eNepal

मेल्वर्नको पूर्वी क्षेत्रमा इस्टर्न वारियर्स फुटबल क्लबको स्थापना, यस्तो छ क्लवको उद्देश्य

महानगरीय मेलबर्नको पूर्वी क्षेत्रमा पहिलो नेपाली समुदायको फुटबल क्लब इस्टर्न वारियर्स फुटबल क्लबको स्थापना भएको छ। गएको ४ सेप्टेम्बरमा आफ्नो घरेलु मैदान मिलपेरा रिजर्भ वान्टिरना, भिक्टोरियामा एक कार्यक्रमको आयोजना गर्दै क्लवको उद्घाटन समारोह गरिएको थियो।

क्लबको उद्घाटन समारोहमा प्रमुख अतिथिहरू औद्योगिक सम्बन्ध र कार्यस्थल सुरक्षा मन्त्री तथा व्यापार एवम् भिक्टोरियाका छाया मन्त्री माननीय संसद सदस्य निक वेकलिंग, भिक्टोरियाका लागि नेपालका महावाणिज्य दूत चन्द्र योन्जोन र इस्टर्न वारियर्स फुटबल क्लबका अध्यक्ष कृष्ण रानाको उपस्थिती रहेको थियो।

कार्यक्रमलाई कार्यकारी सदस्य एबम् इस्टर्न वारियर्स फुटबल क्लबका अन्डर-१४ का सह-संयोजक सरोज शाक्यले सन्चालन गरेका थिए भने क्लवका पदाधिकारी लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । 

 

उक्त उद्घाटन कार्यक्रममा नेपाली समुदायका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू, खेलकुद क्लबका प्रतिनिधिहरू, खेलाडीहरू, नेपाली पाठशालाका प्रतिनिधिहरू  सहित १५० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात नेपाली परिकारहरु सहितको बार्बेक्यु लन्चबाट भएको थियो भने क्लवका अध्यक्ष कृष्ण राणाले स्वागत मन्तव्य राखेका थिए । राणाले उपस्थित सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै क्लबको खेलकुद गतिविधिमा सहभागी हुन सबैलाई अनुरोध गरेका थिए। उनले ईच्छुक सबै खेलाडीहरूलाई कुनै उमेर, लिङ्ग वा सांस्कृतिक पृष्ठभूमिको भेदभाव नगरी क्लवमा सामेल हुन प्रोत्साहित समेत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय निक वाकेलिङले कार्यक्रमको निमन्त्रणाप्रति कृतज्ञता व्यक्त गर्दै तीव्र गतिमा बढ्दै गइरहेको नेपाली समुदायको बिशेष कार्यक्रमको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरे। उनले खेलकुद र शारीरिक क्रियाकलापको महत्त्वपूर्ण भूमिका र यसले मानसिक र शारीरिक दुवै रूपमा फिट रहन कसरी मद्दत गर्छ भन्ने कुरा बताए। 

भिक्टोरियाका लागि नेपालका महावाणिज्य दूत चन्द्र योन्जोनले क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिदै विशेष गरी युवा पुस्तालाई इन्टरनेटमा आधारित इनडोर खेलहरूबाट विचलित गर्दै वास्तविक बाहिरी खेल खेल्नुको फाइदाबारे प्रकाश पार्नु भयो।

क्लवका संस्थापक संरक्षक जोग लिम्बुले कार्यक्रमलाई सम्बोधन गर्दै क्लबको मुख्य उद्देश्य र भावी गतिविधिहरूको बारेमा जानकारी दिनु भएको थियो। उहाँले जीवनका विभिन्न पक्षमा खेलकुदको महत्वलाई उजागर गर्दै सबैले खेलमैदानमा बढी समय बिताउन आग्रह गर्दै क्लबसँग सहकार्य र सक्रिय संलग्नताका लागि नेपाली पाठशालालाई बिशेष धन्यवाद दिनु भएको थियो। सबै खेल प्रेमीलाई क्लवले आयोजना गरेका तालिम कार्यक्रममा सहभागी हुन प्रोत्साहित गर्दै भविष्यमा समुदायका सबै क्षेत्रबाट सहयोगको अनुरोध समेत गर्नु भयो।

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) का अध्यक्ष राजेश आचार्यले क्लवका संस्थापक संरक्षक जोग लिम्बुको भनाइलाई समर्थन जनाउँदै युवा पुस्ताले खेलकुद गतिविधिमा संलग्न हुनका लागि सामना गर्नुपर्ने बाधाहरूको बारेमा प्रकाश पार्नु भयो।

सोही कार्यक्रममा नेपालका दुई चर्चित पूर्व राष्ट्रिय खेलाडी प्रवेश केसी र अर्जुन रिजाललाई प्रबन्धक र प्रशिक्षकको रुपमा समाबेश गरिएको जानकारी गराईएको थियो।उहाँहरु दुवै जनाले सबै अतिथि र सहभागीहरूलाई धन्यवाद दिदै क्लबलाई निरन्तर सहयोगको लागि बताउनु भएको थियो।

नेपालमा थ्रीस्टार क्लबका पूर्व खेलाडी तथा क्लवका वर्तमान प्रबन्धक डा भास्कर अमात्यले टोलीमा सहभागी हुन पाउँदा आफूलाई गौरवान्वित भएको र शारीरिक क्रियाकलापमा संलग्न हुनुले शारीरिक र मानसिक स्वास्थ्यमा मात्रै नभई मानसिक सन्तुलन बढाउने पनि प्रमाणित गरेको बताए। 

उद्घाटन समारोह पछि क्लवका सिनियर र जुनियर खेलाडीहरूको संयुक्त फुटबल खेल समेत भएको थियो।

सन् २००५ मा स्थापना भएको इस्टर्न वारियर्स स्पोर्ट्स क्लबको अभिभावक संस्था हो  इस्टर्न वारियर्स फुटबल क्लब जसको अध्यक्ष कृष्ण राणा हुनुहुन्छ भने उपाध्यक्षमा अर्जुन रिजाल, महासचिवमा पुरु थापा, कोषाध्यक्ष गणेश भण्डारी हुनुहुन्छ। त्यसै गरि कार्यकारी सदस्यहरुमा सान लिम्बु, तमोज बज्राचार्य, सरोज शाक्य,भूपाल केसी र सरोज पौडेल रहनु भएको छ।

क्लबका संरक्षकमा जोग लिम्बु, सल्लाहकारमा भास्कर अमात्य, प्रवेश केसी, रञ्जन कोइराला, राजेश अर्चाय, प्रविण भण्डारी, केशव कँडेल, दिवाकर बस्नेत, हरिश कार्की र प्रकाश अर्चाय रहनु भएको छ।

क्लबले सोही दिन प्लेटिनम प्रायोजकको रूपमा “गुडविल फाइनान्स” लाई घोषणा गरेको थियो भने सिल्भर प्रायोजकको रुपमा च्यान्ड्लर आरटियो रहेको जानकारी गराएको थियो।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349