eNepal

नेपाल फेस्टिभल मेल्बर्न बन्यो भव्य, हजारौको सहभागीता, नेपालमय बन्यो फेडरेशन स्काएर

एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम नेपाल फेस्टिभल मेल्बर्नको मुटु फेडेरेशन स्कायरमा भव्यताको साथ सम्पन्न भएको छ। फेस्टिभलमा सहभागिता हुन अष्ट्रेलियाको विभिन्न राज्यबाट एनआरएनएका पदाधिकारी लगायत अन्य व्यक्तित्वहरुको उपस्थित रहेको थियो।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोख्रेल प्रमुख अतिथि रहेको यस फेस्टिभलमा विशेष अतिथिहरूमा भिक्टोरीयाको महिला तथा शिक्षा मन्त्री नतालि हुचिहिन्स, उर्जा मन्त्री लिलि एम्ब्रोरोसियो, लेबरका फेडरल एमपी पिटर खलिल, लिभरलका फेडरल एमपी डेभिड कोल्म्यान, कौशल्या भघेला, टिएन किएन, ब्रोनवीन हाल्पेन्नी, काउन्सिलर जोसेफ हुवेल, काउन्सिलर मार्क रिली, पिटर मानर्ड, जस्मिन हिल, भिक्टोरियाको लागि नेपाली अवैतनिक दूत चन्द्र योञ्जन, भिक्टोरिया बहुसांस्कृति कमिशनका प्रमुख भिभिन नुगेन, रिगंउडका लिवरल पार्टी प्रतिनिधि सिन्थीया वाटसन, भिक्टोरियाका आपतकालिन व्यवस्थापनका प्रमुख एन्ड्रयू क्रिस्पको उपस्थिती रहेको थियो।

प्रत्यक्ष प्रशारण हेर्नको लागि यहाँ क्लिक गर्नु होला।

https://fb.watch/fu96L1Nkr9/

https://fb.watch/fu97VHCpzk/

त्यसै गरी भिक्टोरीयाको लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनए आईसीसी अपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण काफ्ले, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग लगायत विभिन्न राज्यबाट एनआरएनका संयोजक तथा प्रतिनिधिहरू उपस्थित भएका थिए।

बिहान ११ बजे ट्रेजरी विल्डिङ्गबाट परेड सुरु गरेर नेपाल फेस्टिभलको शुभमुहर्त गरिएको थियो। परेडमा राजदूत कैलाश पोख्रेल, भिक्टोरीयाको लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन लगाएत एनआरएनए आईसीसी, एनसीसी र एसीसीका सबै पदाधिकारीहरू पनि उपस्थित भएका थिए। 

नेपाली बाजागाजा र जातजातीका अलगअलग पहिचानसहितका झाँकीले मेल्बर्नको मुख्य शहरको परिक्रमा गरेको थियो। नेपालको पहिचानका रूपमा चिनिएका धरहरा, बौद्ध तथा स्वयम्भू स्तूपलगायत सामाग्रीले दर्शकको ध्यान खिचेको थियो।

नेपाल र अष्टेलियाको झण्डा फरफराउँदै फेडेरेशन आइपुगेको परेडमा कुमारी, बुद्ध देखि लिएर पन्चे बाजा तथा विभिन्न संस्कृतिको मौलिक नृत्य देखि क्रियाकलापहरू आकर्षण थिए।

भिक्टोरियालगायत अष्ट्रेलियाका अन्य राज्यबाट आएका नेपालीहरु आफ्नो मौलिक भेषभुषामा सजिएर परेडमा सहभागी भएका थिए। परेडमा मौलिक बाजाका साथ बिभीन्न जातजातीहरुले आफ्नो मौलीक नाचको साथ सहभागी जनाएका थिए।

कार्यक्रमका अध्यक्ष तथा एनआरएनए भिक्टोरियाका अध्यक्ष हरि खड्काले स्वागत मन्तव्य दिनु भएको थियो भने अष्ट्रेलियाका संघीय तथा प्रादेशिक सरकार तथा संसदको तर्फबाट कालवेलका संघीय सदस्य सांसद मारिया भल्बाकिनौं, पिटर खली, भिक्टोरियाका सांसद लिली डि एम्ब्रोसिस, नेटेली हटचिन्स, डेविड साउथविक, कौशल्या भघेला, टिएन किएन, ब्रोनवीन हाल्पेन्नी, काउन्सिलर जोसेफ हुवेल, काउन्सिलर मार्क रिली, पिटर मानर्ड, जस्मिन हिल, भिक्टोरियाको लागि नेपाली अवैतनिक दूत चन्द्र योञ्जन, भिक्टोरिया बहुसांस्कृति कमिशनका प्रमुख भिभिन नुगेन, रिगंउडका लिवरल पार्टी प्रतिनिधि सिन्थीया वाटसन, भिक्टोरियाका आपतकालिन व्यवस्थापनका प्रमुख एन्ड्रयू क्रिस्प, एनआरएनए आईसीसी अपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण काफ्ले, एनआरएनएका नेता तथा प्रखर वक्ता दिनेशराज जोशी, भिक्टोरिया नेपाली समाज (न्याभ)का अध्यक्ष प्रेम राज उप्रेती लगायतले सम्बोधन गरेका थिए । 

त्यसै गरेर शिक्षा मन्त्री नतालि, उर्जा मन्त्री लिलि, फेडरल एमपीद्वय पिटर र डेभिडले नेपाली संस्कृति सुन्दर र धनी रहेको बताएका थिए।

कार्यक्रममा सहभागी हुने सबै जना खादा र ढाका टोपी लगाएर स्वागत गरिएको थियो। विभिन्न नृत्यसहित संगीतले फेस्टिभलको माहोल तातिएको थियो। फेस्टिभलमा लोक दोहोरी गायक बद्री पंगेनी, गायिका एलिना चौहान र व्याण्ड कववेभले दमदार प्रस्तुति दिइएको थियो।

ब्लुबेरी रियलस्टेटले मुख्य प्रयोजन गरेको यस फस्टिभलमा अन्य  दर्जनौ संघसंस्थाले सहयोग गरेका थिए।

Photo: Shankalpa Photography

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349