eNepal

दिदीबहिनी समाज जिलोङ शाखाद्धारा आयोजीत पहिलो तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

महिला सशक्तिकरण एबं विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन–घरेलु हिंसामा परेका महिलाहरूको सहयोगका लागि काम गर्दै आएको दिदी–बहिनी समाज भिक्टोरियाको जिलोङ शाखाले बिभिन्न रोचक खेलहरु सहित पहिलो कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा बिभिन्न किसिमका रोचक खेलहरुमा बिजयी, नेपालको मध्य-पश्चिम क्षेत्रका यौन–घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ आयोजित मेलबर्नको तीज कार्यक्रममा नाच्नेहरु र कार्यक्रम आयोजना गर्न सकृय सदस्यहरुलाई दिदी–बहिनी समाज भिक्टोरिया र लुम्बिनी-कपिलवस्तु विस्व अभियानका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । 

खेलहरुतर्फ बिजयी पुष्पा, निलम, रेनु, कृति, रेखा, आश्मा र सम्झना ; दिदी–बहिनी समाज भिक्टोरियाद्धारा नेपालको मध्य-पश्चिम क्षेत्रका यौन–घरेलु हिंसामा परेका महिलाहरूको सहयोगका लागि अर्थ संकलनका लागि नाच्न सहभागी हुनेहरु रेखा, सलिना, मालती, प्रतिभा, रेनु, आश्मा, अन्जली र फिजिकल र कार्यक्रम आयोजना गर्न संयोजनकारी भूमिका निर्बाह गर्ने रेनु र निनुलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, दिदी–बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा श्रेष्ठ, कार्यक्रममा उपस्थित हुने अभिभावकहरु माया खरेल, रामकान्त खरेल, गंगा अर्याल सुबेदी र सुदिप प्रसाद सुवेदीहरुद्धारा मायाको चिनो प्रदान गरिएको थियो ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349