ६:०० देखि ७:०० सम्म कन्या पुजा 

बेलुका ७:०० देखि ८:०० भजन किर्तन एवम प्रसाद बितरण 

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले गएको अक्टोबर १ गते शनिबार आफ्नै भवनमा दशैं बिशेष कार्यक्रम भव्यताका सम्पन्न गरेको छ। पर्वलाई एक उत्सवको रुपमा मनाउने हेतुले केन्द्रले औपचारिक सत्र, सांस्कृतिक प्रदर्शन र पुजापाठ लगाएत भजनको साथमा मनाएको थियो। आफ्नै भूमिमा भएको पहिलो कार्यक्रममा ठुलो सङ्ख्यामा नेपालीहरूले उपस्थिति जनाएका थिए। 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349