नेपालीहरु महान चाढ वढा दशैँको अवसर पारेर मेल्बर्नमा सक्रिए रहेकोको युवाहरुको सन्जाल मेल्वर्ननेपालले दसैंचिट्ठा कार्यक्रम आयोजना गर्दैछन्।
१६ सेप्टेम्बरबाट सुरु भएको दसैंचिट्ठा कार्यक्रमको टिकट ५ डलर राखिएको छ भने यसबाट उठेको रकम नेपालका दुर्गम झेत्रका इच्छाकामना गाउँपालीकाको चेपाङ बस्तीका १८० महिलालाई सेनीटरी प्याड र महिनावारी सम्बन्धी जनचेतना जगाउने कार्यक्रमलाई सहयोग गर्ने भएको छ।
यस आयोजनाको संयोजकमा मेलीशा गिरी हुनुहुन्छ।तपाईंको चिठ्ठाको लागि सचिब अनिश सिटौला , उपाध्यक्ष रूपा पाण्डे र क्याम्पेन म्यानेजर अनील अर्याललाई सम्पर्क गर्नु पर्ने छ।
गएको वर्ष मेल्बर्नमा कोभीड आइसोलेसनमा रहेका बिस जना बिधार्थीहरुलाई दशै कोशेली बितरण र नेपालमा रहेको Our Child Protection Foundation Nepal – OCPFN मा रहेका ३० जना अनाथ बालबालिकालाई शैक्षिक, खेलकुद तथा सङ्गीतका केहि सामग्रीहरु बितरण गरेको थियो।
“दशैँ चिठ्ठा तपाईंको, खुसी सबैको” नाराको साथ चलाइएको यस चिट्ठा कार्यक्रमबाट प्रथम हुनेलाई एउटा खसी र तीनसय डलर दोश्रो हुनेलाई पनि खसी र नगद एकसय पचास डलर र तेश्रो हुनेलाई एउटा कुखुरा र नगद एकसय पचास डलर पुरस्कार राशी राखिएको छ। त्यस्तै सान्त्वाना पुरस्कार बापत १० भाग्यशाली विजेतालाई आकर्षक गिफ्ट ह्याम्परको व्यबस्था रहेको छ।
दशैं हाम्रो सबै भन्दा ठूलो पर्ब हो।बिदेशी कर्मभुमिमा रहेर पनि युवा सामजिक सञ्जाल मार्फत नेपालमा जस्तै चिठ्ठा कार्यक्रम गरेर चेपाङ समुदाएलाई केही सहयोग गरौ भन्ने हेतुले यो बर्षको दसैंचिट्ठा कार्यक्रम ल्याएको मेलबर्ननेपालका अध्यक्ष शैलेस घिमीरेले जानकारी गराउनु भयो। यसले चाढको यो माहौलमा परदेशमा एकअर्का बिच एकता, भाईचारा र आफनत्वको आभाष त गराउँछनै यसको अलावा समुदाए प्रती आफ्नो दायित्व बोध गराउँन पनि थप मद्दत गर्छ।