नेपाल फेस्टिबल मेल्वर्नको तयारी लगभग अन्तिम चरणमा पुगेको छ। भोली सेप्टेम्बर १० फेडेरेशन स्क्वायरमा हुन गइरहेको नेपाल फेस्टिबललाई सफल बनाउन हरेक टास्क फोर्सले आफ्नो कार्य क्षेत्रमा मेहेनत गरिरहेका छन् । त्यस्तै मेहेनत कल्चरल ग्रुपले पनि गरिरहेका छन् ।
फेस्टिबलको धेरै आकर्षणहरु मध्ये नेपाली साँस्कृतिक झल्काउने नृत्य पनि एक रहेको छ । धेरै मान्छेहरु यही नृत्य हेर्नलाई पनि नेपाल फेस्टिबलमा भाग लिने गर्दछन् । विगतको फेस्टिबलहरुमा जस्तै यसपाली पनि स्थानीय कलाकार, कोरियोग्राफरहरुले एकदमै मेहेनतको साथ नृत्यहरु तयार गरिरहेका छन् ।
यसपालीको नेपाल फेस्टिवल मेलबोर्न–२०२२ मा पनि सांस्कृतिक कार्यक्रम तर्फको नेतृत्व गर्नु हुने नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) का पूर्व अध्यक्ष समेत रहेका राम गुरुङ्ले गरेका छन । २००८ देखी अष्ट्रेलियालाई आफ्नो कर्म थलो बनाउँदै आएका गुरुङ् सधैँ हँसिलो मुहार लिएर समाज सेवामा लागेका छन् । नेपाल फेस्टिवल किन महत्त्वपूर्ण छ भनेर सोधिरहँदा उनी भन्छन्, “यो हाम्रो कला, संस्कृतिलाई विदेशीमाझ चिनाउने एउटा उत्तम अबसर हो । यस फेस्टिबले सबै जातजाती, भाषा, भोषभूषालाई समेटेर लाने गर्दछ । अझ कल्चलर पाटोमा त हामीले यस कुरालाई विशेष ध्यान दिन्छौ । हामीले पूर्वको भाकादेखि पश्चिमको देउडासम्म, सकेसम्म धेरै नृत्यहरु समेट्न खोजेका छौ । यसो भन्दै गर्दा उनी थप्छन्, “यही कुरालाई मध्यनजर गरेर अहिले धेरै कलाकारहरुले आफ्नो प्रस्तुतिका लागि अभ्यास गरीरहेका छन ।”
त्यसैगरी यही कला संस्कृति टिमका कोरीओग्राफर सायद श्रेष्ठ नेपाल फेस्टिबलको लागि लिएर एकदमै उत्साहित रहेको बताएका छन् । अघिल्लो नेपाल फेस्टिबल –२०१८ मा मारुनि, लाखे नाचमा आफ्नो प्रस्तुति दिइसकेका सायद श्रेष्ठ यसपालीको नेपाल फेस्टिवल २०२२ मा भने अलि फरक प्रस्तुती दिने तयारीमा छन ।उनी भन्छन्,“ गोर्खा नामबाट संसारमै प्रख्यात नेपालीलाई सम्मानका साथ समर्पण गर्दै छन । नेपस ग्रुपको तर्फबाट नेपाली कला संस्कृती लाई जोगाउने हेतुले काम गर्दै आएको कुरा पनि जानकारी दिए । उनलाई साथ दिरहेका अन्य कलाकार लाई पनि उनले धन्यवाद दिए ।
सायदको कुरालाई समर्थन गर्दै अर्का कोरियोग्राफर सुशान्त योन्जन पनि नेपाल फेस्टिबल भव्य हने र कल्चर पाटो अझ आकर्षण हुने विश्वासमा छन् । २०१३ देखि अष्ट्रेलिया बस्दै आएका सुशान्त योन्जनले नेपाल फेस्टिबल लगायत अन्य विभिन्न कार्यक्रममा पनि कोरियोग्राफी गर्दै आएका छन् । उनी भन्छन्, “नेपाल फेस्टिवल हामी जस्ता युवाहरुको पनि आफ्नो देशप्रतीको माया देखाउने र बुझ्ने थलो हो र मेरो समुहमा मलाई साथ दिइ रहेका छन्,–रोजालिन बासु,नबिना ढकाल र अन्य साथीहरु ।
त्यसै अर्का कोरियोग्राफर कृस्टिना अनुले आफू ३ बर्षको हुँदा बुवाआमा सँग मेल्वर्न आएको र नेपाली कार्यक्रमहरुमा नाँच् आफ्नो कला देखाउन मन लाग्ने बताइन् । उनी भन्छिन् “सानै उमेरमा नेपाल बाट यहाँ आए पनि नेपाल प्रती धेरै माया रहेको र यसरी नाँच्दा मलाई नेपाल देशसँग कनेक्ट भएको आभाष हुन्छ ।
अर्का कलाकार मन माया गुरुङले तमु समाज भिक्टोरियाको तर्फबाट पहिलेको नेपाल फेस्टिवल मा पनि सहभागिता जनाएको र यसपली पनि विशेष गरी गुरुङ जाती को रोधी बस्ने चलन लाई झाल्काउने खाल्को परिवेश लाई लिएर आफ्नो प्रस्तुती दिन लागेको बताएकी छिन् । विशेष गरी नेपालको गण्डकी प्रदेशमा बसोबास गर्ने गुरुङ जातीको परम्परा, नाच– गान को शैलीलाई लिएर आफू र आफ्नो टिमले तयारी गरी रहेको जानकारी उनले दिएकी छिन् । उनले यस्तो गरिमामय पर्वमा आफू र आफ्नो टिम जोडिन पाउँदा धेरै खुशी भएको कुरा पनि हामीलाई साटेकी छिन् ।
अर्का कोरियोग्राफर जेनी गुरुङले २० जना भन्दा बदी कलाकार हरु समावेश गरी स्वागत नृत्य को रुप मा आफ्नो प्रस्तुती को लागि तयारी गरिरहेकी बताएकी छिन् । नेपाल फेस्टिवल जस्तो प्लेटफर्ममा आफू र आफ्नो टीमले सक्दो प्रयास दिन कोसिस गरिरहेको उनको भनाइ छ र सम्पूर्ण लाई सेप्टेम्बर १० का दिन फेडेरेसन स्क्याएरमा आउन चुले निम्तो पनि दिएकी छन ।
कोरियोग्राफरहरुसँगै कलाकारहरु पनि नेपाल फेस्टिबल प्रति उत्साहित छन् । यो फेस्टिबलमा उपस्थित भएर कोरियोग्राफर र कलाकारहरुको नृत्य प्रस्तुती हेर्न उनीहरु सबै आग्रह गर्दछन् ।